“अधर्मको मानिसको” विरूद्धमा परमेश्वरको न्याय
“बढिया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।”—मत्ती ७:१९.
१, २. अधर्मको मानिस को हो र त्यसको वृद्धि कसरी भयो?
“अधर्मको मानिसको” आगमन बारे पावललाई अगमवाणी गर्न, परमेश्वरले प्रेरित गर्नु भएको बेलामा, यो अधर्मको मानिसको आरम्भ उहाँकै समय देखिनै देखा पर्न लागेको कुरा पावलले भने। यो भन्दा अघिको लेखमा स्पष्ट गरिए झैं, साँचो मसीही धर्मको धर्मत्याग गर्न अगुवाहुने मानिसहरूको समूहको विषयमा पावलले यहाँ कुरा गरिरहेका थिए। सच्चाईबाट यस प्रकार हटेर जाने क्रम प्रथम शताब्दिको अन्त तिर शुरू भयो, विशेष गरि प्रेरितहरूको मृत्यु पश्चात्। यो अधर्मी श्रेणीले परमेश्वरको वचनको विपरित् जाने शिक्षाहरू र चलनहरूलाई प्रवेश गराये।—२ थिस्सलोनिकी ३:३, ७; प्रेरित् २०:२९, ३०; २ तिमोथी ३:१६, १७; ४:३, ४.
२ समयमा यो अधर्मी समूह बढ़ेर मसीही जगतका पादरी समूह हुन गयो। चौथो शताब्दिमा, रोमी सम्राट कन्सटनटाइनको पालोमा, यी धर्मत्यागी गिर्जाहरूको राज्यसँग समझौता भएपछि, यो पादरी समूह अझ शक्तिशाली भयो। जसै मसीहीजत बेग्ला बेग्लै सम्प्रदायहरूमा फूटदै गयो, यो पादरी समूहले पनि आफूलाई साधारण जन वर्ग र अकसर राष्ट्र-नायकहरू भन्दा पनिमाथि उचाल्दै लगे।—२ थिस्सलोनिकी २:४.
३. अधर्मको मानिसको अन्त कस्तो हुनेछ?
३ तर यो अधर्मको मानिसको अन्तत्वगत्वा के हुने हो? पावलले यो अगमवाणी गरे: “तब त्यो अधर्मी . . . जसलाई प्रभु येशूले . . . नाश पार्नुहुनेछ र उहाँको आगमनको प्रकाशले विनाश पार्नुहुनेछ।” (२ थिस्सलोनिकी २:८) यसको अर्थ, परमेश्वरले शैतानको सम्पूर्ण रीतिरिवाजको नाश गर्नु हुँदा, यो पादरी समूहको पनि नाश हुनेछ। परमेश्वरले उहाँको स्वर्गीय राजा, येशू ख्रीष्टलाई, ईश्वरीय आदेश कार्यान्वयन गर्ने स्वर्गदूतहरूको सेनाको अगुवाई गर्न, प्रयोग गर्नुहुनेछ। (२ थिस्सलोनिकी १:६-९; प्रकाश १९:११-२१) परमेश्वर र ख्रीष्टको अनादर गरेर लाखौं मानिसहरूलाई साँचो उपासनाबाट टाढ़ा लगेको हुनाले, तिनीहरूमाथि यो विपत्ति आउनेछ।
४. अधर्मको मानिसको न्याय कुन सिद्धान्त अनुसार हुनेछ?
४ यो अधर्मको मानिसलाई न्याय गर्दा प्रयोग हुने सिद्धान्त येशूले स्वयं, यसो भनेर दिनु भयो: “झूटा अगमवक्ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसा जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटहरूबाट अङ्गूर अथवा सिउँड़ीहरूबाट नेभारा बटुलिन्छ र? त्यसैगरी हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाँउछ। असल रूखले खराब फलाउनसक्तैत, नता बिग्रेका रूखले असल फल फलाउनसक्तछ। बढ़िया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। . . . मलाई प्रभु, प्रभु भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।”—मत्ती ७:१५-२१; तितस १:१६ र १ यूहन्ना २:१७ पनि हेर्नुहोस्।
असल मसीही फल
५. असल मसीही फल को आधार के हो र एउटा मौलिक आज्ञा के हो?
५ असल मसीही फलको आधार १ यूहन्ना ५:३ मा यस प्रकार दिएकोछ: “हामीले उहाँका आज्ञा पालन गर्नु नै परमेश्वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्।” र अर्को मौलिक आज्ञा यो पनि हो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) यसर्थ, आफ्ना छिमेकी जुन सुकै जात अथवा राष्ट्रका भए पनि, परमेश्वरका साँचो सेवकहरूले तिनलाई प्रेम गर्नेछन्।—मत्ती ५:४३-४८; रोमी १२:१७-२१.
६. विशेषगरी कस्को लागि मसीही प्रेम दर्साउनु पर्छ?
६ परमेश्वरका सेवकहरूले विशेषगरी आफ्ना आत्मिक भाइहरूलाई अझ बढ़ी प्रेम गर्नु पर्छ। “यदि कसैले ‘म परमेश्वलाई प्रेम गर्छु भन्छ, र आफ्ना भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्ने-ले नदेखेको परमेश्वरलाई प्रेम गर्नसक्तैन। औ हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि परमेश्वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्।” (१ यूहन्ना ४:२०, २१) यस प्रकारको प्रेम साँचो मसीहीहरूको चिन्ह हुनेछ भनेर येशूले एसो भन्नु भयो: “यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।”—यूहन्ना १३:३५; रोमी १४:१९; गलाती ६:१०; १ यूहन्ना ३:१०-१२ पनि हेर्नुहोस्।
७. साँचो मसीहीहरू संसार भरि एकताको गाँठमा कसरी बाँधिएका छन्?
७ परमेश्वरका सेवकहरूलाई एकताको बन्धनमा बाँधने तत्वनै भतृ प्रेम हो। “सबै कुरा भन्दा बढ़ी प्रेम धारण गर, जो सिद्धताको गाँठ हो।” (कलस्सी ३:१४) र साँचो मसीहीहरू संसार भरीका आफ्ना भाइहरूसँग एक हुनु पर्छ किनभने परमेश्वरको वचनमा यो आदेश पाउँदछौं: “तिमीहरू सबैले एउटै कुरा बोल, र तिमीहरूमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका हौ।” (१ कोरिन्थी १:१०) विश्वभरी यस प्रकारको प्रेम र एकता कायम राख्नका लागि, परमेश्वरका सेवकहरू, यस संसारका राजनैतिक झगड़ाहरूमा तटस्थ हुनु पर्छ। येशूले एसो भन्नु भएकोछ: “जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्।”—यूहन्ना १७:१६.
८. मसीहीहरूले के गर्नु पर्छ भन्ने कुराको येशूले कसरी प्रदर्शन गर्नु भयो?
८ पत्रुसले येशूलाई गिरफ्तार गर्न आउनेहरू मध्य एक जनाको कान काटी दिंदा, येशूले आफ्नो सिद्धान्त कहाँ सम्म प्रयोग हुनेछ भन्ने कुरा प्रदर्शन गर्नु भयो। परमेश्वरको पुत्रलाई उहाँका विरोधीहरूबाट बचाउनकालागि चाहिं हिंसाको प्रयोग गरे हुन्छ भनेर, के येशूले प्रोत्साहन दिनु भयो? दिनु भएन। उहाँले बरू पत्रुसलाई एसो भन्नु भयो: “तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल।” (मत्ती २६:५२) यसकारण, साँचो मसीहीहरू कुनै राष्ट्रहरूका युद्धमा भाग लिने गर्दैनन् र आफ्नो तटस्थाताका लागि, बितेका शताब्दिहरूमा झैं हाम्रो समयमा पनि शहीद हुनु परेता पनि, तिनीहरू कुनै ढ़ङ्ग द्वारा पनि मानिसको रगत बगाँउदैनन्। येशू ख्रीष्टको हातमा सुम्पिएको परमेश्वरको राज्यले मात्र सधैंको लागि युद्ध र रक्तपातको अन्त गर्नेछ भनेर तिनीहरूलाई थाह छ।—भजन ४६:९; मत्ती ६:९, १०; २ पत्रुस ३:११-१३.
