प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ५६
  • इस्राएलको पहिलो राजा शाऊल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इस्राएलको पहिलो राजा शाऊल
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • इस्राएलको पहिलो राजा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “आज्ञापालन बलिदानभन्दा उत्तम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पहिलो शमूएलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येसु सावललाई रोज्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ५६
भविष्यवक्‍ता शमूएलले शाऊलको टाउकोमा अभिषेक गर्ने तेल खन्याउँछन्‌

कथा ५६

इस्राएलको पहिलो राजा शाऊल

शमूएलले के गर्दैछ हेर त। ऊ एक जना मान्छेको टाउकोमा तेल खन्याउँदैछ। राजा हुन छानिएको मान्छेलाई त्यतिखेर यसो गर्ने चलन थियो। यहोवाले शमूएललाई शाऊलको टाउकोमा तेल खन्याउन लगाउनुहुन्छ। त्यो तेल मीठो बास्ना भएको विशेष प्रकारको तेल थियो।

सुरुमा त शाऊलले आफूलाई राजा हुन योग्य ठान्दैन। उसले शमूएललाई यसो भन्छ: ‘म त इस्राएलको सबैभन्दा सानो बिन्यामीन कुलको हुँ। म कसरी राजा हुन सक्छु र?’ यहोवाले शाऊललाई मन पराउनुहुन्छ। किनभने ऊ सोझो अनि नम्र छ। त्यसैकारण यहोवाले शाऊललाई रोज्नुहुन्छ।

तर वास्तवमा शाऊल गरिब अथवा सानो मान्छे थिएन। उसको परिवार धनी थियो र ऊ हेर्नमा पनि अग्लो अनि असाध्यै सुन्दर थियो। ऊ अरू इस्राएलीहरू भन्दा एक फुट अग्लो थियो! शाऊल धेरै छिटो कुद्‌न सक्थ्यो। ऊ असाध्यै बलियो पनि थियो। यहोवाले शाऊललाई राजा हुन रोज्नुभएकोमा इस्राएलीहरू खुसी हुन्छन्‌। उनीहरू सबै यसो भन्दै जयजयकार गर्छन्‌: ‘राजा दीर्घायु होऊन्‌!’

इस्राएलका शत्रुहरू पहिले जस्तै बलिया छन्‌। तिनीहरूले इस्राएलीहरूलाई अझै दुःख दिइरहेका छन्‌। शाऊल राजा हुने बित्तिकै अम्मोनीहरू इस्राएलीहरूसित लडाइँ गर्न आउँछन्‌। तर शाऊलले ठूलो सेना जम्मा गरेर अम्मोनीहरूसित लडाइँ गर्छ र उनीहरूलाई हराउँछ। यसले गर्दा इस्राएलीहरू शाऊल राजा भएकोमा झनै खुसी हुन्छन्‌।

समय बित्दै जाँदा शाऊलले इस्राएलीहरूलाई थुप्रै लडाइँ जित्न मदत गर्छ। शाऊलको जोनाथन नाउँ भएको साहसी छोरा पनि हुन्छ। जोनाथनले पनि इस्राएलीहरूलाई थुप्रै लडाइँहरू जित्न मदत गर्छ। त्यतिखेर इस्राएलीहरूको सबैभन्दा ठूलो शत्रु भनेको पलिश्‍तीहरू नै थिए। एकदिन हजारौं-हजार पलिश्‍तीहरू इस्राएलीहरूसित लडाइँ गर्न आउँछन्‌।

शमूएलले आफू आएर बलिदान नचढाउन्जेलसम्म शाऊललाई पर्खन लगाउँछ। तर शमूएलले आउन ढिलो गर्छ। पलिश्‍तीहरूले युद्ध सुरु गर्लान्‌ भनेर शाऊललाई डर लाग्छ। यसकारण शमूएललाई नपर्खीकनै ऊ आफैले बलिदान चढाउँछ। एकछिन पछि शमूएल आइपुग्छ। शमूएलले शाऊललाई किन यहोवाको आज्ञा पालन नगरेको भनेर सोध्छ। त्यसपछि, शमूएलले यसो भन्छ: ‘अब यहोवाले इस्राएलमा अर्कै मान्छेलाई राजा बनाउनुहुनेछ।’

पछि शाऊलले फेरि यहोवाको आज्ञा मान्दैन। यसकारण शमूएलले शाऊललाई यसो भन्छ: ‘यहोवालाई भेडा चढाउनुभन्दा उहाँको आज्ञा मान्‍नु असल हो। तर तपाईंले यहोवाको आज्ञा मान्‍नुभएन। यसकारण यहोवाले अब तपाईंलाई इस्राएलको राजा हुन दिनुहुनेछैन।’

हामी यो घटनाबाट राम्रो पाठ सिक्न सक्छौं। त्यो हो, हामीले सधैं यहोवाको आज्ञा पालन गर्नुपर्छ। साथै शाऊलजस्तो असल मान्छे पनि पछि खराब हुन सक्छ भनेर हामी यो घटनाबाट सिक्न सक्छौं। तर हामी कहिल्यै खराब हुन चाहँदैनौं, होइन र?

१ शमूएल अध्याय ९ देखि ११ सम्म; १३:५-१४; १४:४७-५२; १५:१-३५; २ शमूएल १:२३.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने