गीत १२३
गोठालाहरू—वरदानको रूपमा पुरुषहरू
छापिएको संस्करण
१. मदत गर्छन् याह हामीलाई,
प्यारा गोठाला दिई।
नमूनाद्वारा ती गोठाला,
देखाउँछन् सुबाटो।
(कोरस)
दिए याहले असल पुरुष;
वफादार अनि सच्चा।
याहका भेडाको राख्छन् ख्याल;
देखाऔं तिनलाई माया।
२. मनको कुरा बुझ्ने गोठाला,
डोऱ्याउँछन् नम्र भई।
चोट लागेमा गर्छन् निवारण,
बोल्छन् दयालु भई।
(कोरस)
दिए याहले असल पुरुष;
वफादार अनि सच्चा।
याहका भेडाको राख्छन् ख्याल;
देखाऔं तिनलाई माया।
३. दिन्छन् यहोवाको सल्लाह,
नबरालिनलाई।
यहोवाको मार्गमा जिउन;
दिन्छन् मदत सधैं।
(कोरस)
दिए याहले असल पुरुष;
वफादार अनि सच्चा।
याहका भेडाको राख्छन् ख्याल;
देखाऔं तिनलाई माया।
(यशै. ३२:१, २; यर्मि. ३:१५; यूह. २१:१५-१७; प्रेषि. २०:२८ पनि हेर्नुहोस्)