प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१५ pp. २८-३२
  • “तिमीहरूले मेरो साक्षी दिनेछौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूले मेरो साक्षी दिनेछौ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू”
  • “धेरैको निम्ति फिरौती”
  • ‘सुसमाचार सुनाउन साहस बटुल्नुहोस्‌’
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • हामीले घोषणा नगरी नहुने सन्देश
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • येशूको प्रार्थनाबमोजिम काम गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • विस्तृत साक्षी दिन प्रशिक्षित
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१५ pp. २८-३२
यहोवाका साक्षीहरू अधिवेशनमा

“तिमीहरूले मेरो साक्षी दिनेछौ”

“[येशूले] तिनीहरूलाई जवाफ दिनुभयो: ‘. . . तिमीहरूले मेरो साक्षी दिनेछौ।’”—प्रेषि. १:७, ८.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • येशू कसरी आफ्नो नामअनुसारै चल्नुभयो?

  • येशूले किन “तिमीहरूले मेरो साक्षी दिनेछौ” भन्‍नुभयो?

  • साक्षी दिने काममा हामी सफल हुन सक्छौं भनेर किन पक्का हुन सक्छौं?

१, २. (क) “विश्‍वासी अनि साँचो साक्षी” को हुनुहुन्छ? (ख) येशू नामको अर्थ के हो र उहाँ कसरी आफ्नो नामअनुसारै चल्नुभयो?

“सत्यको साक्षी दिन म जन्मिएको हुँ र यसैको लागि म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३३-३७ पढ्‌नुहोस्‌) यी शब्दहरू येशूले आफ्नो पुर्पक्षको बेला यहूदाका रोमी राज्यपाललाई भन्‍नुभएको थियो। उहाँले भर्खरै मात्र आफूलाई राजा भनेर चिनाउनुभएको थियो। वर्षौंपछि प्रेषित पावलले उहाँले देखाउनुभएको साहसको यस उदाहरणलाई यसरी उल्लेख गरे, “जसले पन्तियस पिलातसको अगाडि राम्रो जनघोषणा गर्नुभयो।” (१ तिमो. ६:१३) हो, साक्षी दिइरहन हामी “विश्‍वासी अनि साँचो साक्षी” येशूजस्तै साहसी हुनुपर्छ।—प्रका. ३:१४.

२ यहूदा राष्ट्रको सदस्य भएकोले येशू जन्मँदै यहोवाको साक्षी हुनुहुन्थ्यो। (यशै. ४३:१०) पछि उहाँ परमेश्‍वरको सबैभन्दा महान्‌ साक्षी हुनुभयो। उहाँ परमेश्‍वरबाट पाएको नामअनुसारै चल्नुभयो। स्वर्गदूतले येशूको धर्मपिता यूसुफलाई मरियम पवित्र शक्‍तिद्वारा गर्भवती भएकी हुन्‌ भने। स्वर्गदूतले यसो पनि भने, “तिनले एउटा छोरो जन्माउनेछिन्‌ र तिमीले उहाँको नाम येशू राख्नू किनभने उहाँले मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।” (मत्ती १:२०, २१) येशू नामको अर्थ हिब्रूमा “यहोवा उद्धारक हुनुहुन्छ” भन्‍ने हो। ‘इस्राएलको घरानाका हराएका भेडा’-ले यहोवाको निगाह पाउन सकून्‌ भनेर येशूले आफ्नो नामअनुसारै तिनीहरूलाई पापको पश्‍चात्ताप गर्न मदत गर्नुभयो। (मत्ती १०:६; १५:२४; लूका १९:१०) उहाँले परमेश्‍वरको राज्यबारे जोसिलो भई साक्षी दिनुभयो। सुसमाचारका लेखक मर्कूस यसो भन्छन्‌, “येशू गालीलमा गएर यसो भन्दै परमेश्‍वरको सुसमाचार प्रचार गर्न थाल्नुभयो: ‘तोकिएको समय आइपुगेको छ र परमेश्‍वरको राज्य नजिकै आएको छ। हे मानिसहरू हो, पश्‍चात्ताप गर अनि सुसमाचारमा विश्‍वास गर।’” (मर्कू. १:१४, १५) उहाँले साहसी भएर यहूदी धर्मगुरुहरूको निन्दा गर्नुभयो। यहूदी धर्मगुरुहरूले येशूलाई मार्नुको एउटा कारण यो पनि हो।—मर्कू. ११:१७, १८; १५:१-१५.

“परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू”

३. येशूको मृत्युको तेस्रो दिन के भयो?

३ आश्‍चर्यको कुरा येशूको क्रूर मृत्युको तेस्रो दिन यहोवाले उहाँलाई अदृश्‍य व्यक्‍तिको रूपमा ब्यूँताउनुभयो। (१ पत्रु. ३:१८) आफू ब्यूँतिएको प्रमाण दिन उहाँले मानव शरीर धारण गर्नुभयो। ब्यूँतनुभएको दिनमै उहाँ विभिन्‍न चेलाहरूसामु कम्तीमा पाँच पटक देखा पर्नुभयो।—मत्ती २८:८-१०; लूका २४:१३-१६, ३०-३६; यूह. २०:११-१८.

४. येशू चेलाहरूसामु देखा पर्नुहुँदा के भयो अनि उहाँले तिनीहरूलाई कस्तो आज्ञा दिनुभयो?

४ पाँचौं पटक येशू आफ्ना प्रेषितहरू र तिनीहरूसित भेला भएकाहरूसामु देखा पर्नुभयो। “धर्मशास्त्रको अर्थ बुझ्न सकून्‌ भनेर उहाँले तिनीहरूको समझ पूरै खोलिदिनुभयो।” येशूलाई शत्रुहरूले मार्ने अनि उहाँ पुनर्जीवित हुने कुरा धर्मशास्त्रमा पहिल्यै बताइएको थियो भनेर त्यसपछि तिनीहरूले बुझे। त्यतिबेला येशूले तिनीहरूको जिम्मेवारीबारे पनि बताउनुभयो। येशूले “उहाँको नाममा पापको क्षमा पाउन पश्‍चात्ताप गर्नुपर्ने सन्देश यरूशलेमबाट सुरु गरेर सबै जातिमा प्रचार गरिनेछ” भन्‍नुभयो। उहाँले यसो पनि भन्‍नुभयो, “तिमीहरू यी कुराहरूको साक्षी हुनेछौ।”—लूका २४:४४-४८.

५, ६. (क) येशूले किन “तिमीहरूले मेरो साक्षी दिनेछौ” भन्‍नुभयो? (ख) येशूका चेलाहरूले केबारे साक्षी दिने थिए?

५ चालीस दिनपछि अन्तिम पटक देखा पर्नुहुँदा येशूले आफ्ना प्रेषितहरूलाई यस्तो स्पष्ट आज्ञा दिनुभयो, “यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) येशूले किन “तिमीहरूले मेरो साक्षी दिनेछौ” भन्‍नुभयो? ती चेलाहरू इस्राएली भएकाले जन्मजातै यहोवाका साक्षी थिए। अब तिनीहरू येशूको पनि साक्षी हुने थिए। यसको अर्थ के हो?

१. येशूका प्रथम शताब्दीका चेलाहरू प्रचार गर्दै; २. येशूका आधुनिक समयका चेला सार्वजनिक साक्षी दिंदै; ३. आधुनिक समयका एक साक्षी एक महिलालाई jw.org वेबसाइट देखाउँदै

येशूको साक्षीको रूपमा यहोवाको उद्देश्‍यबारे अरूलाई बताइरहन्छौं (अनुच्छेद ५, ६ हेर्नुहोस्‌)

६ मानिसजातिको उद्धार गर्न यहोवाले येशूलाई चलाउन लाग्नुभएको कुराबारे तिनीहरूले साक्षी दिने थिए। यो प्रबन्ध विगतमा यहोवाले इस्राएलीहरूलाई बचाउनुभएको तरिकाभन्दा कता हो कता उत्कृष्ट थियो। येशूको मृत्यु र पुनर्जीवनले गर्दा मानिसजाति पाप र मृत्युबाट मुक्‍त हुन सके। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा येशूका नयाँ अभिषिक्‍त चेलाहरूले मानिसहरूलाई “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू” बताए र धेरैले राम्रो प्रतिक्रिया देखाए। पुनर्जीवित हुनुभएको येशूले स्वर्गमा नयाँ अख्तियार पाउनुभएको थियो अनि यहोवाले पृथ्वीका हजारौं मानिसलाई बचाउन उहाँलाई प्रयोग गर्दै हुनुहुन्थ्यो।—प्रेषि. २:५, ११, ३७-४१.