९. (क) प्रथम मसीहीहरू बारे हामीलाई इतिहासले के भन्छ? (ख) मसीही जगत तिनीहरूको ठीक विपरीत कसरी छ?
९ प्रथम शताब्दिका मसीहीहरूले मानिसको रगत बगाउन चाहेनन् भनेर इतिहास साक्षी छ। धर्मदशर्नको एक जना बेलाएतको भूत पूर्व प्रफेसर, पीटर ढी. रोसाले यस प्रकार लेखेका छन्: “रक्तपात एउटा निन्दनीय पाप थियो। यसैकारण, मसीहीहरू रङ्गशालामा तरवारबाजहरूको भिड़न्तमा भाग लिन इनकार गरथिये। . . . रोमको बचावका लागि युद्ध र हिंसा आवश्यक भएतापनि, मसीहीहरू त्यसमा भाग लिन आफूलाई असमर्थ ठान्द थिए। . . . मसीहीहरूले आफूलाई, येशू झैं, शान्तिका दूत ठान्द थिए; कुनै हालतमा पनि तिनीहरू मृत्युको सौदागर हुन सक्दैन थिए।” तर अर्को तिर, मसीही जगतका विभक्त धर्महरूले प्रेमको यो आज्ञा उल्लङ्घन गरेकाछन् र धेरै मात्रामा रगत बगाएका छन्। तिनीहरू शान्तिका दूतहरू हुनुको सट्टा, बारम्बार मृत्युका कारक भएका छन्।
रगतको दोषी महान बेबिलन
१०. महान बेबिलन के हो, र त्यसलाई त्यो नाउँ किन दिइएको?
१० शैतान यो “संसारको शासक” हो र यो रीतिरिवाजको “देव” पनि हो। (यूहन्ना १२:३१; २ कोरिन्थी ४:४) शैतानको संसारको एउटा भाग त्यसले शताब्दियौं देखि निमार्ण गर्दै आएको झूटो धर्मको विश्व-व्यापी व्यवस्था हो, जसको एउटा मुख्य भाग मसीही जगत र त्यसको पादरी समूह हुन गएको छ। झूटो धर्मको यो विश्व-व्यापी व्यवस्थालाई बाइबलमा “महान बेबिलन, पृथ्वीकी बेश्याहरू (आत्मिक) र घृणित कुराहरूकी आमा” भन्छन्। (प्रकाश १७:५) आजका झूटा-धर्महरूको मूल प्राचीन शहर बेबिलन हो र त्यो शहर झूटो धर्म र ईश्वरको निन्दागर्ने शिक्षाहरू र चलनहरूमा डूबेको थियो। त्यसै कारण, त्यो प्राचीन बेबिलनको आधुनिक भाग, झूटो धर्मको विश्व-ब्यापी साम्राज्य, महान बेबिलन कहलिएको छ।
११. बाइबलले महान बेबिलनको विषयमा के भन्छ, र किन?
११ धार्मिक बेबिलन बारे, परमेश्वरको वचनले एसो भन्छ: “औ त्यसैमा अगमवक्ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको थियो।” (प्रकाश १८:२४) पृथ्वीमा मारिएका सबैका रगतका लागि यो संसारका धर्महरू कसरी जिम्मेवार छन्? किनभने, मसीही जगत र बाँकी अरू सबै सांसारिक धर्महरूले राष्ट्रहरूका युद्धलाई समर्थन गरेकाछन् र तिनमा अगुवाई पनि लिएकाछन्; र तिनीहरूलाई यो काममा साथ नदिने ईश्वर-भीरूको तिनीहरूले हत्या पनि गरेकाछन्।
ईश्वर निन्दा गर्ने इतिहास्
१२. मसीही जगतको पादरीहरू अरू धर्मका धर्म-गुरूहरू भन्दा किन धेरै नै दोषी छन्?
