गीत ३२
स्थिर र अटल बस!
छापिएको संस्करण
१. राष्ट्रहरू छ दुःखको मारमा।
मान्छेहरू भविष्यको डरमा।
अटल र दह्रो हुनु जरुरी,
सेवामा भई विश्वासी।
(कोरस)
अटल हुनु जरुरी;
अलग यो संसारदेखि,
सत्य स्वीकार गरी र निष्ठा नतोडी।
२. पासो छ संसारमा जताततै।
जित्न सक्छौं असल सोच भएमै।
या’को सत्यलाई पक्री राखेमा,
गर्नेछन् उनले रक्षा।
(कोरस)
अटल हुनु जरुरी;
अलग यो संसारदेखि,
सत्य स्वीकार गरी र निष्ठा नतोडी।
३. याह प्रभुलाई मनबाटै पुज्नू।
उनको सेवामा सरिक भइर’नू।
सुसमाचार सुनाऊ, सुनाऊ सधैं।
बित्छ अन्तिम दिन चाँडै।
(कोरस)
अटल हुनु जरुरी;
अलग यो संसारदेखि,
सत्य स्वीकार गरी र निष्ठा नतोडी।
(लूका २१:९; १ पत्रु. ४:७ पनि हेर्नुहोस्)