गीत ४९
यहोवा हाम्रो शरण
छापिएको संस्करण
(भजन ९१)
१. यहोवा हाम्रो शरण;
ईश्वर भरोसाको।
उनैको छायामुनि;
निवास सदा हाम्रो।
हर परीक्षाहरूबाट;
जोगाउने बलियो हात।
यहोवा हाम्रो किल्ला;
सहारा हुन् ती सोझाका।
२. हजारौं लडे पनि
तिम्रो दायाँ बायाँ,
वफादारहरू माझ;
सुरक्षै सुरक्षा।
किन डराउनु र हामी;
खतराको मुखैमा पनि।
फिंजाई ती पखेटा;
गर्नेछन् जम्मा हामीलाई।
३. पासो छ बाटोभरि;
छ डर र निराशा।
पर्दैन धरमराउनु;
छ या’को सुरक्षा।
न कुनै डर सिंहदेखि;
सर्प हुनेछ पाउमुनि।
यहोवा हाम्रो शरण;
हाम्रो रक्षा गर्छन् सदा।
(भज. ९७:१०; १२१:३, ५; यशै. ५२:१२ पनि हेर्नुहोस्)