जिल्ला अधिवेशनका बेला ध्यान दिनुपर्ने कुराहरू
◼ समय: तीनै दिन बिहान ९:२० बजे कार्यक्रम सुरु हुनेछ। तर अधिवेशन भवन भने बिहान ८:०० बजेदेखि नै खुला हुनेछ। हरेक दिन बिहान अनि दिउँसो कार्यक्रम सुरु हुनुअघि केही मिनेट राज्य धुन बज्नेछ। त्यतिखेर हामी सबै जना आ-आफ्नो सिटमा बस्नुपर्छ। यसो गर्दा शान्तपूर्वक कार्यक्रम सुरु हुन सक्छ। पहिलो र दोस्रो दिन साँझ ५:०५ मा सभा विसर्जन हुनेछ भने तेस्रो दिन चाहिं साँझ ४:१० मा विसर्जन हुनेछ।
◼ पार्किङ: अधिवेशन स्थलमा दिइने निश्शुल्क पार्किङ सुविधामा पहिला आउने व्यक्तिलाई प्राथमिकता दिइनेछ। पार्किङ गर्न अधिवेशनको बिल्ला लगाएको हुनुपर्छ। अशक्तहरूको लागि छुट्याइएको ठाउँमा अरूलाई पार्किङ गर्न दिइनेछैन। पार्किङ गर्ने ठाउँ सीमित हुने भएकोले सबैले आ-आफ्नो गाडी ल्याउनुको साटो दुईचार जना मिलेर एउटै गाडीमा आउनुहोस्।
◼ सिट रोक्ने: एउटै छतमुनि बस्ने परिवार अथवा एउटै गाडीमा सँगै आउनेहरूको लागि मात्र सिट रोक्न सकिन्छ।
◼ दिउँसोको खाजा: दिउँसो खाजा खाने बेलामा खानेकुरा किन्न अधिवेशनस्थल छोडेर बाहिर जानुभन्दा बरु कृपया घरबाटै खानेकुरा लिएर आउनुहोस्। तपाईंले सिटको मुन्तिर राख्न मिल्ने टिफिन बट्टा ल्याउन सक्नुहुन्छ। तर ठूलो टिफिन बट्टा, काँचका भाँडाकुँडा र मद्य नल्याउनुहोस्।
◼ अनुदान: जिल्ला अधिवेशनको प्रबन्ध मिलाउन खर्च धेरै लाग्छ। राज्यभवन वा अधिवेशनमा विश्वव्यापी कार्यको लागि स्वेच्छिक अनुदान दिएर हामी आफ्नो कृतज्ञता प्रकट गर्न सक्छौं। अधिवेशनमा अनुदानस्वरूप दिइने कुनै पनि चेक “वाच टावर”-को नाउँमा भुक्तान गरिनुपर्छ।
◼ दुर्घटना तथा आपत्कालीन अवस्था: धेरैले सानातिना कुराको लागि पनि फोन गरेर अनावश्यक दुःख दिन्छन् भनेर आकस्मिक सेवा विभागले गुनासो गरेका छन्। अधिवेशनस्थलमा आपत्कालीन अवस्था आइपरेमा कृपया नजिकैको परिचारकलाई खबर गर्नुहोस्। तिनले प्राथमिक उपचार विभागलाई तुरुन्त खबर गर्नेछन्। त्यसपछि दक्ष भाइहरूले अवस्था कत्तिको गम्भीर छ र मदत गर्नुपर्छ कि पर्दैन, पक्का गर्नेछन्। आवश्यक परेमा उहाँहरूले अस्पतालको इमर्जेन्सी सेवालाई फोन गर्नेछन्।
◼ बहिराहरूका लागि: बैंगलोर अंग्रेजी भाषाको अधिवेशनमा सांकेतिक भाषाको कार्यक्रम प्रबन्ध गरिएको छ।
◼ रेकर्डिङ: रेकर्ड गर्ने कुनै पनि किसिमका सामान अधिवेशन भवनको विद्युतीय वा ध्वनि प्रणालीमा जोड्नु हुँदैन र अरूलाई बाधा नपुऱ्याउने किसिमले मात्र यसलाई प्रयोग गर्न सकिन्छ।
◼ अत्तर लगाउनेबारे: अधिवेशन प्रायः खुल्ला ठाउँमा नभई एयर कन्डिसन हलहरूमा हुन्छन्। त्यसैले, कडा बास्ना भएका अत्तर प्रयोग नगर्नु दयालु व्यवहार हुनेछ किनभने अत्तर प्रयोग गर्दा यसले श्वासप्रश्वाससम्बन्धी वा अन्य समस्या भएकाहरूलाई गाह्रो हुन सक्छ।—१ कोरि. १०:२४.