१२ अन्य धर्मका गुरूहरूको भन्दा मसीही जगतका पादरीहरूको दोष धेरै नै ठूलो छ। किन? किनभने तिनीहरूले परमेश्वरको नाउँ मात्र होइन तर ख्रीष्टको नाउँ पनि लिएर हिड़कोछन्। यसकारण, तिनीहरू येशूका शिक्षाहरू अनुसार हिड़न बाध्य भएका छन्। (यूहन १५:१०-१४) तर तिनीहरूले ती शिक्षाहरू पालन गरेका छैनन् र यसले गर्दा दुवै परमेश्वर र ख्रीष्टको नाउँ बदनाम गरेकाछन्। पादरीहरूले मसीही धर्मको नाउँमा लड़ेको युद्ध साथै अझ अन्य धार्मिक युद्ध र तिनीहरूको गिर्जाको धर्म नमान्नेहरूको हत्या गरेर, पादरीहरू प्रत्यक्षरूपमा रगतको दोषी भएका छन्। तर अप्रत्यक्षरूपमा पनि तिनीहरू रगतको दोषी छन् किनभने अरू देशमा बस्ने तिनीहरूकै गिर्जाको मतका मानिसहरूको हत्या गर्न तिनीहरूले आफ्नो देशको गिर्जाका सदस्यहरूलाई अनुमति मात्र दिएका छैनन् तर समर्थन पनि गरेकाछन्।
१३. ११ वाँ देखिन् १३ वाँ शताब्दि सम्म पादरीहरू के को लागि जिम्मेवार भए?
१३ उदाहरणका लागि, ११ वाँ देखिन् १३ वाँ शताब्दि सम्म मसीही जगतका पादरीहरूले क्रुसेड कहलाइएको अथवा मसीही धर्मको नाउँमा लड़ने युद्धहरूको शुरू गरे। यी युद्धहरूमा, परमेश्वर र ख्रीष्टको नाउँ लिंदै, डरलाग्दो ढङ्गमा लूट र रक्तपात गरियो। हजारैं मानिसहरूको हत्या भयो। १२१२ मा बाल-बालिकाहरूको क्रुसेड कहलाइने युद्धमा भाग लिने हजारौं केटा-केटीहरूले आफ्नो ज्यान गुमाए।
१४, १५. १३ वाँ शताब्दिमा क्याथोलिक गिर्जा द्वारा शुरू गरिएको एउटा चलन बारे एक जना क्याथोलिक लेखकले के भन्छन्?
१४ १३ वाँ शताब्दिमा क्याथोलिक गिर्जा द्वारा ईश्वर निन्दा गर्ने एउटा अर्को डरलाग्दो कुरा शुरू गरियो—त्यसलाई अंग्रेजीमा इन्क्वीजीसन भन्छन्। यसको शुरूआत् यूरोपमा भयेको थियो र अमेरिका सम्म फैलिएर, छः शताब्दि सम्म चली रह्यो। पोपको समुदायले आरम्भ र समर्थन गरेको यो चलन, गिर्जासँग मेल न खाने सबैलाई हत्या गर्ने र सताउने, एउटा हिंसात्मक प्रयास थियो। पहिला पनि गिर्जाले गैर क्याथोलिकहरूलाई सताएको थियो तर यो इनक्वीजीसन भन्ने चलनले ती सबै भन्दा व्यापक रूप लियो।
१५ पीटर डी. रोसाले आफूलाई एउटा “भक्त क्याथोलिक” घोषणा गरेतापनि, भिकार्स अफ क्राइस्ट—दी डार्क साइड अफ दी पेपसी भन्ने आफ्नो हालसालैको पुस्तकमा एसो भने: “यहूदीहरूलाई सताउन, इनक्वीजीशन, क्याथोलिक गिर्जा भन्दा बेग्लै मतका हजारौंको हत्या, र यूरोपको अदालतहरूमा यातना दिने चलनको पुन:स्थापनाका लागि गिर्जा जिम्मेवार थियो। . . . पोपहरूले सम्राटहरूलाई नियुक्त गरेका थिए भने, सम्राटहरूलाई आफ्नो सिंहासनबाट हटाएका पनि थिए। यस बाहेक, पोपहरूले सम्राटहरूसँग तिनका प्रजाहरू माथि मसीही धर्म बल जफतले कायम राख्ने माँग गर्ने गरथिये। यो धर्म न मान्नेहरूलाई मृत्युको सजाय हुनेछ भन्ने आदेश गर्नु भनेर पोपहरूले सम्राटहरूलाई आदेश दिन् थिए। . . . यी सबै कुराले गर्दा, बाइबलको सुसमाचारले एउटा चर्को दाम तिर्नु पऱ्यो।” आफू सँग बाइबल राख्नु नै, त्यस बेला हत्या हुने कति जनाको एक मात्र “अपराध” थियो।
१६, १७. इनक्वीजीशन बारे के टिप्पणीहरू गरिएको छ?
१६ डी. रोसाले, १३ वाँ शताब्दिको पोप इनोसेन्ट तेस्रो बारे, एसो भनेका छन्: “[रोमी] सम्राट डायोक्लीसियनको [तेस्रो शताब्दि] पालोमा भएको सबै भन्दा निर्दयी खेदोमा, विश्व भरि प्रायः दुई हजार मसीहीहरूको हत्या भयो। पोप इनोसेन्टको प्रथम दोषपूर्ण क्रुसेडमा [फ्रान्सका “विधर्मीहरूको” विरूद्धमा] त्यो भन्दा दस गुणा बढ़ी मानिसहरूको हत्या भयो . . . डायोक्लीसियनको हातमा भन्दा एउटा पोपको हातमा धेरै मसीहीहरूको हत्या हुनु छक्क पर्ने कुरा हो। . . . [इनोसेन्टलाई] ख्रीष्टको नाउँमा ख्रीष्टले नगर्नु भन्नु भएको जम्मै कुरा गर्न गाह्रो लाग्दैन थियो।”
१७ डी. रोसाले भन्नु भनेको कुरा अनुसार, “पोपको नाउँमा, [इनक्वीजीटर्स अथवा सताउने मानिसहरूमाथि] मानव इतिहासमा सबै भन्दा असभ्य र प्रलम्बित् आक्रमण गरेको आरोप आइपर्दछ।” डोमिनीकन इनक्वीजिटर, स्पेनको टोरकीमाडाको विषयमा, एसो भनेको छ: “१४८३ मा नियुक्त भए पछि, यो मानिसले १५ वर्ष सम्म निष्ठुरता साथ प्रभुत्व जमायेर बस्यो। उसको पालोमा शिकार हुने हरूको संख्या ११४,००० भन्दा बढ़ी थियो र यी मध्ये १०,२२० व्यक्तिहरूलाई ता जिउँदै जलाएर मारे।”
१८. एक जना लेखकले यो इनक्वीजीशनलाई कुन दृष्टिले हेरेको पाउँछौं, र यो चलन ६ शताब्दि भन्दा बढ़ी समय सम्म लगातार के कारणले चल्न सक्यो?
१८ यो लेखकले अन्तमा एसो भनेर कुरा टुङ्ग्याएका छन्: “इनक्वीजीशनको जस्तो चलन कायम राखेकोमा लागि, कुनै पनि धर्म सङ्गठन लज्जित हुनु पर्छ। क्याथोलिक गिर्जाको लागि यो चलन अति हानिकारक भएको छ . . . किनभने इतिहास अनुसार, लगातार ६ शताब्दि भन्दा बढ़ी समय सम्म, पोपहरूनै मौलिक न्यायका मुख्य दुश्मन थिए। १३ वाँ शताब्दि देखिन् एसोका ८० पोपहरू मध्य, एक जनाले पनि यो इनक्वीजीशनको चलन अथवा शिक्षाको विरोध गरेनन्। यसको विपरित, एउटा पछि अर्को, प्रत्यक पोपले यो क्रूर यन्त्रमा अझ कठोर परिवर्त्तनहरू थपे। रहस्यको कुरा यो हो: पुस्तौं सम्म, पोपहरू, व्यवहारिक रूपमा, यस प्रकारको धर्महीनता साथ कसरी हिड़ी रहन सके? प्रत्यक मोड़मा तिनीहरूले येशूको सुसमाचारको उल्लङ्घन कसरी गर्न सके?” यसको उत्तरमा तिनले भने: “पोपहरूको राज्यावधि पल्टेला भन्ने डरले, प्रत्यक पोपले आफू भन्दा पहिला आएको पोपको भन्दा बाइबलको सुसमाचारको खण्डन गर्न रूचाए।”
१९. धेरै जसो पादरीहरूले अर्को कुन अधर्मी कार्यलाई समर्थन गरे?
१९ यस बाहेक, हिंसात्मक दासता प्रथाको स्थापना गरेर पनि पादरीहरूले एउटा अर्को अधर्मी भूमिका निभाएका छन्। मसीहीजगतका राष्ट्रहरूले हजारौं अफ्रीकीहरूलाई अपहरण गर्दै, तिनीहरूलाई आफ्नो घर देखिन् टाढ़ा लगे र कैयौं शताब्दिका लागि तिनीहरूलाई दास तुल्याएर अनेक मानसिक र शारीरिक क्लेश भोग्न बाध्य पारे। यस निर्दयी चलनको विरोध धेरै नै कम पादरीहरूले मात्र गरे। केही पादरीहरूले ता यसलाई परमेश्वरको इच्छा भनी घोषणा गरे।—मत्ती ७:१२ पढ़नुहोस्।
२० वाँ शताब्दिमा पनि रगतको दोषी
२०. हाम्रो शताब्दिमा यो अधर्मको मानिस माथि रगतको दोष कसरी माथि टुप्पो सम्म पुगेको छ?
२० हाम्रो शताब्दिमा यो अधर्मको मानिसमाथि सबै भन्दा बढ़ी रगतको दोष आइलागेको छ। इतिहास भरीको सबै भन्दा खराब युद्धहरूलाई पादरीहरूले समर्थन गरेका छन् र ती युद्धहरूमा लाखौं मानिसहरूले आफ्नो ज्यान गुमाए। पादरीहरूले दुई वटा विश्व-युद्धहरूमा दुवै पक्षलाई समर्थन गरे जब कि दुवै पक्षमा एउटै धर्मका मानिसहरू थिए। अर्थात्, “भाइले भाइलाई” मारे। उदाहरणका लागि, दोस्रो विश्व-युद्धमा, फ्रान्स र अमेरिकाका क्याथोलिकहरूले, जर्मनी र इटालीका क्याथोलिकहरूको हत्या गरे; बेलायत र अमेरिकाका प्रोटेस्टेन्टहरूले जर्मनीको प्रोटेस्टेन्टहरूको हत्या गरे। कुनै-कुनै बेलामा, तिनीहरूले आफ्नै धर्म मान्ने मानिसहरूलाई मात्र होइन तर आफ्नै जातका मानिसहरूलाई पनि मारे। दुवै विश्व-युद्धहरूको आरम्भ, मसीही जगतको माझमा शुरू भयो। तर त्यहाँका पादरीहरूले यदि प्रेमको आज्ञा पालन गरेर आफ्ना अनुयायीहरूलाई पनि त्यसै गर्ने शिक्षा दिएको भए, यी युद्धहरू सम्भव हुने थिएन।
२१. पादरीहरूले युद्धमा भाग लिएको कुरा बारे विभिन्न सांसारिक स्रोतहरूले के भन्छन्?
२१ दी न्यु योर्क टाइम्सले पनि यो कुरालाई यस प्रकार समर्थन गरेको छ: “बितेको समयमा, क्याथोलिक पादरीहरूको समूहले जहिले पनि राष्ट्रहरू बीचको युद्धहरूलाई समर्थन गरेका छन्, सेनाहरूलाई आशीष दिएका छन् र विजयको निम्ति प्रार्थना चढ़ाएका छन्, जब कि अर्को पक्षका बिशपहरूले यसको ठीक विपरित नतिजाको निम्ति प्रार्थना गरि रहेका हुन् थिए। जसै युद्धका हात हतियारहरू झन्-झन् क्रूर हुँदै गइरहेको छ, युद्ध गर्ने चलन, मसीही शिक्षाको ठीक विपरित छ भन्ने कुरा धेरै लाई स्पष्ट भइरहे छ।” साथै, यु. एस. न्युज एन्ड वर्ल्ड रिर्पोट ले यो टिप्पणी गरेको थियो: “मसीही भनौदा राष्ट्रहरूले बारम्बार हिंसाको प्रयोग गरेको हुनाले, संसारमा मसीही धर्मको मर्यादामाथि ठूलो हानी आइपरेको छ।”
२२. हाम्रो समयमा अरू कुन कुराको लागि पनि पादरीहरू जिम्मेवार छन्?
