प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ईश्‍वरीय भक्‍ति हुने मानिसहरूका लागि छुटकारा नजिक!
    प्रहरीधरहरा—१९९० | डिसेम्बर १
    • २, ३. (क) २ पत्रुस २:९ मा उल्लेखित्‌ कुराले हामीलाई किन निश्‍चिन्त पार्दछ? (ख) हाम्रा प्रोत्साहनकालागि, बाइबलले छुटकाराका कुन्‌-कुन्‌ विशेष कार्यहरूलाई सङ्‌केत गर्दछ?

      २ आज भइरहेका कुराहरूले मानव इतिहासमा घटेका कुनै-कुनै अत्यन्त महत्वपूर्ण समयहरूको सम्झना दिलाउँदछ। ती समयहरूमा परमेश्‍वरले दिनु भएका छुटकाराहरू तिर ध्यान आकर्षित्‌ गर्दै, प्रेरित पत्रुस यो सान्त्वनायुक्‍त निष्कर्षमा आएकाछन्‌: “भक्‍तहरूलाई परीक्षाबाट बचाउन . . . यहोवा जान्‍नु हुन्छ।” (२ पत्रुस २:९ NW) २ पत्रुस २:४-१० मा, त्यो निष्कर्षको सन्दर्भलाई कृपया विचार गर्नुहोस्‌:

      ३ “किनभने परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त बाँकी राख्नु भएन, तर तिनीहरूलाई नरकमा हाल्नुभयो, र न्यायको दिनसम्म जोगिएर अन्धकारका खाल्डाहरूमा राख्नु भयो, र प्राचीन संसारलाई बाँकी राख्नुभएका, ती अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई जोगाउनुभयो, औ सदोम र गमोराका शहरहरूलाई भस्म गर्नुहुँदा अभक्‍तहरूलाई उदाहरण बनाएर विनाशको दण्ड दिनुभयो। र दुष्टहरूका कामुक जीवनबाट अति दुःखित्‌ भएका धार्मिक लूतलाई बचाउनुभयो, किनभने ती धार्मिक मानिस तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित्‌ हुन्थ्यो।—यसरी भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न, यहोवा [NW] जान्‍नुहुन्छ। तर विशेष गरी तिनीहरूलाई, जो शरीर अनुसार अशुद्ध इच्छामा चल्ने र प्रभुत्व तुच्छ ठान्‍नेहरूकालागि हो। तिनीहरू सुरो भएर आफ्ना खुशी गर्नेहरू, उच्च पदाधिकारीहरूको निन्दा गर्न डराउँदैन।” नूहको दिन र लूतको समयमा घटेका घटनाहरू हाम्रालागि अर्थपूण छन्‌ भन्‍ने कुरा यो शास्त्रले बोध गराउँदछ।

  • ईश्‍वरीय भक्‍ति हुने मानिसहरूका लागि छुटकारा नजिक!
    प्रहरीधरहरा—१९९० | डिसेम्बर १
    • ४. नूहको दिनमा, परमेश्‍वरको नजरमा, पृथ्वी किन भ्रष्ट थियो? (भजन संग्रह ११:५)

      ४ उत्पत्ति ६ को एतिहासिक उल्लेख अनुसार, साँचो परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको थियो। किन? हिंसाले गर्दा। यो कुनै एउटा दुइटा हिंसात्मक घटनाको कुरा थिएन। उत्पत्ति ६:११ अनुसार “पृथ्वी उपद्रवले भरिएको थियो।”

      ५. (क) मानिसहरूको कुन प्रवृत्तिले, नूहको दिनमा हिंसालाई अझ बढ़ावा दियो? (ख) हनोकले भक्‍तिहीनताबारे के चेताउनी दिएका थिए?

      ५ यसको कारण के थियो? २ पत्रुसबाट उद्धरण गरिएका पदमा भक्‍तिहीन मानिसहरूको चर्चा गरिएको छ। हो, मानव कामकाजमा भक्‍तिहीनता व्याप्त थियो। ईश्‍वरीय व्यवस्थाको अवहेलना गर्नु बाहेक मानिसहरू स्वंय परमेश्‍वर प्रति नै अटेरी भएका थिए।a र मानिसहरू परमेश्‍वर प्रति अटेरी भए पछि, आफ्ना मानव साथी-सँगी सँग दयापूर्ण व्यवहार गर्लान्‌ भनी कसरी आशा राख्न सकिन्छ र? नूह जन्मनु अघि पनि, यस प्रकारको भक्‍तिहीनता यति साह्रो फैलिएको थियो कि, यहोवाले हनोकलाई यसको परिणाम बारे अगमवाणी गर्न लगाउनु भयो। (यहूदा १४, १५) परमेश्‍वर प्रति अटेरी भएकाले तिनीहरूमाथि ईश्‍वरीय न्यायदण्ड आउन निश्‍चित्‌ थियो।

  • ईश्‍वरीय भक्‍ति हुने मानिसहरूका लागि छुटकारा नजिक!
    प्रहरीधरहरा—१९९० | डिसेम्बर १
    • १२. २ पत्रुस २:५ अनुसार, नूहले के जिम्मेवारी पूरा गरे?

      १२ नूहको एउटा अर्को जिम्मेवारी पनि थियो। उनले आउनलागेको जल-प्रलयबारे चेताउनी र त्यो जल-प्रलय आउने कारणको पनि जनाउ दिनु परेको थियो। उनले त्यो जिम्मेवारी विश्‍वासी भएर निभाएको हुनु पर्छ, किनभने परमेश्‍वरको वचनमा उनी, “धार्मिकताको प्रचारक” कहलाइएका छन्‌।—२ पत्रुस २:५.

      १३. ईश्‍वरले दिनु भएको जिम्मेवारी पूरा गर्दा, नूहले के कस्ता परिस्थिहरूको सामना गर्नु पर्‌यो?

      १३ अब केही समयका लागि त्यस वातावरण बारे सोच्नुहोस्‌, जुन वातावरणको माझमा, नूहले आफ्नो जिम्मेवारी पुरा गरे। तपाईं स्वयंलाई नूहको ठाउँमा राख्नु होस्‌। तपाईं नूह अथवा नूहको परिवारको सदस्य हुनु हुँदो हो ता, तपाईंलाई नपील र भक्‍तिहीन मानिसहरूको हिंसाले घेरेको हुने थियो। तपाईंले प्रत्यक्षरूपमा, विद्रोही स्वर्गदूतहरूको प्रभावको सामना गर्नु पर्ने थियो। जहाज निर्माण गर्ने काममा भाग लिनु हुँदा पनि, तपाईं ठट्टाको शिकार हुनु हुने थियो। र सालै पिछ्‌छे, आउने जलप्रलय बारे चेताउनी दिनु हुँदा, तपाईंले मानिसहरूलाई झन-झन आफ्नो दैनिक काम-कुरोमा व्यस्त भएको भेट्टाउनुहुने थियो।—अर्थात्‌, “जलप्रलय आएर सबैलाई स्वात्तै नलगुञ्जेल,” तिनीहरूले केही ध्यान नै दिने थिएनन्‌।—मत्ती २४:३९; लूका १७:२६, २७.

  • ईश्‍वरीय भक्‍ति हुने मानिसहरूका लागि छुटकारा नजिक!
    प्रहरीधरहरा—१९९० | डिसेम्बर १
    • a “आनोमियाको अर्थ परमेश्‍वरको व्यवस्थाको अवहेलना अथवा अटेर गर्नु हो; आसेबिया [‘भक्‍तिहीन’ मानिसहरूका निम्ति प्रयोग गरिएको शब्दको संज्ञा] चाहिं स्वयं परमेश्‍वरको व्यक्‍तित्वको अवहेलना र अटेर गर्नु हो।”—वायन्स एक्सपोजिटरी अफ ओल्ड एन्ड न्यु टेस्टामेन्ट वर्ड्‌स. वल्युम ४, पाना १७०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने