गीत ३६
“जसलाई परमेश्वरले एक साथ जोड्नुभएको छ”
छापिएको संस्करण
१. खुसीयाली क्षणमा,
तीन सुता बाटियो।
याह र मानिस सामु,
वाचा त्यो बाँधियो।
लिए पतिले वाचा:
गर्छु प्रेम मनदेखि।
(कोरस)
‘जसलाई जोडे याहले,
नछुटाऊ कसैले।’
२. पढे बाइबल दुईले,
सिक्न इच्छा या’का।
चाहियो आशिष् ऐले,
गर्न वाचा पूरा।
लिइन् पत्नीले वाचा:
गर्छु प्रेम मनदेखि।
(कोरस)
‘जसलाई जोडे याहले,
नछुटाऊ कसैले।’
(उत्प. २:२४; उप. ४:१२; एफि. ५:२२-३३ पनि हेर्नुहोस्)