प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • rq पाठ ८ पृ. १६-१७
  • परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन
  • परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परिवार आनन्दित बनाउन चाहिने बुद्धि
    ब्यूँझनुहोस्‌!—२०२१
  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
rq पाठ ८ पृ. १६-१७

पाठ ८

परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन

परिवारमा पतिको स्थान के हो? (१)

पतिले पत्नीसित कस्तो व्यवहार गर्नुपर्छ? (२)

पिताका जिम्मेवारी के के हुन्‌? (३)

परिवारमा पत्नीले निर्वाह गर्नुपर्ने भूमिका के हो? (४)

आमाबाबु तथा छोराछोरीले के गरेको परमेश्‍वर चाहनुहुन्छ? (५)

पतिपत्नी अलग बस्ने वा पारपाचुकेबारे बाइबलको कस्तो दृष्टिकोण छ? (६, ७)

१. पति परिवारको शिर हो भनेर बाइबलले बताउँछ। (१ कोरिन्थी ११:३) पतिको एउटै मात्र पत्नी हुनुपर्छ। अनि तिनीहरूले कानुनअनुसार विवाह गरेको हुनुपर्छ।—१ तिमोथी ३:२; तितस ३:१.

२. पतिले पत्नीलाई आफू जत्तिकै माया गर्नैपर्छ। येशूले आफ्ना अनुयायीहरूसित जस्तो व्यवहार गर्नुभयो, पतिले पनि पत्नीसित त्यस्तै व्यवहार गर्नुपर्छ। (एफिसी ५:२५, २८, २९) पत्नीलाई कहिल्यै कुट्‌नु वा कुनै तरिकामा दुर्व्यवहार गर्नु हुँदैन। बरु, तिनको सम्मान र आदर गर्नुपर्छ।—कलस्सी ३:१९; १ पत्रुस ३:७.

३. आफ्नो परिवारको रेखदेख गर्न पिताले कडा मेहनत गर्नुपर्छ। उनले आफ्नी पत्नी तथा छोराछोरीका लागि भोजन, वस्त्र र घरको प्रबन्ध गर्नैपर्छ। पिताले परिवारको आध्यात्मिक आवश्‍यकताहरू पनि पूरा गर्नुपर्छ। (१ तिमोथी ५:८) परिवारका सबैलाई परमेश्‍वर र उहाँको उद्देश्‍यबारे सिक्ने मदत दिन उनले परिवारमा नेतृत्व लिनुपर्छ।—व्यवस्था ६:४-९; एफिसी ६:४.

४. पत्नी, पतिको असल सहयोगी हुनुपर्छ। (उत्पत्ति २:१८) आफ्ना छोराछोरीहरूलाई सिकाउने र प्रशिक्षण दिने सम्बन्धमा तिनले पतिलाई मदत गर्नुपर्छ। (हितोपदेश १:८) पत्नीले आफ्नो परिवारलाई मायालु व्यवहार गरेको यहोवा चाहनुहुन्छ। (हितोपदेश ३१:१०, १५, २६, २७; तितस २:४, ५) आफ्नो पतितर्फ तिनको गहिरो आदर हुनुपर्छ।—एफिसी ५:२२, २३, ३३.

५. केटाकेटीहरूले आफ्ना आमाबाबुको आज्ञा मानेको परमेश्‍वर चाहनुहुन्छ। (एफिसी ६:१-३) अनि आमाबाबुले चाहिं आफ्ना छोराछोरीलाई सिकाओस्‌ र सुधारोस्‌ भन्‍ने आशा गर्नुहुन्छ। आमाबाबुहरूले आफ्ना छोराछोरीसित समय बिताउनु अनि तिनीहरूसित बाइबल अध्ययन गर्नुका साथै तिनीहरूको आध्यात्मिक तथा भावनात्मक आवश्‍यकताहरू पूरा गर्नुपर्छ। (व्यवस्था ११:१८, १९; हितोपदेश २२:६, १५) आफ्ना छोराछोरीलाई कहिल्यै कठोर वा क्रूर अनुशासन दिनु हुँदैन।—कलस्सी ३:२१.

६. आपसमा मिल्न नसक्दा पतिपत्नीले बाइबलको सल्लाह लागू गर्ने कोसिस गर्नुपर्छ। बाइबलले हामीलाई प्रेम तथा क्षमा देखाउन आग्रह गर्छ। (कलस्सी ३:१२-१४) परमेश्‍वरको वचनले सानोतिनो समस्या उत्पन्‍न हुने बित्तिकै एकअर्कादेखि छुट्टिएर बस्न प्रोत्साहित गर्दैन। तर (१) पतिले परिवार पाल्न पटक्कै नमान्दा, (२) पत्नीको स्वास्थ्य र जीवन नै खतरामा पर्ने गरी मारपिट गरेमा वा (३) पतिको अचाक्ली विरोधले गर्दा यहोवाको उपासना गर्न असम्भव भएमा पत्नीले आफ्नो पतिलाई त्याग्ने विचार गर्नसक्छिन्‌।—१ कोरिन्थी ७:१२, १३.

७. पतिपत्नी आपसमा वफादार हुनुपर्छ। व्यभिचार गर्नु परमेश्‍वर अनि आफ्नो जीवनसाथीको विरुद्ध पाप हो। (हिब्रू १३:४) पारपाचुके गरेर अर्कोसित विवाह गर्न पाउने एउटै मात्र धर्मशास्त्रीय आधार, वैवाहिक सम्बन्धबाहिर राखिने यौन सम्पर्क हो। (मत्ती १९:६-९; रोमी ७:२, ३) धर्मशास्त्रीय कारणबिना पारपाचुके गरेर अर्कोसित विवाह गर्ने व्यक्‍तिलाई यहोवाले घृणा गर्नुहुन्छ।—मलाकी २:१४-१६.

[पृष्ठ १६, १७-मा भएको चित्र]

आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाओस्‌ र सुधारोस्‌ भन्‍ने आशा यहोवा गर्नुहुन्छ

[पृष्ठ १७-मा भएको चित्र]

मायालु पिताले आफ्नो परिवारको भौतिक तथा आध्यात्मिक आवश्‍यकता पूरा गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने