गीत ११४
परमेश्वरको किताब—एउटा अमूल्य धन
१. छ एउटा किताब जसले दिन्छ सबलाई
उज्ज्वल आशा, आनन्द र शान्ति।
शब्द यसको साह्रै नै सशक्त छ;
ब्यूँताउँछ “मृत”, फर्काउँछ “दृष्टि”।
अमूल्य यो किताब हो हाम्रो बाइबल।
प्रेरणामा लेखियो याहको।
चमत्कार हो यो पवित्र शक्तिको।
लेखाई हो या’लाई माया गर्नेको।
२. ‘बन्यो सब थोक याहको शक्तिले नै;
धर्ती, गगन बनाए उनैले।
त्रुटिपूर्ण थिएन मानिस पैले;
दियो चुनौती घमन्डी दूतले;
अनि गुम्यो सुन्दर प्रमोदवन पनि!
आयो पछि पाप र दुःखकष्ट;
तर हुनेछ या’को जित चाँडै नै।’
लेखिएका छन् यी सब बाइबलमा।
३. बेला हो आज अपार आनन्दको;
सुरु भइसक्यो शासन येशूको।
दिन्छन् या’ले उद्धार ऐले ती जनलाई
जसले पूरा गर्छ इच्छा उनको।
यस्तो सुसमाचार छ यो किताबमा;
साँचो ज्ञानको पवित्र भण्डार यो।
दिन्छ शान्ति मानव सोचभन्दा उत्तम;
पढ्नैपर्ने किताब सबैले यो।
(२ तिमो. ३:१६; २ पत्रु. १:२१ पनि हेर्नुहोस्)