“धेरैको निम्ति फिरौती”

७. इस्वी संवत्‌ ३३ पेन्तिकोसको घटनाले के देखाउँछ?

७ इस्वी संवत्‌ ३३ पेन्तिकोसको घटनाले मानिसजातिलाई पापबाट मुक्‍त गर्न येशूले चढाउनुभएको फिरौती यहोवाले स्वीकार्नुभयो भनी देखाउँछ। (हिब्रू ९:११, १२, २४) आफू “सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आएको कुरा येशूले बताउनुभयो। (मत्ती २०:२८) पश्‍चात्तापी यहूदीहरूले मात्र होइन, अरू थुप्रैले पनि येशूको फिरौतीबाट लाभ उठाउन सक्थे। परमेश्‍वरको इच्छा “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने हो किनकि फिरौतीले ‘संसारको पाप हटाउँछ।’—१ तिमो. २:४-६; यूह. १:२९.

८. येशूका चेलाहरूलाई उहाँबारे साक्षी दिइरहन कुन कुराले मदत गऱ्‍यो र तिनीहरूले कुन हदसम्म साक्षी दिए?

८ येशूका ती चेलाहरूसित उहाँबारे साक्षी दिइरहने साहस थियो? थियो। तर तिनीहरूले त्यो काम आफ्नै बलको भरमा मात्र गरेनन्‌। साक्षी दिइरहन तिनीहरूलाई यहोवाको पवित्र शक्‍तिले अझै साहसी बनायो। (प्रेषित ५:३०-३२ पढ्‌नुहोस्‌) इस्वी संवत्‌ ३३ पेन्तिकोसको लगभग २७ वर्षभित्र ‘सत्य अर्थात्‌ सुसमाचार’ “आकाशमुनि भएका सबै मानिस” अर्थात्‌ यहूदी अनि अन्यजातिकहाँ पुगिसकेको थियो।—कल. १:५, २३.

९. येशूले बताउनुभएझैं ख्रीष्टियन मण्डलीमा के भयो?

९ तर दुःखको कुरा मण्डलीका कुनै-कुनै सदस्यले झूटा शिक्षा सिकाउन थाले। (प्रेषि. २०:२९, ३०; २ पत्रु. २:२, ३; यहू. ३, ४) समयको दौडान ती झूटा शिक्षकहरूले पूरै मण्डलीलाई नै दूषित बनाए। येशूले यस्तो धर्मत्याग “यस युगको आखिरी समय”-सम्म चल्नेछ भन्‍नुभएको थियो। (मत्ती १३:३७-४३) सन्‌ १९१४ अक्टोबर महिनामा यहोवाले मानिसजातिमाथि शासन गर्न येशूलाई नियुक्‍त गर्नुभयो। त्यतिबेला सैतानको संसारको “अन्तको दिन” सुरु भयो।—२ तिमो. ३:१.

१०. (क) अभिषिक्‍त ख्रीष्टियनहरूले कुन मितिबारे प्रचार गर्दै थिए? (ख) सन्‌ १९१४ अक्टोबरमा के भयो अनि त्यो कुरा हामी कसरी थाह पाउन सक्छौं?

१० सन्‌ १९१४ अक्टोबरमा परमेश्‍वरको राज्यले शासन गर्न थाल्नेछ भनेर अभिषिक्‍त ख्रीष्टियनहरूले ३० वर्षअघिदेखि नै प्रचार गर्न थालिसकेका थिए। तिनीहरूले यो कुरा कसरी थाह पाए? ठूलो रूख ढालिनेछ अनि “सात काल”-पछि फेरि बढ्‌नेछ भन्‍नेबारे दानियलले गरेको भविष्यवाणीबाट। (दानि. ४:१६) आफू राजा हुँदा र अन्तको दिन सुरु हुँदा के हुनेछ, चेलाहरूले थाह पाऊन्‌ भनेर येशूले अन्तको दिनको चिन्हहरू बताउनुभयो। संसारमा भइरहेको घटनाले १९१४ देखि येशूले शासन गर्न थाल्नुभयो भनेर प्रस्टै देखायो। (मत्ती २४:३, ७, १४; लूका २१:२४) आज हामीले बताउने ‘परमेश्‍वरको विषयका अद्‌भुत कुराहरू’-मा १९१४ मा यहोवाले येशूलाई राजा बनाउनुभएको कुरा पनि पर्छ।

