प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. १ pp. १४-१५
  • संसारको अन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारको अन्त
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन्त हुने “संसार” के हो?
  • संसारको अन्त कसरी हुनेछ?
  • संसारको अन्त कहिले हुनेछ?
  • यस संसारको अन्त कहिले हुनेछ? येसुले के भन्‍नुभयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • अन्तबारे चार वटा प्रश्‍नका जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यी सबै हुनुको अर्थ के हो?
    जागा रहो!
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. १ pp. १४-१५

बाइबलको दृष्टिकोण

संसारको अन्त

“संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि” भनेर १ यूहन्‍ना २:१७ बताउँछ। यहाँ बताइएको “संसार” के हो? यो कहिले अनि कसरी बितेर जानेछ?

अन्त हुने “संसार” के हो?

बाइबल के भन्छ?

माथि बताइएको संसारको अभिलाषाले परमेश्‍वरको अनुमोदन पाएको छैन। त्यसैले यो साँच्चैको पृथ्वी होइन। यो संसारले परमेश्‍वरको आज्ञा नमान्‍ने मानिसहरूलाई बुझाउँछ। तिनीहरूले आफैलाई परमेश्‍वरको शत्रु बनाएका छन्‌। (याकूब ४:४) तिनीहरूले “अनन्त विनाशको सजाय भोग्नेछन्‌।” (२ थिस्सलोनिकी १:७-९) तर अर्कोतर्फ, येशूको आज्ञा मान्दै यस ‘संसारका नहुनेहरूले’ अनन्त जीवनको आशा पाएका छन्‌।—यूहन्‍ना १५:१९.

पहिलो यूहन्‍ना २:१७ भन्छ, “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।” भजन ३७:२९ ले बताएझैं “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” हो, तिनीहरूले यसै पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌।

“तिमीहरू संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम गर्ने मानिस नबन। यदि कसैले संसारलाई प्रेम गर्छ भने बुबाको प्रेम उसमा हुँदैन।”—१ यूहन्‍ना २:१५.

संसारको अन्त कसरी हुनेछ?

बाइबल के भन्छ?

अन्त मुख्यगरि दुई वटा चरणमा आउनेछ। पहिला, परमेश्‍वरले “महान्‌ बेबिलोन” भनेर चिनिने वेश्‍यारूपी झूटो धर्मलाई नाश गर्नुहुनेछ। (प्रकाश १७:१-५; १८:८) त्यस वेश्‍याले परमेश्‍वरप्रति वफादार भएको दाबी गरे तापनि राजनैतिक शासकहरूसित साठगाँठ बढाएकी छे। तर ती नै शासकहरूले त्यस वेश्‍यालाई आक्रमण गर्नेछन्‌। “[तिनीहरूले] त्यस वेश्‍यालाई घृणा गर्नेछन्‌ र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌ अनि त्यसको मासु खानेछन्‌ र त्यसलाई आगोमा भस्म पार्नेछन्‌।”—प्रकाश १७:१६.

त्यसपछि, परमेश्‍वरले “पृथ्वीभरिका राजाहरू” अर्थात्‌ राजनैतिक शासकहरूलाई आक्रमण गर्नुहुनेछ। यी शासकहरू दुष्ट मानिसहरूसँगै “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” अर्थात्‌ “आरमागेडोन”-मा नाश गरिनेछन्‌।—प्रकाश १६:१४, १६, फुटनोट।

“हे पृथ्वीका दीन जन हो, . . . परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि!”—सपन्याह २:३.

संसारको अन्त कहिले हुनेछ?

बाइबल के भन्छ?

परमेश्‍वरको राज्यबारे मानिसहरूलाई विश्‍वव्यापी रूपमा प्रचार गरेपछि अन्त आउनेछ। त्यस राज्यले मानव राज्यलाई हटाउनेछ। (दानियल ७:१३, १४) येशू ख्रीष्टले भन्‍नुभयो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) प्रचारकार्यले मानिसहरूप्रति परमेश्‍वरको न्याय र दया झल्काउँछ। अनि यो अन्तको समयको “चिन्ह” पनि हो। ती चिन्हहरूमा विश्‍वव्यापी युद्ध, भूकम्प, अनिकाल अनि रोगहरू पनि पर्छन्‌।—मत्ती २४:३; लूका २१:१०, ११.

संसारमा कस्ता घटनाहरू हुनेछन्‌ भनेर बताउनुका साथै बाइबलले “अन्तको दिन”-का मानिसहरूको व्यवहार कस्तो हुनेछ भनेर पनि बताएको छ। बाइबलले “असाध्यै कठिन समय आउनेछ किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, . . . आमाबाबुको आज्ञा पालन नगर्ने, . . . असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, . . . परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने” हुनेछन्‌ भनेर बताएको छ।a—२ तिमोथी ३:१-५.

रिसाइरहेका मानिसहरूको समूह

अहिलेको दुष्ट संसार चाँडै ‘बितेर जानेछ।’—१ यूहन्‍ना २:१७.

यी सबै घटनाले सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध सुरु भएतिरको समयलाई बुझाउँछ। त्यसै वर्षदेखि परमेश्‍वरको राज्यबारे पृथ्वीको हरेक कुनामा प्रचार भइरहेको छ अनि यहोवाका साक्षीहरू यस काममा भाग लिन पाएकोमा गर्व महसुस गर्छन्‌। तिनीहरूले वितरण गर्ने मुख्य पत्रिकाको शीर्षक यस्तो छ, प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ। (g15-E 11)

“त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ती २५:१३.

a थप जानकारीको लागि यहोवाका साक्षीहरूले प्रकाशन गरेको बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ९ हेर्नुहोस्‌। www.jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने