प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 डिसेम्बर पृ. ८
  • नास्तिकसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नास्तिकसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • अनुभवहरू
    हाम्रो राज्य सेवा—२०१३
  • बाइबलले सिकाउँछ किताबबाट अध्ययन गर्न तयार नभएकाहरूलाई मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • केटाकेटी हो, आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • प्रचारकको भूमिका पूरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
हाम्रो राज्य सेवकाई—१९९९
km99 डिसेम्बर पृ. ८

नास्तिकसँग तपाईं कसरी कुरा गर्नुहुन्छ?

१ अफ्रिकामा एउटी मिसनरीलाई पोल्याण्डकी प्राध्यापकले यसो भनिन्‌, “म नास्तिक हुँ।” तर, उक्‍त बहिनीले त्यस महिलासित छलफल गर्न सकिन्‌ र तिनलाई जीवन—कसरी सुरु भयो? विकासवादबाट वा सृष्टिबाट? भन्‍ने पुस्तक दिइन्‌। मिसनरी बहिनी अर्को हप्ता त्यहाँ फेरि जाँदा त्यस प्राध्यापकले यसो भनिन्‌: “अब म नास्तिक होइन!” तिनले सृष्टि पुस्तक सुरुदेखि अन्तसम्मै पढिन्‌ र बाइबल अध्ययन गर्न अग्रसर भइन्‌। परमेश्‍वरमा विश्‍वास गर्दिनँ भन्‍नेहरूलाई साक्षी दिन तपाईं के गर्न सक्नुहुन्छ? प्रथमतः मानिसहरूले यसरी दाबी गर्नुका विभिन्‍न कारण विचार गर्नुहोस्‌।

२ विश्‍वास नगर्नुका कारणहरू: जन्मजात कोही पनि नास्तिक हुँदैन। थुप्रैलाई कुनै न कुनै प्रकारको धर्मबारे थाह थियो र तिनीहरूले कुनै समयमा परमेश्‍वरलाई विश्‍वास पनि गरेका थिए। तथापि, गम्भीर स्वास्थ्य समस्या अथवा पारिवारिक समस्या वा आफूले भोगेको अन्यायले गर्दा तिनीहरूको विश्‍वास कमजोर भयो। कोहीचाहिं उच्च शिक्षा हासिल गर्ने सिलसिलामा सिकाइएका विषयहरूले गर्दा परमेश्‍वरप्रति नकारात्मक धारणा राख्ने भए। पछि गएर यहोवा परमेश्‍वरमा दृढ विश्‍वास राख्ने र उहाँको साक्षी हुने नास्तिकहरूको निम्न उदाहरणहरू हेर्नुहोस्‌।

३ पेरिसकी एउटी महिलालाई जन्मेदेखि नै हाडको भयानक रोग लागेको थियो। क्याथोलिकको हैसियतमा बप्तिस्मा लिए तापनि आफूलाई नास्तिक भन्थिन्‌। यस्तो अशक्‍त भएर परमेश्‍वरले किन मलाई जन्मन दिनुभएको भनेर तिनले ननहरूलाई सोधिन्‌। तिनीहरूले यस्तो जवाफ दिए: “किनभने परमेश्‍वरले तपाईंलाई माया गर्नुहुन्छ।” यस्तो अर्थहीन कुरा स्वीकार्न तिनी तयार थिइनन्‌। त्यसै गरी फिनल्याण्डका एक जवान व्यक्‍तिलाई उपचारै गर्न नसकिने मांसपेशीको रोग लागेको निदान गरियो र ह्वीलचेरमा बस्न बाध्य भए। तिनकी आमाले तिनलाई बिरामीहरू निको पार्नसक्ने दाबी गर्ने पेन्तिकोस्टलकहाँ लगिन्‌। तर कुनै चमत्कारपूर्ण ढंगमा तिनको रोग निको भएन। यसकारण, त्यस जवान व्यक्‍तिलाई परमेश्‍वरप्रति चासो लाग्न छोड्यो र तिनी नास्तिक भए।

४ होण्डुरसका एक जना मानिस क्याथोलिक धर्ममा हुर्केका थिए। तर तिनले समाजवादी दर्शनशास्त्र र नास्तिकवाद विषय लिएर पढे। मानिसको उत्पत्ति विकासवादबाट भयो भनी विश्‍वविद्यालयमा सिकेको कुरामा विश्‍वस्त भएर तिनले परमेश्‍वरमा विश्‍वास गर्न छाडे। त्यस्तै गरी संयुक्‍त राज्यकी एउटी महिला मेथोडिस्ट धर्ममा हुर्केकी थिइन्‌। तिनले कलेजमा मनोविज्ञान विषय लिएर पढिन्‌। तिनको विश्‍वासमा कस्तो असर पऱ्‍यो? तिनी भन्छिन्‌: “कलेजको पढाइको थोरै समय भित्रै मलाई धर्ममाथि पटक्कै विश्‍वास लाग्न छोड्यो।”

