एउटा पवित्र रहस्य खोलिन्छ
“यो भक्तिको रहस्य महान छ।”—१ तिमोथी ३:१६.
१. १ तिमोथी ३:१६ मा कुन रहस्यको वर्णन गरिएको छ?
रहस्यहरूले के तपाईंलाई मन्त्रमुग्ध पार्छन्? के तपाईंलाई रहस्यहरूको जाँचपड़ताल गर्न मनलाग्छ? हामी धेरै जसोलाई यी कुराहरू मनपर्छ! यसकारण, आउनुहोस्, हामी सँग मिलेर, सबै भन्दा महान रहस्यहरूको अनुसन्धान गर्नुहोस्—यो त्यो रहस्य हो जुन परमेश्वरको वचनमा हजारौं वर्ष देखिन् बन्द थियो। यो पवित्र रहस्यले हाम्रो जीवनको, दुवै वर्तमान र भविष्यकालमा, विशेष असर पार्दछ। यो हो ‘भक्तिको पवित्र रहस्य’ जसको वर्णन हाम्रालागि १ तिमोथी ३:१६ मा गरिएको छ। हामी, “रहस्यहरू खोल्नुहुने” यहोवा प्रति कृतज्ञ हुनुपर्छ, किनभने उहाँले दयापूर्वक हाम्रालागि यो महान रहस्य र यसको अर्थ खोलिदिनु भएको छ!—दानिएल २:२८, २९.
२. (क) एउटा पवित्र रहस्य बारे, यहोवाले प्रथम पटक कहिले चर्चा गर्नु भयो र त्यस बेला के प्रतिज्ञाहरू गर्नु भयो? (ख) कुन प्रश्नहरूको उत्तर आवश्यक छ?
२ साँपले हव्वालाई बहकाएर, आदम पनि हव्वाकै बाटो लागेपछि, प्रथम पटक यहोवाले एउटा पवित्र रहस्यको चर्चा गर्नु भयेको थियो। बीउ, वा “सन्तानले” शैतानको सिर कुच्याउने छ भनेर यहोवाले त्यति बेला प्रतिज्ञा गर्नु भयो। (उत्पत्ति ३:१५) यो बीउ को हो? उसले सर्पमाथि विजय कसरी गर्नेछ? के त्यसले परमेश्वरको सत्यता र पृथ्वीकालागि उहाँको उद्देश्य पुरा गर्नेछ?
३. बीउको पहिचान र उसले गर्ने कामकुरा बारे, ईश्वरीय भविष्यद्वाणीले के सुराक प्रदान गऱ्यो?
३ समय बित्दै गएपछि, इश्वरीय भविष्यद्वाणीहरू द्वारा यो बीउको परिचय र भविष्यमा उसले गर्ने कामहरूको सुराकहहरू बारे प्रकाश गरिन्छ। यो बीउ अब्राहामको वंशबाट आउने रहेछ र दाऊदको राज्यमाथि उसको हक लाग्ने रहेछ र शान्तिको राजकुमार कहलिनेरहेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिले हुनेछैन। (यशैया ९:६, ७; उत्पत्ति २२:१५-१८; भजन ८९:३५-३७) तर रोमी १६:२५ अनुसार, त्यो पवित्र रहस्य “सनातन देखिन् गुप्त रहेको थियो।”
रहस्योद्घाटन
४. ई. स. २९ मा, पवित्र रहस्य कसरी खोलिन थालियो?
४ अखिर, ४ हजार वर्ष पश्चात्, ज्ञानको प्रकाश स्फुटित भयो! कसरी? ई. स. २९ सालमा, यहून्नाले नासरतको येशूलाई बप्तिस्मा दिनुभयो र स्वर्गबाट परमेश्वरले एसो भन्नु भयो: “यिनी मेरो प्यारो पुत्र हुन्, जो सँग म खुशी छु।” (मत्ती ३:१७) बल्ल, प्रतिज्ञा गरिएको बीउ देखियो! पवित्र रहस्य, आफ्नो सारा महिमा र इश्वरीय भक्ति साथ खोलिन शुरू हुन लागेको थियो।
५. “ईश्वरीय भक्ति” के हो, र यो प्रयोगमा ल्याउनेहरूमाथि, यसले के असर पार्दछ?
५ “इश्वरीय भक्तिले” भन्नाले हामी के बुझ्दछौं? मसीही युनानी शास्त्रमा यो शब्दको २० पटक प्रयोग गरिएको छ र १० भन्दा बढ़ी पटक ता पावलले तिमोथीलाई लेखेको पत्रहरूमै यसको प्रयोग भएको पाउँदछौं। इनसाइट अन दी स्क्रीपचर्स भन्ने प्रकाशनमा, “इश्वरीय भक्तिको” परिभाषा यस प्रकार छ: “श्रद्धा, उपासना, परमेश्वरको सेवा र उहाँको विश्वब्यापी सार्वभौमिकता प्रति भक्ति।” परमेश्वरको महिमाको रवाफ, अनन्तता, र महान सृष्टिको नानाविधता र कृतज्ञ मानिसहरूमाथि उहाँले बर्साउनु भएको आत्मिक र भौतिक वरदानहरू देखेर ईश्वर प्रति आकर्षित् हुने हृदय बाट श्रद्धा उत्पन्न हुन्छ। हो, ईश्वरीय भक्तिको अभ्यास गर्ने हामी प्रत्यकले भजन संग्रहको लेखकले भजन संग्रह १०४:१ मा भने झैं, एसो भन्न सक्ने छौं: “हे मेरो आत्मा, यहोवालाई धन्यको भन। हे यहोवा मेरो परमेश्वर, तपाईं अति महान हुनुहुन्छ। तपाईंले आदर र महिमाको पोशाक पहिरिनुभएको छ।” (दी न्यु वर्ल्ड ट्रान्सलेशन).
६.(क) यहोवाका उपासकहरू र मसीहीजगतका गिरजाघरहरूमा गयेर बसी मात्र दिनेहरूको बीच के भिन्नता छ? (ख) पावलले रोमी ११:३३, ३४ मा के भने र यसलेगर्दा के प्रश्नहरू उठछन्?
६ हाम्रो ईश्वरीय भक्ति व्यक्त गर्नु पर्छ र यो सो कामहरू द्वारा व्यक्त हुन्छ। यस सम्बन्धमा, साँचो परमेश्वर, यहोवाका उपासकहरू, मसीहीजगतका बिलाउँदै गएका गिरजाहरूको बेञ्चमा बस्ने सदस्यहरू भन्दा धेरै नै बेग्लै छन्। पृथ्वीका धेरै जसो मानिसहरूकालागि, धर्म भन्नेकुरो—तिनीहरूको धर्म छ भने पनि—एउटा औपचारिकता हो। एका तिर, आफ्नो वरिपरिको भ्रष्ट संसार सँग मिल्ने जीवन शैली बिताउन र अर्को तिर पवित्र देखा पार्नकालागि, धर्म एउटा कपटवेशमात्र हो। तिनीहरूलाई, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा सम्म थाह छैन। यस प्रकारका मानिसहरूले प्रेरित् १७:३२ मा उल्लेखित्, एउटा “अन्जान परमेश्वरको” उपासना गर्ने एथेनीहरूलाई पावलले भनेका यी शब्दहरूमा ध्यान दिन अत्यन्त आवश्यक छ: “जसको भक्ति तपाईंहरू नजानीकन गर्नुहुन्छ, उहाँकै विषयमा म तपाईंहरूलाई बताउँछु।” र यो तेजस्वी परमेश्वरको विषयमा पावलले रोमी ११:३३, ३४ मा एसो भन्नु भयो: “अहा! परमेश्वरको बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ! उहाँका इन्साफ कति अगम छ र उहाँका मार्ग अभेद्य छ! किनभने ‘प्रभुको [यहोवाको, दी न्यु वर्ल्ड ट्रान्सलेशन] मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?’” यसकारण, हामीले परमेश्वरका मार्गहरू कसरी थाह लगाउन सक्छौं? ‘ईश्वरीय भक्तिको पवित्र रहस्य’ बारे शिक्षा लिएर। तर त्यो हामी कसरी गर्ने?
७. यो “ईश्वरीय भक्तिको पवित्र रहस्य निश्चयनै महान छ” भन्नु किन उचित् छ?
७ १ तिमोथी ३:१५ मा, परमेश्वरको घरबारलाई “जीवित परमेश्वरको मण्डली र सत्यको खामा र समर्थक” कहलाइएकोछ। यस घरबार भित्र बस्ने, परमेश्वरका सेवकहरूको जिम्मेवारीको वर्णन, प्रेरित् पावलले सर्व प्रथम गर्नु हुन्छ। त्यस पछि, उहाँले, १६ वाँ पदमा यो एउटा कुरा थप्नु हुन्छ: “भक्तिको रहस्य महान छ।” हो, यो रहस्य महान छ, किनभने यो रहस्य फुकाल्न, ईश्वरीय-भक्ति वास्तवमा के हो भनेर प्रदर्शन गर्न र साँचो उपासनमा यसको कस्तो महत्वपूर्ण स्थान छ भनेर सबैलाई देखाउन, यहोवाले आफ्नो एकमात्र पुत्र पठाउनु भयो। ईश्वरीय भक्तिको यो पवित्र रहस्य येशूको पार्थिव जीवन शैलीमा प्रदीप्त भएको छ। यहोवाका सबै प्रेमीहरूले ख्रीष्टलाईनै आफ्नो विश्वास र जीवनको आधार बनाउनु पर्छ किनभने उहाँ ईश्वरीय-भक्तिको आदर्श हुनुहुन्छ। तर येशूले ईश्वरीय-भक्तिको पवित्र रहस्य कसरी खोल्नु भयो?
छ कणहरू
८. (क) १ तिमोथी ३:१६ मा पावलले वर्णन गरेको पवित्र रहस्यका छ कणहरू के हुन्? (ख) प्रकाश हुनु भएको “उहाँ” को हुनुहुन्छ?
८ ईश्वरीय प्रेरणा द्वारा, पावलले यो प्रश्नको उत्तर दिनुहुन्छ। यहाँ, १ तिमोथी ३:१६ मा, उनले यो पवित्र रहस्यको ६ कणहरूको वर्णन गर्दै एसो भनेकोछ: “उहाँ [१] शरीरमा प्रकट हुनु भयेको थियो, [२] आत्मामा धर्मी ठहरिनु भयो, [३] स्वर्गदूतहरूबाट देखिनुभयो, [४] जाति जातिहरूमा प्रचारिनु भयो, [५] संसारभरि विश्वास गरिनुभयो, [६]महिमामा माथि ग्रहण हुनुभयो।” प्रकट हुनु भएको “उहाँ” को हुनुहुन्छ? अवश्य, परमेश्वरको इच्छा गर्न आउनुहुने, उहाँ, प्रतिज्ञा गरिएको बीउ, येशू हुनुहुन्छ। पवित्र रहस्यको उहाँ केन्द्र हुनुहुन्छ र यसैले गर्दा यो रहस्य वास्तवमा महान भएको छ।
९. १ तिमोथी ३:१६ मा “परमेश्वर शरीरमा प्रकट हुनुभयो” भनेर पढ़नु किन गलत हो र यसकालागि के प्रमाण छ?
९ त्रीएकमा विश्वास गर्नेहरूले पवित्र रहस्यको अर्थलाई अलमल्याउने कोशिश गर्दै, १ तिमोथी ३:१६ को “उहाँ” स्वयं परमेश्वर हुनुहुन्छ भन्छन्। तिनीहरूको यो विचार किंग जेम्स ट्रानसलेशनमा अधारित् छ जसमा “परमेश्वर शरीरमा प्रकट हुनु भयो” भनेर अनुवाद गरिएको छ। तर सबै भन्दा विश्वास योग्य युनानी हस्तलिपिहरूमा यो पद कसरी लेखिएको छ? ती सबै हस्तलिपिहरूमा “परमेश्वर” शब्द प्रयोग गर्नुको सट्टा, “उहाँ” शब्द प्रयोग गरेको पाइन्छ। यो पदमा “परमेश्वर” शब्द राख्नु, लेखनदासहरूको एउटा गलती थियो भनेर, आज धेरै पाठ्य समालोचकहरूले स्वीकारेका छन्। यसैकारण, अमेरिकन स्टेन्डर्ड भर्सन, दी न्यु इङ्गलीश बाइबल र न्यु वर्ल्ड ट्रानसलेशन जस्ता, हाल सालैमा गरिएका अनुवादहरूमा, यो ठीक अनुवाद पाउँदछौं: ‘उहाँ [अथवा, उहाँ जो] शरीरमा प्रकट हुनु भयो।’ ‘शरीरमा’ परमेश्वर प्रकट हुनु भएको थिएन। प्रकट हुनु हुने, परमेश्वरको प्रिय पुत्र र प्रथम सृष्टि हुनुहुन् थियो, जस बारे प्रेरित् यहून्नाले यस प्रकार लेखे: “अनि वचन देह हुनुआयो, र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भई बास गर्यो, औ हामीले उहाँको महिमा, पिताबाट आउनुभएको एकलो पुत्रको जस्तो महिमा देख्यौं।”—यूहन्ना १:१४.
