गीत ४४
रम्दै सरिक होऊ कटनी कार्यमा
छापिएको संस्करण
१. कटनीको मौसम अहिले;
यस्तो बहार आउँछ कहाँ!
खेतमा छ महिमित स्वर्गदूत;
गर्छौं काम सँगसँगै त्यहाँ।
उदाहरण राम्रो येशूको;
खेतमा किसानी गरेको।
रमाउँदै सहभागी भइर’ने,
सम्मान पायौं यत्ति ठूलो।
२. याह र छिमेकीको प्रेमले;
बनाउँछ जोसिलो मन।
कटनी र प्रचार जरुरी;
अन्त नजिकै छ जान।
यस्तो आनन्द अरू कहाँ!
याहका सेवकले पाउने।
वसन्तसरि फुल्नेछ खुसी;
नछोड्नू सेवा त्यसैले।
(मत्ती २४:१३; १ कोरि. ३:९; २ तिमो. ४:२ पनि हेर्नुहोस्)