५ सोझो हृदय भएकाहरूको हृदय छुने: परमेश्‍वरमा विश्‍वास गर्दिनँ भन्‍ने थुप्रै मानिसहरूले स्वास्थ्य समस्या, पारिवारिक बेमेल, अन्याय र अन्य समस्याहरूको समाधान छ भनेर थाह पाउँदा खुसी हुन्छन्‌। यस्ता प्रश्‍नहरूको जवाफ पाउन तिनीहरू साँच्चै इच्छुक छन्‌: ‘दुष्टता रहिरहनुको कारण के हो?’ ‘असल मानिसहरूले किन नराम्रो कुरा भोग्नुपरेको?’ अनि ‘जीवनको अर्थ के हो?’

६ स्वीट्‌जरल्याण्डमा बस्ने पतिपत्नी दुवै, नास्तिक भएर हुर्केका थिए। तिनीहरूले पहिलो चोटि सच्चाइ सुन्दा पटक्कै चासो देखाएनन्‌। तर तिनीहरूको परिवारमा गम्भीर समस्या भएकोले पारपाचुके गर्ने विचार गरिरहेका थिए। यो साक्षी बहिनीले तिनीहरूसित अर्को चोटि भेट्‌दा तिनीहरूको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर देखाइन्‌। धर्मशास्त्रको व्यावहारिक सुझाव देखेर त्यो दम्पती छक्क पऱ्‍यो अनि बाइबल अध्ययन गर्न तयार भयो। तिनीहरूको विवाह बन्धन अझ बलियो भयो, तिनीहरूले आध्यात्मिकतामा प्रगति गरे अनि बप्तिस्मा लिए।

७ तपाईं नास्तिकलाई के भन्‍न सक्नुहुन्छ: कसैले म नास्तिक हुँ भन्यो भने तिनले त्यसो भन्‍नुको कारण बुझ्ने कोसिस गर्नुहोस्‌। तिनले पाएको शिक्षाले गर्दा त्यसो भएको हो कि वा तिनले भोगेका समस्याहरूले गर्दा पो हो कि वा धर्ममा कपट तथा झूटा शिक्षाहरू देखेर हो? तिनलाई यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ: “के तपाईं पहिल्यैदेखि यस्तो सोचाइ राख्नुहुन्थ्यो?” अथवा “तपाईंले यस्तो धारणा राख्नुको कारण के हो?” जवाफ पाएपछि, कुरा अघि बढाउन मदत पाउन सक्नुहुन्छ। सशक्‍त तर्कको खाँचो छ भने के तपाईंको चासो राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ? पुस्तक एकदमै उपयुक्‍त हुनसक्छ।

८ नास्तिकसँग कुरा थाल्न तपाईं यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ:

▪ “के तपाईंले कहिल्यै सोच्नुभएको छ: ‘परमेश्‍वर हुनुहुन्छ भने संसारमा यति बिघ्न दुःखकष्ट र अन्याय किन भइरहेको छ?’ [जवाफ दिने मौका दिनुहोस्‌।] यस विषयमा बाइबलको कस्तो दृष्टिकोण छ, तपाईंलाई देखाऊँ?” यर्मिया १०:२३ पढ्‌नुहोस्‌। पढ्‌नुभएपछि यो पदबारे तिनको विचार सोध्नुहोस्‌। त्यसपछि तिनलाई के युद्धरहित संसार सम्भव छ? पुस्तिकाको पृष्ठ १६ र १७ देखाउनुहोस्‌। अथवा सृष्टि पुस्तकको अध्याय १० चलाउन सक्नुहुन्छ। तिनलाई प्रकाशन राखेर पढ्‌न आग्रह गर्नुहोस्‌।—थप सुझावको लागि तर्क पुस्तकको पृष्ठ १५०-१ हेर्नुहोस्‌।

९ हुन त हो, सबै नास्तिकहरूले सत्य स्वीकार्नेछैनन्‌। तर अरूको धारणा बुझ्न चाहने थुप्रै मानिसहरू पनि छन्‌। तर्क प्रयोग गर्नुहोस्‌ र मनाउनुहोस्‌ तर सबैभन्दा मुख्य कुरा, परमेश्‍वरको वचनको शक्‍ति प्रयोग गरेर तिनीहरूलाई सत्य सिक्न मदत गर्नुहोस्‌।—प्रेरि. २८:२३, २४; हिब्रू ४:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने