गीत ६४
सत्यमै जिउनू
१. सत्यको बाटो छ यो अति नै उत्तम;
तर हिंड्ने जिम्मा तिम्रै हो।
त्यसैले तिमी याहको कुरा सुन।
अङ्गाल है सत्य उनको।
(कोरस)
सत्यमै जिउनू।
विश्वास काममा झल्काउनू।
सत्यमा चल्दा
मन हुन्छ खुसी;
यही नै या’को देन हो।
२. याह र उनको राज्यको लागि तिम्ले
खर्चेको हर पल र हर कोशिश
जाँदैन खेर, जीवन पाउँछौ सदालाई;
पाउनेछौं प्रशस्तै आशिष्।
(कोरस)
सत्यमै जिउनू।
विश्वास काममा झल्काउनू।
सत्यमा चल्दा
मन हुन्छ खुसी;
यही नै या’को देन हो।
३. याहका हामी साना केटाकेटीझैं;
चाहिन्छ है उनको डोऱ्याइ।
हिंडौं त्यसैले प्यारो बुबा सँगसँगै;
र पाउनू आशिष् प्रशस्तै!
(कोरस)
सत्यमै जिउनू।
विश्वास काममा झल्काउनू।
सत्यमा चल्दा
मन हुन्छ खुसी;
यही नै या’को देन हो।
(भज. २६:३; हितो. ८:३५; १५:३१; यूह. ८:३१, ३२ पनि हेर्नुहोस्)