ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २५, २०११ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। स्कूल निरीक्षकले मार्च ७ देखि अप्रिल २५, २०११ सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. कुन अर्थमा “देशका धेरै मानिसहरूले आफू-आफूलाई यहूदी बनाए”? (एस्त. ८:१७) [ w०६ ३/१ पृ. ६, अनु. ३]
२. सैतानलाई यहोवासामु किन उपस्थित हुने अनुमति दिइयो? (अय्यू. १:६; २:१) [ w०६ ४/१ पृ. ३, अनु. ६; it-2-E पृ. १६, अनु. ४]
३. “परमेश्वरको डर राख्ने के अय्यूबको खास कारण छैन?” भन्ने सैतानको प्रश्नले के भन्न खोजेको हो? (अय्यू. १:९) [ w९४ ११/१ पृ. १८, अनु. ६]
४. यहोवा ‘ज्ञानी अनि शक्तिशाली’ हुनुहुन्छ भनी थाह पाउँदा किन हामी उहाँप्रति विश्वस्त हुन्छौं? (अय्यू. ९:४) [ w०७ ६/१ पृ. १६, अनु. १६; it-2-E पृ. ११९०, अनु. ३]
५. मानिसले “अधर्मलाई पानीझैं” पिउँदछ भन्ने एलीपजको भनाइमा सैतानको सोचाइ कुन तरिकामा झल्किन्छ? (अय्यू. १५:१६) [ w०८ ६/१ पृ. २८, अनु. १६]
६. अय्यूब १९:२ मा अय्यूबले गरेको विलापबाट हामी के सिक्न सक्छौं? [ w०६ ४/१ पृ. ५]
७. सत्यनिष्ठ भइरहन अय्यूबलाई केले मदत गऱ्यो? (अय्यू. २७:५) [ w०९ ४/१ पृ. १४, अनु. १७]
८. अरू खाँचोमा पर्दा हामी कसरी अय्यूबको अनुकरण गर्न सक्छौं? (अय्यू. २९:१२, १३) [ w०२ ५/१५ पृ. २२, अनु. १९]
९. अय्यूबका अरू तीन साथीको भन्दा एलीहूको सल्लाह कुन तरिकामा भिन्न थियो? (अय्यू. ३३:१, ६) [ w९५ २/१५ पृ. २९, अनु. ३]
१०. यहोवाका आश्चर्यजनक कामहरूमा घोरिएर विचार गर्दा हामीमा कस्तो प्रभाव पर्नुपर्छ? (अय्यू. ३७:१४) [ w०६ ४/१ पृ. ६, अनु. ४]