प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जून पृ. १
  • “तिमीहरूको परिश्रम . . . व्यर्थ हुँदैन”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूको परिश्रम . . . व्यर्थ हुँदैन”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • के यसले प्रचार गर्न बाधा पुऱ्‍याउँछ?
    हाम्रो राज्य सेवकाई—२००१
  • हामी सबैले किन परमेश्‍वरको प्रशंसा गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
हाम्रो राज्य सेवकाई—२०००
km00 जून पृ. १

“तिमीहरूको परिश्रम . . . व्यर्थ हुँदैन”

१ कस्तो प्रोत्साहनदायी विचार! यहोवाको सेवामा तपाईंले गर्नुभएको परिश्रम व्यर्थ हुँदैन। (१ कोरि. १५:५८) यसको ठीक विपरीत मानिसहरूले आफ्नो जीवनस्तर अथवा आर्थिकस्थिति सुधार्न धेरै समयसम्म गरेको कठिन परिश्रमलाई विचार गर्नुहोस्‌। तिनीहरू उच्च शिक्षा हासिल गर्न वर्षौं प्रयास गर्लान्‌ अथवा भौतिक सम्पत्ति कमाउन मरिमेट्‌लान्‌। तथापि, “समय र अवसरले” गर्दा तिनीहरूले निकै परिश्रम गरेर पाउन खोजेको प्रतिष्ठा पाउन सक्दैनन्‌ अथवा आफूले चाहेभन्दा थोरै धनसम्पत्तिमै सन्तुष्ट हुन तिनीहरू बाध्य हुनसक्छन्‌। तिनीहरूको परिश्रम “बतासलाई खेदेको जस्तो मात्र” भएको छ। (उप. १:१४; ९:११) उसोभए, सधैंभरि टिक्ने अनि कहिल्यै व्यर्थ नजाने एक मात्र काममा व्यस्त हुनु कत्ति महत्त्वपूर्ण कुरा हो!

२ एक मात्र हत्त्वपूर्ण काम: परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु पृथ्वीको सबैभन्दा महत्त्वपूर्ण काम हो। चाहे मानिसहरूले सुनून्‌ वा नसुनून्‌ यो काम गर्नैपर्छ। हामी पावलले जस्तै यसो भन्‍न चाहन्छौं: “म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु। किनभने परमेश्‍वरको सबै सल्लाह तपाईंहरूलाई बताउनालाई म पछि हटिनँ।”—प्रेरि. २०:२६, २७.

३ मानिसहरूले राज्यको सन्देश स्वीकार्दा साह्रै आनन्द लाग्छ! एउटी युवतीले आफ्नी सानीआमाको मृत्युको पीडा खप्नुपऱ्‍यो। तिनकी सानीआमा कहाँ गइन्‌, स्वर्गमा कि नरकमा भनेर तिनी विचलित हुन थालिन्‌। तिनकी दिदीले सिकाएअनुसार तिनले यहोवा नाउँ प्रयोग गरेर मदतको निम्ति परमेश्‍वरलाई प्रार्थना गरिन्‌। चाँडै तिनले बाइबल अध्ययन गरेर मसीही सभाहरूमा उपस्थित हुन थालिन्‌। तिनले जीवनलाई पूर्णतया नयाँ दृष्टिकोणले हेर्न सिकिन्‌ र गुन्डाहरूसितको संगत पनि छाडिन्‌। यस युवतीले धूम्रपान, लागू पदार्थको सेवन र चोरी गर्न छाडिन्‌। तिनी यो कुरा स्वीकार्दै भन्छिन्‌: “यहोवाप्रतिको प्रेमले गर्दा मात्रै मैले आफ्नो कुलत छोड्‌न सकें। यहोवाको असीम कृपाले गर्दा उहाँले मलाई अनन्त जीवनको आशा दिन सक्नुभयो।” तिनले अहिले आफ्नो जीवन व्यर्थ कुराहरू हासिल गर्न प्रयोग गरिरहेकी छैनन्‌।

४ मानिसहरूले हाम्रो कुरा सुन्‍न इन्कार गरे तापनि तपाईंले अझै बहुमूल्य काम पूरा गरिरहनुभएको हुनेछ। तिनीहरूकहाँ यहोवाका साक्षीहरू आएका थिए भनेर तिनीहरूलाई थाह हुन्छ। यसो गर्दा तपाईंको आफ्नै वफादारी, विश्‍वासीलोपन तथा प्रेम पक्का हुन्छ। त्यसैले, के प्रभुको काममा हाम्रो परिश्रम व्यर्थ हुन्छ त? अहँ, कहिल्यै हुँदैन!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने