-
सेप्टेम्बर १४ को हप्ताको तालिकाराज्य सेवकाई—२००९ | सेप्टेम्बर
-
-
सेप्टेम्बर १४ को हप्ताको तालिका
सेप्टेम्बर १४ मा सुरु हुने हप्ता
गीत १७ (१८७)
□ मण्डली बाइबल अध्ययन:
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: गन्ती २६-२९
न. १: गन्ती २७:१-१४
न. २: शिक्षा के हो र यो किन महत्त्वपूर्ण छ? (एफि. ६:४)
न. ३: लाल समुद्रमा परमेश्वरको जीतबाट हामीले के सिक्नुपर्छ? (my-NP कथा ३३)
□ सेवा सभा:
गीत ४ (४३)
५ मि: घोषणाहरू।
१० मि: पुनःभेट गर्ने । हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ४ को अनुच्छेद ९ देखि पृष्ठ ५ को अनुच्छेद २ (अर्गनाइज्ड पुस्तक, पृष्ठ ९७ को उपशीर्षकका तीनवटा अनुच्छेद) सम्ममा आधारित श्रोतासित छलफल। यस महिना प्रस्तुत गरिने साहित्य स्वीकारेका व्यक्तिलाई कसरी पुन:भेट गर्न सकिन्छ, एउटा प्रदर्शन देखाउनुहोस्।
१० मि: बाइबल अध्ययन सुरु गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्न छुट्याइएको विशेष दिनमा अध्ययनको प्रस्ताव राख्दा स्थानीय इलाकामा हासिल भएका अनुभवहरू बताउनुहोस् वा यो कुरा बताउन केही प्रकाशकको अन्तरवार्ता लिनुहोस्। सेप्टेम्बरमा प्रस्तुत गरिने प्रकाशन प्रयोग गरेर पहिलो भेटमै कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, एउटा प्रदर्शन पनि देखाउनुहोस्।
१० मि: “तपाईं कसरी जवाफ दिनुहुन्छ?” प्रश्न-उत्तर छलफल।
गीत २६ (२१२)
-
-
तपाईं कसरी जवाफ दिनुहुन्छ?राज्य सेवकाई—२००९ | सेप्टेम्बर
-
-
तपाईं कसरी जवाफ दिनुहुन्छ?
१. प्रश्न सोधिंदा हामीले किन येशूको उदाहरण विचार गर्नुपर्छ?
१ मानिसहरूको प्रश्नको जवाफ येशूले जुन तरिकामा दिनुभयो त्यो देखेर आजसम्म पनि थुप्रै मानिस छक्क पर्छन्। सेवाको काममा भाग लिंदा हामीलाई अनेक प्रश्न गरिन्छ। त्यस्ता प्रश्नको जवाफ दिंदा हामीले येशूको उदाहरण अनुकरण गर्नुपर्छ।—१ पत्रु. २:२१.
२. के गऱ्यौं भने प्रभावकारी जवाफ दिन सक्छौं?
२ पहिला सुन्नुहोस्: मानिसहरूले प्रश्न सोध्नुको कारण के हो, येशूले विचार गर्नुहुन्थ्यो। हामीले पनि कहिलेकाहीं मानिसहरूको मनसाय बुझ्न प्रश्न सोध्नुपर्ने हुन्छ। “के तपाईं येशूमा विश्वास गर्नुहुन्छ?” भनी कसैले प्रश्न गर्दा वास्तवमा उसलाई तपाईं किन क्रिसमस मान्नु हुन्न त्यो जान्न खुलदुली भइरहेको हुन सक्छ। प्रश्न सोध्नु पछाडिको कारण बुझ्नुभयो भने तपाईंले अझै प्रभावकारी तरिकामा तर्क गर्न सक्नुहुन्छ।—लूका १०:२५-३७.
३. बाइबलबाट चित्तबुझ्दो जवाफ दिन हामीसित के उपलब्ध छ?
३ बाइबलबाटै जवाफ दिनुहोस्: प्रश्नको जवाफ बाइबलबाटै देखाउनु अक्सर राम्रो हुन्छ। (२ तिमो. ३:१६, १७; हिब्रू ४:१२) चर्चाका लागि बाइबल विषयहरू पुस्तिका सही जवाफ दिन मदतकारी साबित भएको छ। प्रश्न सोध्ने व्यक्तिले बाइबल अरू जस्तै साधारण पुस्तक हो भन्ठान्छ भने पनि तपाईंले बाइबलको शिक्षा कौशलतासाथ बताउन सक्नुहुन्छ। सत्य साबित भएका बाइबलमा पाइने बुद्धिमानी कुराहरू गहिरिएर विचार गर्न प्रोत्साहन दिनुहोस्। यस सन्दर्भमा तपाईंले येशूको अनुकरण गर्दा तपाईंको जवाफ “चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै” हुनेछ अर्थात् मर्यादित, सुन्दर अनि अमूल्य।—हितो. २५:११.
४. कस्तो अवस्थामा हामीले हरेक प्रश्नको जवाफ नदिनु बेस हो?
४ हरेक प्रश्नको जवाफ दिनुपर्छ? प्रश्नको जवाफ थाह छैन भने “मलाई अहिले यो प्रश्नको जवाफ थाह भएन। तर यस विषयमा अनुसन्धान गरेर तपाईंलाई जवाफ दिन्छु” भन्न अप्ठ्यारो नमान्नुहोस्। यसरी नम्रता अनि व्यक्तिगत चासो देखाउँदा घरधनी प्रभावित भई तपाईंलाई फेरि आउन भन्न सक्छ। तपाईंसित विवाद गर्ने हेतुले विरोधीले प्रश्न गर्दैछ भन्ने थाह पाउनुभएमा येशूको अनुकरण गर्दै हरेक प्रश्नको जवाफ दिइनराख्नुहोस्। (लूका २०:१-८) त्यसैगरि, सच्चाइमा साँचो चासो नभएको व्यक्तिले तपाईंसित तर्क-वितर्क गर्न खोज्छ भने शिष्टतासाथ कुराकानी टुङ्ग्याउनुहोस् र निष्कपट व्यक्ति खोज्न आफ्नो समयको सदुपयोग गर्नुहोस्।—मत्ती ७:६.
५. प्रश्नको जवाफ दिने सन्दर्भमा येशूले कस्तो नमुना बसाल्नुभयो?
५ येशूलाई ‘सत्यको गवाही दिने’ आफ्नो जिम्मेवारी पूरा गर्न यहोवामा भर पर्नैपर्छ भनेर थाह थियो र यसमा असल मनसायले सोधिएको प्रश्नको जवाफ दिनु पनि समावेश थियो। (यूह. १८:३७, NRV) येशूको अनुकरण गर्दै “अनन्त जीवनका लागि नियुक्त भएकाहरू”-लाई जवाफ दिन पाउनु कत्ति ठूलो सुअवसर हो!—प्रेरि. १३:४८.
-