२२ आज कुनै प्रकारको सरकारी इनक्वीजीशन कायम नभएतापनि, पादरीहरूले सरकारी मददको प्रयोग द्वारा, आफ्नो भन्दा बेग्लै मतका “अगमवक्ताहरू” र “पवित्र जनहरूलाई” सताएका छन्। यी पादरीहरूले राजनैतिक नेताहरूलाई “नियम द्वारा अधर्म” रच्न करमा पारेका छन्। यस प्रकार, हाम्रै शताब्दिमा, ईश्वरको डर मान्ने मानिसहरूलाई झ्यालखानमा हालने, पिटने, यातना दिने र मार्ने कामहरू, यी पादरीहरूले या त स्वयं गराएकाछन्, या आफ्नो अनुमति त्यस कामका लागि दिएका छन्।—प्रकाश १७:६; भजन ९४:२०, दी न्यु इङ्गलीश बाइबल.
लेखा दिनु पर्छ
२३. परमेश्वरले अधर्मको मानिसबाट किन लेखा लिनु हुनेछ?
२३ हो, झूटो धर्म भित्र अगमवक्ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैको रगत पाईएको छ। (प्रकाश १८:२४) सबै भन्दा नराम्रो प्रकारको रक्तपात मसीही जगतमै भएको हुनाकारण, पादरीहरूको दोष सबैको भन्दा ठूलो छ। बाइबलले तिनीहरूलाई “अधर्मको मानिस” भन्ने पद दिनु सरासर उचित् छ! तर परमेश्वरको वचनले एसो पनि भन्दछ: “धोकामा नपर, परमेश्वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) यसकारण, परमेश्वरले यो अधर्मी पादरी समूहबाट लेखा लिनुहुनेछ।
२४. विश्व थर्काउने कुन घटनाहरू चाँड़ै घटने वाला छन्?
२४ येशूले एसो भन्नु भएको थियो: “ए अधर्म काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२३) र यो घोषणा पनि गर्नु भयो: “बढ़िया रूख नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ।” (मत्ती ७:१९) यो अधर्मको मानिस र सम्पूर्ण झूटो धर्मको अग्निमय अन्त हुने बेला चाँड़ै आउँदैछ। त्यस बेला जस सँग तिनीहरूले बेश्या काम गरे अथवा राजनैतिक तत्वहरू, तिनीहरूको विरूद्धमा उठनेछन्: “[राजनैतिक तत्वहरूले] त्यस बेश्या सँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड़ र नाङ्गो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।” (प्रकाश १७:१६) विश्व थर्कने घटनाहरू चाँड़ै घटनलागेको हुनाकारण, आज परमेश्वरका सेवकहरूले अरूहरूलाई यी कुराहरूको घोषणा गर्नु पर्छ। तिनीहरूले यो काम कसरी गरिहेकाछन्, आउँदो लेखले जाँच गर्नेछ। (w90 2/1)
पुनरालोकनका लागि प्रश्नहरू
◻ अधर्मको मानिस को हो, र त्यसको विकास कसरी भयो?
◻ साँचो मसीहीहरूले के असल फल फलाउनु पर्छ?
◻ महान बेबिलन को हो, र त्यो कुन हद सम्म रगतको दोषी छ?
◻ अधर्मको मानिसले इतिहास भरि परमेश्वरको निन्दा गर्ने के कार्यहरू गर्दै आएको छ?
◻ परमेश्वरले त्यो अधर्मको मानिसबाट कसरी लेखा लिनु हुनेछ?
[पृष्ठमा भएको चित्र]
क्रुसेड कहलाइने युद्धहरूले गर्दा, परमेश्वर र ख्रीष्टको नाउँमा भयङ्कर रक्तपात भयो
[पृष्ठमा भएको चित्र]
“स्थानीय क्याथोलिक पादरीहरूले प्राय सधैं नै आफ्ना राष्ट्रका युद्धहरूको समर्थन गरे।”