प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr अध्या. ४८ पृ. २५०-२५६
  • परमेश्‍वरको शान्तिमय नयाँ संसार​—⁠तिमी त्यहाँ बाँच्न सक्छौ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको शान्तिमय नयाँ संसार​—⁠तिमी त्यहाँ बाँच्न सक्छौ
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • अनन्त जीवन एउटा सपना मात्र होइन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • तपाईँ कसरी सधैँभरि बाँच्न सक्नुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • शान्तिमय नयाँ संसारमा जीवन
    शान्तिमय नयाँ संसारमा जीवन
  • नयाँ संसार नजिकै छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr अध्या. ४८ पृ. २५०-२५६

अध्याय ४८

परमेश्‍वरको शान्तिमय नयाँ संसार—तिमी त्यहाँ बाँच्न सक्छौ

परमेश्‍वरले आदम र हव्वालाई अदनको बगैंचामा राख्नुभयो। तिनीहरू अनाज्ञाकारी भएकोले मरे। तैपनि परमेश्‍वरले तिनीहरूका सन्तानलाई प्रमोदवनमा सधैंभरि बाँच्न सम्भव तुल्याउनुभएको छ। हामी पनि तिनीहरूकै सन्तान हौं। बाइबलले यस्तो प्रतिज्ञा गरेको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

बाइबलले “नयाँ आकाश” र “नयाँ पृथ्वी”-बारे बताउँछ। (यशैया ६५:१७; २ पत्रुस ३:१३) आजको “आकाश” मानव सरकारहरू मिलेर बनेको छ भने “नयाँ आकाश”-चाहिं येशू ख्रीष्ट र उहाँसित स्वर्गमा राज्य गर्नेहरू मिलेर बन्‍नेछ। नयाँ आकाश अर्थात्‌ शान्ति ल्याउने परमेश्‍वरको स्तरबमोजिमको असल सरकारले पूरै पृथ्वीमाथि शासन गर्दा कत्ति रमाइलो हुनेछ!

त्यसो भए, “नयाँ पृथ्वी” भनेको के हो?—नयाँ पृथ्वी यहोवालाई प्रेम गर्ने असल मानिसहरू मिलेर बनेको हुनेछ। तिमीले के कुरा बुझ्नुपर्छ भने बाइबलले “पृथ्वी”-बारे बताउँदा त्यसले कहिलेकाहीं जमिनलाई नै नभई त्यसमा बस्ने मानिसहरूलाई बुझाउँछ। (उत्पत्ति ११:१; भजन ६६:४; ९६:१) त्यसैले नयाँ पृथ्वीको भाग हुने मानिसहरू यसै पृथ्वीमा बस्नेछन्‌।

त्यतिबेला दुष्ट मानिसहरूको अहिलेको संसार रहनेछैन। नूहको समयमा जलप्रलयको कारण मानिसहरूको दुष्ट संसार नाश भयो भनी सम्झ त! अनि हामीले सिकेझैं अहिलेको दुष्ट संसार आरमागेडोनमा नाश हुनेछ। आरमागेडोनपछि परमेश्‍वरको नयाँ संसारमा बस्दा अवस्था कस्तो हुनेछ, अब बुझौं है!

के तिमी परमेश्‍वरको शान्तिमय नयाँ संसारको प्रमोदवनमा सधैंभरि बाँच्न चाहन्छौ?—कुनै पनि डाक्टरले हामीलाई सधैंभरि बाँच्ने बनाउन सक्दैन। कुनै पनि औषधीले हामीलाई मृत्युबाट जोगाउन सक्दैन। हामी सधैंभरि बाँच्न सक्ने एक मात्र तरिका परमेश्‍वरको नजिक हुनु हो। हामी कसरी उहाँको नजिक हुन सक्छौं, महान्‌ शिक्षक बताउनुहुन्छ।

अब हामी बाइबल पल्टाऔं र यूहन्‍ना अध्याय १७ को पद ३ पढौं। यहाँ महान्‌ शिक्षकका यी शब्द छन्‌: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।”

सधैंभरि बाँच्न हामीले के गर्नुपर्छ भनी येशूले भन्‍नुभयो?—पहिला हामीले स्वर्गमा बस्नुहुने हाम्रा बुबा यहोवाको अनि हाम्रो निम्ति आफ्नो ज्यान दिनुहुने उहाँको छोराबारे ज्ञान लिनै पर्छ। त्यसको मतलब हामीले बाइबल अध्ययन गर्नुपर्छ। महान्‌ शिक्षकबाट सिकौं भन्‍ने यो किताबले हामीलाई त्यसो गर्न मदत गरिरहेको छ।

तर यहोवाबारे सिकेर हामी कसरी सधैंभरि बाँच्ने मदत पाउन सक्छौं?—जसरी हामीलाई दिनहुँ खानेकुरा चाहिन्छ, त्यसरी नै यहोवाबारे हामीले दिनहुँ सिक्नुपर्छ। बाइबल भन्छ: “मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।”—मत्ती ४:४.