“शरीरमा प्रकट हुनुभएको थियो”
१०. (क) पवित्र रहस्यको प्रथम चिन्ह, येशूको बप्तिस्मामा कसरी प्रत्यक्ष भयो? (ख) येशू किन आखिरी आदम हुनु भयो?
१० येशूले बप्तिस्मा लिनु भएको बेलामा, पवित्र रहस्यको प्रथम खण्ड प्रकाश भयो: येशू, परमेश्वरको अभिषिक्त पुत्र भएर, “शरीरमा प्रकट हुनुभयो”। यहोवा परमेश्वरले स्वर्गबाट आफ्नो पुत्रको जीवन मरियमको गर्भमा सारि दिनु भयो र येशू एउटा सिद्ध मानिसको रूपमा जन्मनु भयो। अर्थात्, १ कोरिन्थी १५:४५-४७ ले भने झैं, येशू, दोस्रो अथवा “अन्तिम” आदम—प्रथम आदमको बराबर हुनु सक्ने एउटा सिद्ध मानव प्राणी, हुनु भयो। के को लागि? सर्वप्रथम, १ तिमोथी २:५, ६ अनुसार, “अन्तिम आदम” अर्थात्, “ख्रीष्ट येशू, जो मानिस हुनुहुन्छ . . . उहाँले सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो।” एउटा सिद्ध मानव बलिदानको यो कानूनी आधारमा, येशूले, उहाँको राज्यमा उहाँसँग साझे हकवालाहुने १४४,००० मानिसहरू सँग, नया वाचा बाँधनु हुन्छ।—प्रकाश १४:१-३.
११. येशूको छुटकाराको बलिदानको लाभ, कस-कसले उठाउँने छन्?
११ येशूको यो बलिदानको मृत्यु बाट, के अरूहरूले पनि लाभ उठाउन सक्लान? हो, लाभ उठाउनेछन्! १ यूहन्ना २:२ मा एसो भनिएकोछ: “[येशू ख्रीष्ट] हाम्रा पापको निम्ति प्रायश्चित् हुनुहुन्छ। औ हाम्रा निम्ति मात्र होइन, [यूहन्ना जस्ता अभिषिक्त मसीहीहरूका निम्ति मात्र होइन] तर सबै संसारका निम्ति पनि।” यसकारण येशूको छुटकाराको बलिदानबाट उठने लाभहरू, १४४,००० अभिषिक्त मसीहीहरूमा मात्र सीमित् हुनेछैनन्। यी लाभहरू, मानिस जातिको सर्म्पूण परिवारले उठाउन सक्नेछन्। येशूले दिनुभएको छुटकाराको बलिदानमाथि आफ्नो विश्वासको आधारमा, आज बाँचेको “ठूलो भीड़” र पृथ्वीमा पुनरूत्थान भएर आउने लाखौंले अनन्त जीवन पाउनेछन्। प्रकाश ७:९, १० मा भविष्यद्वाणी गरे झैं, ठूलो भीड़ले, थुमा अर्थात् येशू ख्रीष्टको बगेको रगतमा विश्वास गर्दै, आ-आफ्ना वस्त्र धोएर, सेता पारेका छन्। तिनीहरू धर्मी ठहरिएका हुनाले, परमेश्वर सँग मित्रतामा छन्। आनन्दपूर्वक, तिनीहरू पवित्र रहस्यका विभिन्न कणहरूबारे सिक्दै, येशूको उदाहरण बमोजिम, ईश्वरीय भक्ति प्रदर्शित् गर्छन्!
अन्य कणहरू
१२. येशू, “आत्मामा धर्मी” कसरी ठहरिनु भयो?
