गीत १०१
राज्य सत्यलाई फैलाउने
छापिएको संस्करण
१. के हो साँचो ख्रीष्टियन बन्नु
पैले कहाँ थाहा हुनु।
याहले छरे ज्योति
अनि था’ भो राज्य सत्य।
बुझ्यौं तब या’को इच्छा,
लियौं अनि उनको पक्ष।
सुनाउँछौं कृति या’को
र उच्च पार्छौं पवित्र नाउँ त्यो।
साक्षी दिन्छौं भेटेकालाई
घरघर अनि बाटोमा गई।
समय लगाई बुझाउँदछौं;
मुक्ति दिने शिक्षा दिन्छौं।
फैलाउनलाई याहको नाउँ
गर्छौं प्रयास हामी हरदम।
सकौं काम एक भई गर्न,
याहले ‘पुग्यो’ नभनेसम्म।
(यहो. ९:९; यशै. २४:१५; यूह. ८:१२, ३२ पनि हेर्नुहोस्)