११, १२. (क) सन्‌ १९१९ मा के भयो? (ख) सन्‌ १९३५ मा कुन कुरा स्पष्ट भयो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

११ सन्‌ १९१४ मा येशू राजा हुनुभएपछि उहाँले अभिषिक्‍त अनुयायीहरूलाई “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मबाट छुटकारा दिन थाल्नुभयो। (प्रका. १८:२, ४) सन्‌ १९१९ देखि अभिषिक्‍त जनहरूले स्वतन्त्र भएर संसारभरि प्रचार गर्न थाले। तिनीहरूले फिरौतीको बलिदान अनि परमेश्‍वरको राज्यबारे बताए। यसले गर्दा हजारौंले सत्य सिके अनि ख्रीष्टसितै स्वर्गमा शासन गर्न अभिषेक भए।

१२ ख्रीष्टले “अरू भेडा”-लाई जम्मा गर्न थालिसक्नुभएको कुरा १९३५ मा स्पष्ट भयो। अहिले अरू भेडाको सङ्‌ख्या लाखौं पुगेको छ। अभिषिक्‍त ख्रीष्टियनहरूसितै मिलेर यो ठूलो भीडले येशूजस्तै साहसी भई अरूलाई प्रचार गरिरहेका छन्‌। धीरजी भई साक्षी कार्यमा भाग लिएर अनि ख्रीष्टको फिरौतीमा विश्‍वास गरेर तिनीहरूले “महासङ्‌कष्ट”-मा बच्ने मौका पाउनेछन्‌। त्यतिबेला सैतानको संसारको अन्त हुनेछ।—यूह. १०:१६; प्रका. ७:९, १०, १४.

‘सुसमाचार सुनाउन साहस बटुल्नुहोस्‌’

१३. यहोवाको साक्षी भएकोले हामीले के गरिरहनुपर्छ अनि हामी कसरी प्रथम शताब्दीका ख्रीष्टियनहरूको अनुकरण गर्न सक्छौं?

१३ यहोवा परमेश्‍वरले गर्नुभएका “अद्‌भुत कुराहरू” अनि उहाँका प्रतिज्ञाबारे अरूलाई साक्षी दिने सुअवसरको के हामी कदर गर्दैनौं र? हुन त साक्षी दिनु सजिलो छैन। हाम्रा थुप्रै भाइबहिनी चासो नदेखाउने मानिसहरू भएको अनि विरोध र सतावटले भरिएको इलाकामा काम गर्दै छन्‌। हामी पनि प्रेषित पावल र उनका साथीहरूले जस्तै गर्न सक्छौं। पावलले यसो भने “परमेश्‍वरको मदत पाएर हामीले साहस बटुल्यौं र ठूलो सङ्‌घर्ष गर्दै तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनायौं।” (१ थिस्स. २:२) त्यसैले कहिल्यै हार नमानौं। सैतानको संसार नष्ट नभएसम्म साक्षी दिइरहौं। (यशै. ६:११) हामी आफ्नै बलमा यो काम गर्न सक्दैनौं। प्रथम शताब्दीका ख्रीष्टियनहरूले जस्तै यहोवाको पवित्र शक्‍ति माग्नुपर्छ। यसले हामीलाई “असाधारण शक्‍ति” दिनेछ।—२ कोरिन्थी ४:१, ७ पढ्‌नुहोस्‌; लूका ११:१३.

१४, १५. (क) प्रथम शताब्दीका ख्रीष्टियनहरूले के सामना गर्नुपऱ्‍यो र प्रेषित पत्रुसले तिनीहरूबारे के भने? (ख) साक्षी दिंदा विरोध सहनुपऱ्‍यो भने हामीले कुन कुरा सम्झनुपर्छ?