१२ १ तिमोथी ३:१६ मा दिइएको दोस्रो चिन्हको विषयमा के भन्नु छ? येशू “आत्मामा धर्मी ठहरिनु भयो।” तर कसरी? यहोवाले आफ्नो समग्रता-कायम राख्ने पुत्रलाई मरेको अवस्था बाट बिउँताउनुभएर। यस कार्य द्वारा, येशू सम्पूर्णतया धर्मी हुनुहुन्छ र अझ उच्च ओहदाको योग्य हुनुहुन्छ भनेर परमेश्वरले घोषणा गर्नु भएको बराबर भयो। रोमी १:४ मा भने झैं, येशू, “पवित्रताको आत्माअनुसार मुर्दाबाट पुनरूत्थान हुनुभएकोले शक्तिसँग परमेश्वरका पुत्र ठहरिनु भयो।” यो कुरालाई पुष्टि पत्रुसले पनि आफ्नो पहिलो पत्रको तेस्रो अध्यायको १८ वाँ पदमा, एसो भन्नु भएकोछ: “हामीलाई परमेश्वरकहाँ ल्याउनलाई ख्रीष्टले पनि शरीरमा मारिएर तर आत्मामा जीवित भएर, अधर्मीहरूका निम्ति धर्मी भएर, पापहरूका निम्ति एक चोटि दुःख भोग्नुभयो।” के येशूको ईश्वरीय भक्तिको उदाहरणले तपाईंलाई परमेश्वर तर्फ लैजादैं छ?
१३. आफ्नो पुनरूत्थान पश्चात्, येशू कुन स्वर्गदूतहरू कहाँ देखा पर्नुभयो र तिनीहरूलाई येशूले कस्तो समाचार प्रचार गर्नु भयो?
१३ १ तिमोथी ३:१६ अझ पढ़दै जाँदा, पावलले पवित्र रहस्यको तेस्रो चिन्हलाई यी शब्दहरूमा सङ्केत गरेको पाउँदछौं: “येशू . . . स्वर्गदूतहरूबाट देखापर्नुभयो।” यी स्वर्गदूतहरू को हुन्? “आत्मामा जीवित” हुनुभएको येशू बारे, पत्रुसले, १ पत्रुस ३:१९, २० मा यस प्रकार लेख्नु भएको छ: “जुन आत्मामा उहाँ जानुभएर झ्यालखानाका आत्माहरूलाई पनि प्रचार गर्नु भयो। तिनीहरू ती बितेका समयमा अट्टेरी भएका थिए, जब नूहको समयमा जहाज तयार होउञ्जेल परमेश्वरको सहनशीलता पर्खिरहेको थियो।” यहूदा ६ अनुसार, यी आत्माहरू, “आफ्नो मर्यादामा नरहने, तर आफ्ना [स्वर्गमा] घर-वार छोड़ने स्वर्गदूतहरू” थिए। तिनीहरूले स्त्री जाति सँग सम्भोग गर्नकालागि, मासु र रगतका शरीर धारण गरे। तर जब जलप्रलय आउँदा, तिनीहरू बाध्य भएर फेरि आत्मिक संसारमा गए, त्यति खेर तिनीहरू टारटरसमा अथवा एउटा अत्यन्त नीच अवस्थामा फालिए। (२ पत्रुस २:४) आफ्नो पुनरूत्थान पश्चात्, येशूले यी दूतहरूलाई प्रचार गर्नु भयो। तर के उहाँले तिनीहरूलाई एउटा मुक्तिको समाचार प्रचार गर्नु भयो? अवश्य होइन! ईश्वरीय भक्तिको विरोध गर्ने, तिनीहरूको दुष्टताको येशूले भर्त्सना गर्नु भयो। आज परमेश्वरका जनहरू मध्य, अनैतिकता सँग खेल्ने कोही छन् भने, तिनीहरूका लागि, ती स्वर्गदूतहरू माथि घोषणा गरिएको न्याय दण्ड, एउटा चेताउनी हो!
१४. येशू “जाति जातिहरूमा प्रचारिनु” कसरी भयो?
१४ १ तिमोथी ३:१६ को चौथो चिन्ह अनुसार, येशू “जाति, जातिहरूमा प्रचारिनुभयो।” यस चिन्हको पूर्ति कसरी भयेको छ? आफू गिरफ्तार हुनु भन्दा केही समय अघि मात्र, येशूले आफ्ना चेलाहरूलाई एसो भन्नु भएको थियो: “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैंले गरेका काम पनि गर्नेछ, औ तीभन्दा ठूला काम पनि गर्नेछ, किनभने म पिता कहाँ जान्छु।” (यहून्ना १४:१२) यसको केहि समय पश्चात्, येशूले आफ्ना चेलाहरूमाथि, पेन्तीकोसको दिनमा, पवित्र आत्मा खन्याउनु भयो र “येशूलाई परमेश्वरले बिउँताउनु भयो” भन्ने अद्भूत सुसमाचार यहूदीहरूको माझमा प्रचारिनु थालियो। यस पछि सामरियाका मानिसहरूले पनि परमेश्वरको वचन ग्रहणा गरे र पवित्र आत्मा पाए। (प्रेरित् २:३२; ८:१४-१७) ई. स. ३६ सालमा, पत्रुसले कर्नीलियस र उसको घरमा जम्मा भएका अन्यजातिका मानिसहरूलाई पनि प्रचार गरे। यस प्रकार, येशूको विषयमा सुसमाचार “जाति, जातिहरूमा प्रचारिनु” थालियो अर्थात्, यहूदी बाहेक अरू जातिका मानिसहरू मध्य पनि र तिनीहरू पनि पवित्र आत्माले अभिषिक्त भए।
१५. प्रथम शताब्दिका मसीहीहरूले ईश्वरीय भक्तिको पवित्र रहस्य बारे राम्रो सँग ज्ञान प्राप्त गरेका थिये भनेर के प्रमाण छ?
१५ प्रेरित् १२:२४ मा दिइएको वर्णन अनुसार, “प्रभुको [यहोवाको, दी न्यु वर्ल्ड ट्रान्सलेशन] वचन बढ़दै बढ़दै फैलिएर गयो।” उत्तरी ग्रीसमा, प्रेरित् १७:६ को उल्लेख अनुसार, त्यस बेलाका विरोधीहरू, आजका विरोधीहरू झैं, एसो भन्दै चिच्याएछन्: “संसारलाई उलट पुलट पार्नेहरू यता पनि आएछन्।” ३० वर्ष भित्र, पावलले रोम बाट एसो भनेर लेख्न सके: “सुसमाचर . . . स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो।” (कलस्सी १:२३) त्यस बेलाका मसीहीहरूले ईश्वरीय भक्तिको पवित्र रहस्य राम्रो सँग बुझेका थिये। र कति जोशिला भएर, तिनीहरूले त्यसको प्रयोग गरिरहेका थिये! राज्य प्रचार भइरहेको यो अन्तको समयमा, हामी पनि त्यो पवित्र रहस्य सिखौं र त्यसलाई प्रयोगमा ल्याउँने गरौं!
१६. पवित्र रहस्यको पाँचवाँ चिन्ह के थियो र के गतिविधि द्वारा यो स्पष्ट सँग देखियो?
१६ प्रथम शताब्दिको प्रचारको प्रतिक्रियाले गर्दा, १ तिमोथी ३:१६ को पवित्र रहस्यको पाँचवाँ चिन्ह, विशेष रूपमा स्पष्ट भयो। येशू, “संसारभरि विश्वास गरिनुभयो।” पावल र तिमोथी जस्ता जोशिला प्रचारकहरूका मसीही ईश्वरीय भक्तिलेगर्दा यो हुन सक्यो। तिनीहरूले सुसमाचार एसिया माइनर, यूरोप, शायद स्पेन सम्म, त्यो बप्तिस्मा लिएको एथियोपीको मुख द्वारा, पूर्वीय अफ्रीका सम्म पुगेको हुनु सक्छ, जब पत्रुस चाहिं बेबिलनमा सेवा गरि रहेका थिए।
१७. वर्तमान आधुनिक संसारका समस्त भागमा येशूलाई विश्वास किन गरिन्छ?
१७ अब हाम्रा दिन बारे के भन्न सकिन्छ? १९१९ साल देखिन्, शेष अभिषिक्त जनहरू ईश्वरीय भक्तिका आदर्श भएर हिड़ेकाछन्। येशूले बसाल्नु भएको विश्वासको जगलाई, यी अभिषिक्त जनहरूले आफ्नो दृढ़ आधार बनाएकाछन्। विशेषगरि १९३५ देखिन्, यिनीहरूले एउटा ठूलो भीड़लाई एकत्रित पार्न थालेकाछन् र यो ठूलो भीड़का सदस्यहरूले “महा सङ्कष्ट” पार गरेर, पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउने रमाइलो आशा राखेकाछन्। (प्रकाश ७:९, १४) हो, येशूमा केन्द्रीत सुसमाचार, वर्तमान आधुनिक संसारको समस्त भागहरूमा प्रचार गरिएको छ। ईश्वरीय भक्ति साथ, यहोवाका ३,७००,००० साक्षीहरू आज प्रचार गरिरहेकाछन् र सारा संसार भरि प्रगति भइरहेछ!
१८. येशू “महिमामा माथि ग्रहण” कसरी हुनु भयो?
१८ त्यो पवित्र रहस्यको अझ एउटा चिन्ह बाँकी नै छ, र त्यो हो, छैठौं भाग: येशू “महिमामा माथि ग्रहण हुनुभयो।” आत्मामा जीवित हुनु भएपछि ४० दिन सम्म, येशू, मानिसको रूपमा आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो र तिनीहरूसँग “परमेश्वरको राज्यको विषयमा कुरा” गर्नु भयो। यस पश्चात्, उहाँ स्वर्ग जानु भयो। (प्रेरित् १:३, ६-९) यस प्रकार, यूहन्ना १७:१-५ मा उल्लेखित्, उहाँको यो प्रार्थना पुरा भयो: “हे पिता, . . . पुत्रको महिमा गर्नुहोस, र पुत्रले तपाईंको महिमा गरोस्। . . . मैले पृथ्वीमा तपाईंको महिमा गरें . . . । अब हे पिता, मेरो जुन महिमा संसार हुनुभन्दा अघि तपाईंसित थियो, त्यसले मलाई तपाईं आफैसित महिमा गर्नुहोस्।”
१९. येशू स्वर्गमा फर्कनु हुँदा, त्यहाँ अवश्य के भएको हुनुपर्छ?
१९ येशू स्वर्गमा फर्केर जानु हुँदा, त्यहाँ कति ठूलो आनन्द मनाइएको हुनुपर्छ! धेरै अघि, यहोवाले पृथ्वी सृजनु हुँदा, “स्वर्गीय जनहरू रमाहटले कराए।” (अय्यूब ३८:७) तर यहोवाको सार्वभौमिकताको भक्त संरक्षक फेरि तिनीहरूको माझमा फर्केर आउँनुहुँदा, तिनीहरू अझ कति आनन्दित भएको हुनुपर्छ!
२०. येशूले यस प्रकारको उच्च नाउँ किन प्राप्त गर्नु भयो र पृथ्वीमा हुनुहुँदा उहाँले के गर्नुभयो?
२० हिब्रु १:३, ४ मा, विजयी येशूको विषयमा पावलले एसो भन्नु हुन्छ: “पापको शुद्धि गर्नु . . . [भए पछि, उहाँ] उच्च स्थानमा महामहिमको दाहिने बाहुलीपट्टि विराजमान हुनुभयो। उहाँ स्वर्गदूतहरूभन्दा त्यत्तिनै उत्तम ठहरिनुभएको छ, जत्ति कि उहाँले तिनीहरूभन्दा उत्तम नाउँ अधिकारमा प्राप्त गर्नुभएको छ।” अधार्मिक्ता माथि विजय प्राप्त गर्नु भएको हुनाले, ख्रीष्टले त्यो नाउँ पाउँनु भयो। परमेश्वरको यो पुत्रले साँच्चैनै, पृथ्वीमा ईश्वरीय भक्तिको मार्गलाई ज्योतिर्मय पारि दिनुभयो। अनन्त जीवन पाउने अरू सबैकालागि पनि उहाँले एउटा आदर्श छाड़नु भयो। स्वर्गमा, परमेश्वरको दाहिने हात तर्फ येशू महिमित् हुनुभएपछि, ईश्वरीय भक्तिको पवित्र रहस्य, त्यसका सम्पूर्ण चिन्हहरू समेत, खोलियो। (w90 1/15)
तपाईंको प्रतिकृया के हुनेछ?
◻ “ईश्वरीय भक्ति” के हो?
◻ येशू “शरीरमा प्रकट” कसरी हुनु भयो र यस पश्चात् “आत्मामा धर्मी” कसरी ठहरिनु भयो?
◻ येशू कुन स्वर्गदूतहरूकहाँ, के समाचार साथ, देखा पर्नु भयो?
◻ येशू “जाति जातिहरूमा प्रचारिनु” कसरी भयो र “संसारभरि विश्वास गरिनु” कसरी भयो?
◻ येशू “महिमामा माथि ग्रहण” कहिले गरिनु भयो र ईश्वरीय भक्ति बारे के गर्नु भए पछि?