गीत ५२
हृदय सुरक्षित राख्नुहोस्
छापिएको संस्करण
१. बचाऊ हृदय र पाऊ जीवन;
त्याग पापको बाटो।
याह पढ्छन् हृदय,
अनि चिन्छन् भित्री मन त्यो।
दुख्छ हृदय कैलेकाहीं;
सक्छ तर्किन यो।
सुबाटोमा लग यसलाई;
समाऊ हात याहको।
२. खोज या’लाई तत्पर मनले;
व्यग्र बिन्ती गरी।
गाऊ सदा गीत महिमाको;
बिसाऊ मनको भारी।
या’ले सिका’को हर कुरा;
गर्नुछ पालना।
बनाऊ है हृदय वफादार;
हुन्छन् खुसी पिता।
३. नलेऊ कुविचार हृदयमा;
रमाऊ सत्यमा नै।
मनमा गुन या’को वचन;
बलियो हुनलाई।
प्यारा छन् या’लाई भक्त जन;
ढुक्क छौं यसैमा।
सारा मनले गर सेवा;
मित्र बनी या’का।
(भज. ३४:१; फिलि. ४:८; १ पत्रु. ३:४ पनि हेर्नुहोस्)