प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ११/१ पृ. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ११/१ पृ. १६

बाइबल प्रश्‍नहरूको जवाफ

के येशूले मानिसहरूलाई साँच्चै पुनर्जीवित गर्नुभएको थियो?

येशू लाजरसलाई चिहानबाट बाहिर आऊ भन्‍नुहुन्छ र पुनर्जीवित गर्नुहुन्छ

येशूले चार दिन अघि मृत्यु भएको लाजरसलाई पुनर्जीवित गर्नुभएको थियो

येशूले मरिसकेका मानिसहरूलाई जीवित पार्नुभएको थियो भनेर बाइबलमा स्पष्ट बताइएको छ। यी घटनाहरू काल्पनिक होइनन्‌ किनभने यी घटना भएको वास्तविक ठाउँ र निश्‍चित समय बाइबलमा लेखिएको छ। उदाहरणका लागि, इ.सं. ३१ को गर्मी यामको कुरा हो। मानिसहरूको एउटा ठूलो भीड येशूसितै कफर्नहुमदेखि नाइन सहरसम्म यात्रा गरिरहेको थियो। नाइन सहरमा पुग्दा तिनीहरूले एउटा अर्को भीडलाई भेटे। त्यसपछि त्यहाँ येशूले एक जना युवकलाई पुनर्जीवित गर्नुभयो। हामी यस विवरणमा विश्‍वास गर्न सक्छौं। किनभने यो घटना परमेश्‍वरको वचन बाइबलमा लेखिएको छ र यो थुप्रै मानिसहरूको अगाडि भएको थियो।—लूका ७:११-१५ पढ्‌नुहोस्‌।

मृत्यु भएको चार दिन भइसकेको आफ्नो साथी लाजरसलाई पनि येशूले पुनर्जीवित गर्नुभएको थियो। यो कुरामा हामी विश्‍वास गर्न सक्छौं किनभने यो घटना थुप्रै मानिसले प्रत्यक्ष देखेका थिए।—यूहन्‍ना ११:३९-४५ पढ्‌नुहोस्‌।

येशूले किन मानिसहरूलाई पुनर्जीवित गर्नुभयो?

मानिसहरूप्रति दया जागेको कारण येशूले तिनीहरूलाई पुनर्जीवित गर्नुभएको थियो। साथै जीवनको स्रोत, स्वर्गमा बस्नुहुने उहाँको बुबाले उहाँलाई मृत्युमाथि विजयी हुने शक्‍ति दिनुभएको छ भनेर देखाउन पनि उहाँले मानिसहरूलाई पुनर्जीवित गर्नुभएको थियो।—यूहन्‍ना ५:२१, २८, २९ पढ्‌नुहोस्‌।

येशूले मानिसहरूलाई पुनर्जीवित गर्नुभएको विवरणहरू पढ्‌दा भविष्यको लागि उहाँले गर्नुभएका प्रतिज्ञाहरूमा पूर्ण भरोसा राख्न मदत पाउँछौं। उहाँले थुप्रै मानिसहरूलाई पुनर्जीवित गर्नुहुनेछ, जसमध्ये यहोवा परमेश्‍वरबारे थाहै नपाएकोले उहाँको स्तरअनुसार जीवन नबिताएकाहरू पनि पर्छन्‌। तिनीहरूलाई यहोवा परमेश्‍वरबारे सिक्ने र उहाँलाई माया गर्ने मौका दिइनेछ।—प्रेषित २४:१५ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ७ हेर्नुहोस्‌

www.jw.org /ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने