प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ४ पृ. १३
  • हिब्रू भाषाको एउटा सानो अक्षरले दिएको ठूलो आश्‍वासन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिब्रू भाषाको एउटा सानो अक्षरले दिएको ठूलो आश्‍वासन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ४ पृ. १३
टेट्राग्रामटनको एउटा सानो अक्षर रातो रङ्‌गमाको एउटा सानो अक्षर रातो रङ्‌गमा

टेट्राग्रामटन, चार हिब्रू अक्षरमा पवित्र परमेश्‍वर यहोवा-को नाम, यो दायाँ देखि बायाँ पढिन्छ

हिब्रू भाषाको एउटा सानो अक्षरले दिएको ठूलो आश्‍वासन

परमेश्‍वरको सबै प्रतिज्ञा पूरा हुन्छ भनेर के हामी भरोसा गर्न सक्छौं? येशू यो कुरामा भरोसा गर्नुहुन्थ्यो अनि उहाँले आफ्नो शिक्षा सुन्‍नेहरूलाई पनि यो कुरामा विश्‍वस्त पार्नुभयो। उदाहरणको लागि: उहाँले डाँडामा दिनुभएको भाषणमा बताउनुभएको एउटा दृष्टान्त विचार गरौं। मत्ती ५:१८ मा यस्तो लेखिएको छ: “किनकि म तिमीहरूलाई साँच्चै भन्छु बरु आकाश र पृथ्वी बितेर जाला तर यी सबै कुरा पूरा नभएसम्म व्यवस्थाको सबैभन्दा सानो अक्षर वा त्यसको बिन्दु पनि मेटिनेछैन।”

हिब्रू भाषाको सबैभन्दा सानो अक्षर י (योद) हो। यो टेट्राग्रामटनमा अर्थात्‌ चार हिब्रू अक्षरमा लेखिएको यहोवा परमेश्‍वरको पवित्र नामको सुरुको अक्षर हो।a शास्त्री र फरिसीहरूले परमेश्‍वरको व्यवस्थाका शब्द र अक्षर मात्र नभई ‘अक्षरको बिन्दु’-लाई समेत विशेष महत्त्व दिन्थे।

येशूले आकाश र पृथ्वी बितेर जाला तर व्यवस्थाको सबैभन्दा सानो कुरा पनि अपूरो हुने छैन भन्‍नुभयो। तर आकाश र पृथ्वी सधैंभरि रहिरहन्छ भनेर बाइबलले हामीलाई आश्‍वासन दिन्छ। (भजन ७८:६९) त्यसैले येशूले यी जोडदार शब्दहरूद्वारा व्यवस्थाको सानो भन्दा सानो कुरा पनि पक्कै पूरा हुन्छ भन्दै हुनुहुन्थ्यो।

के यहोवा परमेश्‍वरलाई सानो कुरामा पनि चासो छ? अवश्‍य छ। एउटा उदाहरण विचार गर्नुहोस्‌: पुरातन इस्राएलीहरूलाई निस्तार-चाडको थुमाको कुनै पनि हाड नभाँच्न आज्ञा दिइएको थियो। (प्रस्थान १२:४६) साँच्चै सानो जानकारी जस्तो देखिन्छ। त्यसोभए के उनीहरूले यो आज्ञा दिनुको कारण बुझेका थिए? सायद थिएनन्‌। यो कुराले भविष्यमा कस्तो अर्थ राख्छ भनेर यहोवा परमेश्‍वरलाई थाह थियो। मसीहलाई यातनाको खम्बामा मृत्युदण्ड दिइने बेला उहाँको कुनै पनि हाड भाँचिने थिएन।—भजन ३४:२०; यूहन्‍ना १९:३१-३३, ३६.

येशूका शब्दहरूबाट हामी के सिक्न सक्छौं? हामी पनि यहोवा परमेश्‍वरका सबै प्रतिज्ञाहरू, यहाँसम्म कि सानो भन्दा सानो प्रतिज्ञा पनि पूरा हुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौं। साँच्चै, हिब्रू भाषाको एउटा सानो अक्षरले हामीलाई कति ठूलो कुरा बुझ्न मदत गर्दो रहेछ!

a ग्रीक भाषाको सबैभन्दा सानो अक्षर आयोटा र हिब्रू भाषाको י (योद) उस्ता-उस्तै देखिन्छ। तर सुरुमा व्यवस्था हिब्रू भाषामा लेखिएको थियो त्यसैले येशूले ती कुरा भन्‍नुहुँदा हिब्रू अक्षर י (योद)-को बारेमा बताउनुभएको हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने