गीत २८
नयाँ गीत
छापिएको संस्करण
(भजन ९८)
१. या’को नाउँमा, प्रशंसाको नयाँ गीत गाऊ।
सबैलाई नै उनका महान् कार्य बताऊ।
हेर बाहुबल; पिता यहोवा विजयी।
उनी न्यायप्रेमी, गर्छन् निसाफ सही।
(कोरस)
गाऊ, गाऊ, गाऊ!
एउटा नयाँ गीत गाऊ!
गाऊ, गाऊ, गाऊ!
याह राजा हाम्रा।
२. जय जयकार, महिमा प्रभु राजालाई!
गाऊ, आदर देऊ; गाओ भजन रमाइ।
ठूलो भीडकासाथ, याहसामु जोरसोरले गाऊ।
वीणा र तुरही मधुर धुनमा बजाऊ।
(कोरस)
गाऊ, गाऊ, गाऊ!
एउटा नयाँ गीत गाऊ!
गाऊ, गाऊ, गाऊ!
याह राजा हाम्रा।
३. ती सागरका सब कुराले प्रशंसा गाऊन्!
अरू सृष्टिसितै सोर मिलाइ गाऊन्!
भूमि रमाऊन्, नदीले ताली बजाऊन्!
डाँडा, बेंसीहरू एकसाथ झुम्दै गाऊन्!
(कोरस)
गाऊ, गाऊ, गाऊ!
एउटा नयाँ गीत गाऊ!
गाऊ, गाऊ, गाऊ!
याह राजा हाम्रा।
(भज. ९६:१; १४९:१; यशै. ४२:१० पनि हेर्नुहोस्)