◼ फलो-अप फाराम: अधिवेशनमा अनौपचारिक साक्षी दिंदा चासो देखाउने व्यक्तिलाई थप जानकारी दिन प्लीज फलो अप (S-43) फाराम प्रयोग गर्नुपर्छ। प्रकाशकहरूले अधिवेशनमा एक/दुइटा फलो-अप फाराम ल्याउनुपर्छ। यो फाराम अधिवेशनको साहित्य विभागमा पनि उपलब्ध गराइनेछ। भरेको फाराम अधिवेशनको साहित्य विभागमा बुझाउन सकिन्छ। अथवा पछि मण्डलीमा सचिवलाई बुझाए पनि हुन्छ।—फेब्रुअरी २००५ अंकको हाम्रो राज्य सेवकाई, पृ. ६ हेर्नुहोस्।
◼ रेष्टुराँ: थुप्रै ठाउँमा सेवाअनुसार १० देखि १५ प्रतिशतसम्म टिप्स दिने चलन छ।
◼ होटेल: (१) चाहिनेभन्दा बढी कोठा बुक नगर्नुहोस् र अनुमति पाएभन्दा बढी मानिसहरूलाई आफ्नो कोठामा नराख्नुहोस्। (२) बुकिङ रद्द गर्नुपरेमा होटेललाई तुरुन्त खबर गरिहाल्नुहोस्। (३) सामान ओसारपसार गर्ने साधन अर्थात् लगेज कार्ट आवश्यक परेमा मात्रै चलाउनुहोस्। (४) पकाउन निषेध गरिएको कोठामा नपकाउनुहोस्। (५) कोठा सफा गर्ने हाउसकिपरको लागि हरेक दिन टिप्स छोडिराख्नुहोस्। (६) पाहुनाहरू होटेलमा बसुन्जेल होटेलले निश्शुल्क ब्रेकफास्ट, कफी अथवा आइसक्युब आदिको सुविधा दिएको छ भने त्यस्ता सुविधाको हामी मसीहीहरूले दुरुपयोग गर्नु हुँदैन। (७) विशेष गरी एकदमै व्यस्त हुने समय चेक-इन र चेक-आउटको बेलामा होटेलका कर्मचारीहरूसित व्यवहार गर्ने सन्दर्भमा आत्माको फल प्रदर्शन गर्नुहोस्। (८) सिफारिस गरिएको होटलको सूचीमा दिइएको कोठाको मूल्य एक दिन/एक रातको हो र यसमा कर समावेश गरिएको हुँदैन। तपाईंले नमगाउनुभएको वा प्रयोग नगर्नुभएको सुविधाको मूल्य पनि बिलमा उल्लेख गरिएको छ भने, त्यो नतिर्नुहोस् र जतिसक्दो चाँडो अधिवेशनको आवास विभागलाई खबर गर्नुहोस्। (९) होटेलमा कोठासम्बन्धी समस्या भएमा अधिवेशनमा उपस्थित हुँदा आवास विभागलाई खबर गर्न नबिर्सनुहोस्।