१४ आज लाखौंले आफू ख्रीष्टियन भएको दाबी गर्छन्‌ तर तिनीहरू “आफ्ना कामहरूद्वारा भने [परमेश्‍वरलाई] इन्कार गर्छन्‌, किनकि तिनीहरू घृणित र अनाज्ञाकारी छन्‌ अनि कुनै पनि असल कामको लायक छैनन्‌।” (ती. १:१६) प्रथम शताब्दीका साँचो ख्रीष्टियनहरूलाई वरपरका मानिसहरूले घृणा गरे। यही कारणले त प्रेषित पत्रुसले यसो भने, “ख्रीष्टको नामको खातिर तिमीहरूको बदनाम भइरहेको छ भने तिमीहरू आनन्दित हौ, किनकि परमेश्‍वरको पवित्र शक्‍ति . . . तिमीहरूमाथि छ।”—१ पत्रु. ४:१४.

१५ के आज पनि यहोवाका साक्षीहरू ‘ख्रीष्टको नामको खातिर बदनाम’ भएका छन्‌? पक्कै पनि। किनकि हामी यहोवाबारे मात्र होइन, येशूबारे अनि उहाँ परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ भन्‍नेबारे साक्षी दिन्छौं। यहोवाको साक्षी भएकोले येशू स्वयम्‌ले पनि सतावट भोग्नुभयो। उहाँले विरोधीहरूलाई यसो भन्‍नुभयो, “म आफ्नो बुबाको नाममा आएको छु, तर तिमीहरू मलाई स्वीकार्दैनौ।” (यूह. ५:४३) साक्षी दिंदा विरोध सहनुपऱ्‍यो भने यो कुरा सम्झनुहोस्‌: तपाईंले परमेश्‍वरको अनुमोदन पाउनुभएको छ अनि उहाँको पवित्र शक्‍ति तपाईंसित छ।

१६, १७. (क) संसारभरिका यहोवाका साक्षीहरूले कस्तो अनुभव गरिरहेका छन्‌? (ख) तपाईं के गरिरहन चाहनुहुन्छ?

१६ संसारभरि थुप्रै मानिस सत्यमा आइरहेका छन्‌ भन्‍ने कुरा पनि सम्झनुहोस्‌। बारम्बार प्रचार भएको इलाकामा समेत सत्य सिक्न इच्छुक व्यक्‍तिहरू हामी भेट्‌छौं। त्यस्ता चासो देखाउने व्यक्‍तिहरूलाई पुनःभेट अनि बाइबल अध्ययन गराउन परिश्रम गरौं। उनीहरूलाई समर्पण र बप्तिस्मासम्म पुग्न मदत गरौं। तपाईंले पनि दक्षिण अफ्रिकामा बस्ने स्यारीले जस्तै अनुभव गर्नुहुनेछ। तिनी प्रचारकार्यमा सक्रिय भएको ६० वर्षभन्दा धेरै भइसक्यो। तिनी भन्छिन्‌, “येशूको फिरौतीको बलिदानले गर्दा ब्रह्‍माण्डका सार्वभौम यहोवासित राम्रो सम्बन्ध गाँस्न सकेकी छु अनि उहाँको महिमित नामबारे अरूलाई बताउन पाउँदा धेरै खुसी छु।” तिनी र तिनका श्रीमान्‌ मार्टिनस्‌ले तीन छोराछोरीका साथै थुप्रैलाई यहोवाको उपासक बन्‍न मदत गरेका छन्‌। स्यारी अझै भन्छिन्‌, “अरू कुनै पनि कामले यस्तो सन्तुष्टि दिन सक्दैन। यो जीवन बचाउने काममा लागिरहन यहोवा हामीलाई पवित्र शक्‍ति दिनुहुन्छ।”

१७ हामी बप्तिस्मा प्राप्त ख्रीष्टियनहरू हौं या त्यो लक्ष्य प्राप्त गर्न अघि बढिरहेका हौं, यहोवाका साक्षीहरूको विश्‍वव्यापी सङ्‌गठनको भाग हुन पाएकोमा धन्यवादी छौं। त्यसैले सैतानको यस अपवित्र संसारबाट आफूलाई शुद्ध राखौं र राम्ररी साक्षी दिइरहौं। यसो गरेर स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबालाई महिमा दिइरहन सक्छौं, जसको महिमित नामले हामी चिनिएका छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने