प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 सेप्टेम्बर p. २६
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँको नाम “जीवनको पुस्तकमा” लेखिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • ‘थुप्रैलाई धार्मिकताको बाटोमा डोऱ्‍याइनेछ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • फेरि जीवित हुनु भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 सेप्टेम्बर p. २६

पाठकहरूको प्रश्‍न

पृथ्वीमा क-कसलाई फेरि जीवित पारिनेछ र तिनीहरूलाई केको लागि फेरि जीवित पारिनेछ?

बाइबलले यी प्रश्‍नहरूको जवाफ कसरी दिन्छ विचार गरौँ।

प्रेषित २४:१५ मा “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌” भनेर बताइएको छ। धर्मीहरू भनेको ती मानिसहरू हुन्‌, जसले मृत्युअघि परमेश्‍वरको आज्ञा पालन गरे। त्यसैले तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको छ। (मला. ३:१६) अधर्मीहरूमा ती मानिसहरू पनि पर्छन्‌, जसले मृत्युअघि यहोवाबारे सिक्ने पर्याप्त मौका पाएनन्‌। त्यसैले तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको छैन।

प्रेषित २४:१५ मा उल्लेख गरिएको दुई वटा समूहबारे युहन्‍ना ५:२८, २९ मा पनि बताइएको छ। येसुले यसो भन्‍नुभयो: “ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।” धर्मीहरूले आफ्नो मृत्युअघि असल काम गरे। तिनीहरू जीवन पाउनको लागि चिहानबाट निस्किआउनेछन्‌ किनभने तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिएको छ। तर अधर्मीहरूले आफ्नो मृत्युअघि खराब काम गरे। त्यसैले तिनीहरू न्याय गरिनको लागि निस्किआउनेछन्‌। तिनीहरूको नाम जीवनको पुस्तकमा लेखिसकिएको छैन र हजार वर्षको दौडान तिनीहरू परीक्षणकालमा रहनेछन्‌। यस अवधिमा तिनीहरूले यहोवाबारे सिक्ने र आफ्नो नाम जीवनको पुस्तकमा लेखाउने मौका पाउनेछन्‌।

प्रकाश २०:१२, १३ अनुसार फेरि जीवित भएका सबै जना “पुस्तकहरूमा लेखिएबमोजिमै” चल्नुपर्नेछ अर्थात्‌ नयाँ संसारमा परमेश्‍वरले दिनुहुने नयाँ नीतिनियमअनुसार जीवन बिताउनुपर्नेछ। ती नीतिनियमअनुसार नचल्ने मानिसहरूलाई नाश गरिनेछ।—यसै. ६५:२०.

दानिएल १२:२ मा “कोही अनन्त जीवन पाउन र कोहीचाहिँ बेइज्जती र अनन्त घृणा सहन ब्युँतनेछन्‌” भनेर बताइएको छ। यस पदमा फेरि जीवित भएकाहरूलाई सुनाइने अन्तिम फैसलाबारे बताइएको छ। तिनीहरूले या त “अनन्त जीवन” पाउनेछन्‌ या “अनन्त घृणा” भोग्नेछन्‌। त्यसैले हजार वर्षको अन्तमा केहीले अनन्त जीवन पाउनेछन्‌ भने केहीलाई चाहिँ सदाको लागि नाश गरिनेछ।—प्रका. २०:१५; २१:३, ४.

एउटा उदाहरण विचार गरौँ। फेरि जीवित हुने दुई वटा समूहका व्यक्‍तिहरूको अवस्थालाई अर्को देशमा जीवन बिताउन चाहने विदेशीहरूको अवस्थासित तुलना गर्न सकिन्छ। धर्मीहरू भनेको कुनै देशमा कार्यसम्बन्धी भिसा वा आवासीय भिसा पाएका व्यक्‍तिहरूजस्तै हुन्‌। तिनीहरूले त्यस देशका नागरिकसरह केही हदसम्म सेवा-सुविधा र अधिकार पाउँछन्‌। तर अधर्मीहरू अस्थायी वा पर्यटक भिसा पाउने व्यक्‍तिहरूजस्तै हुन्‌। त्यस्ता व्यक्‍तिहरू नयाँ देशको स्थायी बासिन्दा हुन चाहन्छन्‌ भने तिनीहरूले आफूलाई योग्य प्रमाणित गर्नुपर्छ। त्यसैगरि प्रमोदवनमा रहिरहनको लागि फेरि जीवित भएका अधर्मीहरूले यहोवाको नीतिनियमअनुसार चल्नुपर्नेछ र आफूलाई धर्मी साबित गर्नुपर्नेछ। विदेशीहरू अर्को देशमा प्रवेश गर्दा सुरुमा जस्तोसुकै भिसा पाएको भए तापनि तिनीहरूमध्ये केहीले मात्र त्यस देशको नागरिकता पाउन सक्छन्‌ भने केहीलाई देशनिकाला गरिन सक्छ। तिनीहरू नयाँ देशमा बस्न पाउँछन्‌ कि पाउँदैनन्‌ भन्‍ने कुरा तिनीहरूको मनोवृत्ति अनि आचरणमा भर पर्छ। त्यसैगरि नयाँ संसारमा फेरि जीवित भएकाहरूले अनन्त जीवन पाउँछन्‌ कि पाउँदैनन्‌ भन्‍ने कुरा तिनीहरूको वफादारी र आचरणमा भर पर्नेछ।

यहोवा दयालु मात्र होइन, न्यायी परमेश्‍वर पनि हुनुहुन्छ। (व्यव. ३२:४; भज. ३३:५) उहाँले धर्मी र अधर्मी दुवैलाई फेरि जीवित पार्नुभएर प्रेम गरेको देखाउनुहुनेछ। तर उहाँ तिनीहरूले उहाँको उच्च नैतिक स्तर पालन गरेको पनि चाहनुहुन्छ। उहाँलाई प्रेम गर्ने र उहाँको स्तरअनुसार जीवन बिताउनेहरूले मात्र नयाँ संसारमा सधैँभरि बाँचिरहन पाउनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने