गीत १३३
छुटकारा पाउन यहोवालाई खोज्नुहोस्
छापिएको संस्करण
१. येशूको विरुद्ध खडा छन्
सबै राष्ट्र।
ढल्ने भयो शासन तिनको;
सकियो दिन तोकेको।
या’को राज्य आयो;
सकियो मानव शासन।
नाश गर्नेछन् चाँडै
येशूले सारा मानव शत्रुलाई।
(कोरस)
खोज या’लाई, उद्धार पाउन।
भर पर उनमै नडराई।
असल काम गर,
वफादार बन,
लेऊ अडान उनकै पक्षमा।
गर्छन् उद्धार तब उनले,
बाँच्नेछौ तिमी।
२. मौका छ सबैलाई
छनौट आफैले गर्ने;
यो सुसमाचार सुन्ने
या नकार्ने सेखी गर्दै।
घेर्छ चुनौतीले,
तर जित्दैन डरले।
जोगाउँछन् या’ले वफादारलाई,
बिन्ती सुन्नेछन् उनले।
(कोरस)
खोज या’लाई, उद्धार पाउन।
भर पर उनमै नडराई।
असल काम गर,
वफादार बन,
लेऊ अडान उनकै पक्षमा।
गर्छन् उद्धार तब उनले,
बाँच्नेछौ तिमी।
(१ शमू. २:९; भज. २:२, ३, ९; हितो. २:८; मत्ती ६:३३ पनि हेर्नुहोस्)