गीत ११२
महान् परमेश्वर यहोवा
छापिएको संस्करण
१. महान् यहोवा योग्य छौ तिमी
पाउन हाम्रो प्रशंसा;
छौ है न्यायी र भला।
न्याय आसनमा विराजमान हुने,
प्रभु तिमी नै सदा।
२. क्षमा दिन्छौ र कृपा देखाउँछौ;
दया गर्नेहरूलाई
देखाउँछौ दया सधैं।
अटल न्याय र करुणा देख्छौं,
कार्यमा तिम्रो सबै।
३. गरून् प्रशंसा मानिस र दूतले
पवित्र होस् नाम तिम्रो;
मेटियोस् कलङ्क त्यो।
आओस् त्यो राज्य पृथीवीमा नि,
स्वर्गमाझैं लौ छिटो।
(व्यव. ३२:४; हितो. १६:१२; मत्ती ६:१०; प्रका. ४:११ पनि हेर्नुहोस्)