गीत ५
ख्रीष्ट, हाम्रो नमुना
छापिएको संस्करण
(रोमी ५:८)
१. यहोवाको माया,
आशिष्को यो वर्षा;
चढाए पुत्र सब बाँचून् भनी।
येशू बने रोटी,
पुछ्न हाम्रो आँसु,
र अनन्त जीवन पाऊन् भनी।
२. येशूले सिकाए,
पुकार्न याह नाउँ;
भने त्यो नाउँ पवित्र पारियोस्।
भन्नू राज्य आओस्,
भन्नू इच्छा पुगोस्।
दिनहुँको भोजन मागिर’नू।
३. यहोवाको सत्य,
येशूले सिकाए;
सान्त्वना पाई नम्र रमाए।
राज्यको प्रशंसा,
गरी नै रहनू;
अनि लौ पाउनू खुसी नै खुसी।
(मत्ती ६:९-११; यूह. ३:१६; ६:३१-५१; एफि. ५:२ पनि हेर्नुहोस्)