गीत ९९
नयाँ राजाको जय!
छापिएको संस्करण
१. भेला हुँदैछन् ठूलो भीड,
हरेक राष्ट्र र कुलका;
येशू र शेष जन मिलेर
गरे है यिनलाई जम्मा।
याहको राज्य सुरु भो;
धर्तीमा इच्छा पुग्ने भो।
कति बहुमूल्य आशा यो,
सान्त्वना र खुसी दिने।
(कोरस)
भन जय जय,
याह र येशूको;
मोल तिरी छुटाए हामीलाई।
आशा पायौं अब बाँच्ने सधैं,
याहको सेवा गर्दै।
२. प्रशंसा गरौं येशूको
खुसीको स्वर गुञ्जाउँदै।
शान्तिका यी राजकुमारले
दिन्छन् उद्धार हामीलाई।
प्रतीक्षामा छौं त्यो दिनको
जुन हुनेछ डर विनाको
देख्नेछौं मृत जन ब्यूँतेको!
हुनेछ त्यो क्षण खुसीको।
(कोरस)
भन जय जय,
याह र येशूको;
मोल तिरी छुटाए हामीलाई।
आशा पायौं अब बाँच्ने सधैं,
याहको सेवा गर्दै।