गीत ११
यहोवाको मन खुसी राख्ने
छापिएको संस्करण
१. हे याह शपथ यो लिन्छौं;
सदा बुद्धिमान् हुनेछौं।
इच्छा तिम्रो पूरा गरी;
मन तिम्रो राख्नेछौं खुसी।
२. दास तिम्रो यो धरातलमा;
गाउँदछन् तिम्रो महानता;
भोजन दिन्छन् समयमै,
बल पाई इच्छा गर्छौं तिम्रै।
३. देऊ तिम्रो सक्रिय शक्ति;
बाटो पछ्याउन विश्वासी।
गुनगान गाउँदै सदा तिम्रो;
खुसी राख्नेछौं मन तिम्रो।
(मत्ती २४:४५-४७; लूका ११:१३; २२:४२ पनि हेर्नुहोस्)