हामीले येशू ख्रीष्टबारे पनि ज्ञान लिनै पर्छ किनभने हाम्रो पाप हटाउन परमेश्‍वरले आफ्नै छोरालाई पठाउनुभयो। बाइबल भन्छ: “उहाँबाहेक अरू कसैद्वारा उद्धार हुन सक्दैन।” अनि बाइबल यसो पनि भन्छ: “जसले छोरामाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।” (प्रेषित ४:१२; यूहन्‍ना ३:३६) त्यसो भए येशूमा ‘विश्‍वास गर्नुको’ अर्थ के हो?—त्यसको अर्थ हामी येशूमा साँच्चै विश्‍वास गर्छौं भन्‍ने हो। साथै उहाँविना हामी सधैंभरि बाँच्न सक्दैनौं भनेर बुझ्नु पनि हो। के हामी यो कुरामा विश्‍वास गर्छौं?—गर्छौं भने महान्‌ शिक्षकबारे हामी दिनहुँ सिक्नेछौं र उहाँले भन्‍नुभएबमोजिम गर्नेछौं।

महान्‌ शिक्षकबाट सिक्ने एउटा राम्रो तरिका यो किताब दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढ्‌नु र यसमा भएका चित्रहरू हेरेर त्यसबारे सोच्नु हो। चित्रसँगै दिइएका प्रश्‍नहरूको जवाफ दिन सक्छौ कि, हेर त! तिमीले यो किताब आमा वा बुबासित पनि पढ्‌न सक्छौ। उहाँहरू हुनुहुन्‍न भने अरू ठूला मानिसहरू र साथीहरूसित मिलेर पढ्‌न सक्छौ। परमेश्‍वरको नयाँ संसारमा सधैंभरि बाँच्न हामीले के गर्नुपर्छ भनेर अरूलाई महान्‌ शिक्षकबाट सिक्न मदत गर्न सक्नु के राम्रो कुरा होइन र?—

बाइबल हामीलाई बताउँछ: “संसार बितेर जाँदैछ।” तर त्यसपछि परमेश्‍वरको नयाँ संसारमा हामी कसरी बाँच्न सक्छौं भनी बाइबल यसरी बताउँछ: “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) त्यसो भए हामी परमेश्‍वरको नयाँ संसारमा कसरी सधैंभरि बाँच्न सक्छौं?—हो, यहोवा र उहाँको मायालु छोरा येशूको ज्ञान लिएर। तर हामीले सिकेअनुसार गर्नै पर्छ। यो किताब पढेर तिमीले पनि त्यसै गर्न मदत पाउन सकोस्‌।

यशैया ११:६-९ र यशैया ६५:२५ पढ्‌दा तिमीले जनावरहरू शान्तिमा रहेको कुरा सिक्न सक्छौ। यो चित्र हेर त! भेडाको पाठो, सानो बाख्रो, चितुवा, बाछो, ठूलो सिंह र तिनीहरूसित बसिरहेका केटाकेटीहरू देख्यौ? चित्रमा देखाइएका अरू जनावरहरूबारे पनि बाइबलमा बताइएको छ। तिनीहरूको नाम भन्‍न सक्छौ?—गोमन सर्पसित खेलिरहेको ऊ यो केटोलाई हेर त! नयाँ संसारमा बाँच्ने कोही पनि डराउनुपर्ने छैन। (होशे २:१८) तिमीलाई यो कुरा कस्तो लाग्यो?—

यो चित्र हेर त, सबै जातिका मानिसहरू मिलेर बसिरहेका छन्‌। येशूले आफ्ना चेलाहरूले एकअर्कालाई माया गर्नेछन्‌ भनेझैं उनीहरू सबै एकअर्कालाई माया गर्छन्‌। (यूहन्‍ना १३:३४, ३५) युद्धमा चलाइने हातहतियारबाट खेतीपाती गर्न चलाइने औजारहरू बनाइँदैछ। परमेश्‍वरको नयाँ संसारमा मानिसहरूले पाउने शान्ति र सुरक्षाबारे बाइबल बताउँछ। हामी त्यसबारे भजन ७२:७; यशैया २:४; ३२:१६-१८ अनि इजकिएल ३४:२५ जस्ता पदहरूमा पढ्‌न सक्छौं।

यो पृष्ठमा दिइएको चित्र हेर त! मानिसहरू पृथ्वीको हेरविचार गर्दैछन्‌, त्यसलाई राम्रो पार्दैछन्‌। उनीहरूले बनाइरहेको सुन्दर घर, मीठा-मीठा फलफूल अनि सागसब्जी हेर त! मानिसहरू पृथ्वीमा शान्तपूर्वक बसिरहेका छन्‌। त्यसैले यो पृथ्वी अदनको बगैंचाजस्तै प्रमोदवन भएको छ। हामी यी राम्रा कुराहरूबारे भजन ६७:६; ७२:१६; यशैया २५:६; ६५:२१-२४ अनि इजकिएल ३६:३५ मा पढ्‌न सक्छौं।

यहाँ देखाइएका सबै जना स्वस्थ र आनन्दित छन्‌। मानिसहरू मृगजस्तै उफ्रन सक्छन्‌। कोही पनि लङ्‌गडा, अन्धा अनि बिरामी छैनन्‌। अनि पुनर्जीवन पाएकाहरूलाई पनि हेर त! यी कुराहरूबारे यशैया २५:८; ३३:२४; ३५:५, ६; प्रेषित २४:१५ अनि प्रकाश २१:३, ४ मा बताइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने