प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ph पृ. ८-१०
  • असाधारण किताब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असाधारण किताब
  • शान्ति र आनन्दको बाटो
  • मिल्दोजुल्दो सामग्री
  • शान्ति र आनन्द छिट्टै!
    शान्ति र आनन्दको बाटो
  • हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू
    शान्ति र आनन्दको बाटो
  • प्रेम र न्यायका परमेश्‍वर
    शान्ति र आनन्दको बाटो
  • सबै समस्याको अन्त
    शान्ति र आनन्दको बाटो
थप हेर्नुहोस्
शान्ति र आनन्दको बाटो
ph पृ. ८-१०

असाधारण किताब

साँझ सिद्धार्थ कामबाट घर फर्केपछि अनुष्काले बताएको सबै कुरा सुजाता उनलाई सुनाउँछिन्‌। सिद्धार्थलाई त्यो कुरा रोचक लाग्छ। तर अरूले पनि शान्ति र आनन्दको विभिन्‍न बाटोबारे कुरा गरेको उनले सुनेका थिए। त्यसैले उनलाई विश्‍वास गर्न गाह्रो लाग्छ। तैपनि त्यसबारे सौरभसित कुरा गर्ने उनी निधो गर्छन्‌। अर्को शनिबार उनी सौरभसित कुरा गर्छन्‌।

सौरभ सिद्धार्थलाई भन्छन्‌: “त्यो किताब हो—बाइबल। मैले त्यो पढ्‌ने गरेको छु अनि त्यो सही र भरपर्दो छ भनेर पूर्ण विश्‍वस्त छु।”

सौरभ सिद्धार्थलाई बाइबलको कुरा बताउँछन्‌

आफूलाई पत्यार नलागेको कुरा सिद्धार्थ सौरभलाई बताउँछन्‌। सिद्धार्थ यसो भन्छन्‌: “हामीलाई थाह छ, हामीमाझ व्याप्त गरिबी र दुःख-कष्टको कुनै अन्त छैन अनि यसले सबै जाति र राष्ट्रलाई असर गरेको छ। त्यति मात्र होइन, साँचो बाटो देखाएको दाबी गर्ने धर्म र दर्शनहरू गनी साध्य छैन। तर तीमध्ये कसैले पनि युद्ध, भ्रष्ट सरकार, जातीय घृणा र गरिबीको समाधान गर्न सकेको छैन। खै, ती धर्म र दर्शनले सिकाउनेभन्दा के नै फरक कुरा यस किताबले सिकाउला र?”

सौरभ सिद्धार्थलाई बाइबलबाट यस्तो कुरा देखाउँछन्‌, जुन देखेर सिद्धार्थ अवाक्‌ हुन्छन्‌। बाइबलमा यस्तो लेखिएको तिनी देखाउँछन्‌: “एउटा मानिसले अर्को मानिसलाई दु:ख दिने अधिकारको समय थियो” र “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” यी शब्दहरूको सत्यतालाई कसैले पनि नकार्न सक्दैन भन्‍ने कुरामा सिद्धार्थ सहमत हुन्छन्‌। ती कुरा आफ्नो देश र पश्‍चिमी मुलुकको जीवनका वास्तविकता हुन्‌।

बाइबलमा भरोसा गर्न सकिने अरू थुप्रै कारण छन्‌ भनेर सौरभ सिद्धार्थलाई बताउँछन्‌। “अनुष्काले सुजातालाई देखाएजस्तै बाइबलले दैनिक जीवनको लागि राम्रो डोऱ्‍याइ दिने मात्र होइन तर मानिसजातिले भोगिरहेका समस्याहरूको कारण पनि स्पष्ट देखाउँछ,” सौरभ बताउँछन्‌। तिनी अझै भन्छन्‌: “बुझ्नुभयो सिद्धार्थ, बाइबल वैज्ञानिक तवरमा पनि सही छ।”

सिद्धार्थलाई अझै विश्‍वास लाग्दैन। उनी सोध्छन्‌: “त्यस्तो पुरानो किताब बाइबल अहिलेका समस्याहरूको समाधान गर्न कसरी उपयुक्‍त हुन्छ र? अनि यो कसरी वैज्ञानिक तवरमा सही हुन सक्छ?” यो किताब कसले लेखेको होला भनेर पनि उनी बुझ्न चाहन्छन्‌।

पृथ्वी खाली ठाउँमा झुण्डिएको छ

सौरभ जवाफ दिन्छन्‌: “बाइबल एक जना व्यक्‍तिले लेखेको होइन। यो वास्तवमा ४० जनाभन्दा धेरै मानिसले लेखेका ६६ वटा स-साना पुस्तकको सङ्‌गालो हो। यो आजभन्दा लगभग १,९०० वर्षअघि लेखिसिद्धियो र यो लेख्न १,६०० वर्षजति लाग्यो। हुन त ती लेखकहरूसँग वैज्ञानिक जानकारी त्यति धेरै थिएन, तर तिनीहरूले लेखेको कुरा साँचो रहेछ भनेर हजारौं वर्षपछि मात्र थाह लाग्यो। जस्तै: बाइबलका एक जना लेखकले ‘पृथ्वी अन्तरिक्षमा झुण्डिएको छ’ भनेर लेखे। अनि अर्का लेखकले चाहिं पृथ्वी गोलो छ भनेर लेखे। बाइबल लेखिएको बेला मानिसहरूलाई यी कुरा थाहै थिएन। तर यी कुरा सही हुन्‌ भनेर वैज्ञानिकहरूले हालसालै मात्र प्रमाणित गरे।”

“कस्तो अचम्म!” सिद्धार्थ भन्छन्‌। सौरभ त्यस्तै अचम्मको अर्को कुरा सिद्धार्थलाई देखाउन चाहन्छन्‌।

सौरभ सिद्धार्थलाई बाइबलको कुरा बताउँछन्‌

“कुनै बेलाको विश्‍वशक्‍ति बेबिलोनको पतन हुनेछ भनेर लगभग २०० वर्षअघि नै बाइबलले भविष्यवाणी गरिसकेको थियो,” सौरभ भन्छन्‌। “बेबिलोन कसरी पराजित हुनेछ भनेर बाइबलले बताएको थियो। अझ अचम्मको कुरा त बेबिलोनलाई पराजित गर्ने राजाको नामसमेत बाइबलमा उल्लेख गरिएको थियो—त्यो पनि ती राजा जन्मनुभन्दा धेरै अघि! भन्‍ने नै हो भने, बाइबलमा सयौं भविष्यवाणी पाइन्छ।”

सिद्धार्थले यी सबै कुराबारे सोचिरहेको बेला सौरभ यस्तो कुरा बताउँछन्‌, जुन सुनेर सिद्धार्थ झनै छक्क पर्छन्‌। “तपाईं-हामीले अहिले भोगिरहेका समस्याहरूबारे बाइबलमा १९०० वर्षअघि नै भविष्यवाणी गरिएको थियो भनेर तपाईंलाई थाह छ?” बाइबलबाट सौरभ यो कुरा पढेर सुनाउँछन्‌:

  • एउटी आमा आफ्नो छोरालाई खराब साथीहरूसँग नजान भन्दै

    हामीले अहिले देखिरहेका थुप्रै समस्याबारे बाइबलले पहिल्यै भविष्यवाणी गरेको थियो

    “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, परमेश्‍वरको निन्दा गर्ने, आमाबाबुको आज्ञा पालन नगर्ने, कृतघ्न, विश्‍वासघाती, स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने अनि परमेश्‍वरको भक्‍ति गरेको ढोंग गर्ने तर त्यसको शक्‍तिलाई भने इन्कार गर्ने हुनेछन्‌।”

संसारभरि समस्या हुनेछ भनेर बाइबलको अरू ठाउँमा भविष्यवाणी गरिएको थियो भनेर पनि सौरभ सिद्धार्थलाई बताउँछन्‌। ती समस्यामा युद्ध, रोगबिमार, अनिकाल, भूकम्प र दुष्टता समावेश छन्‌।

आफू र सुजाताले भोगिरहेको धेरैजसो समस्याबारे बाइबलमा त्यत्तिका वर्षअघि नै जस्ताको तस्तै लेखिएको रहेछ भनेर थाह पाउँदा सिद्धार्थ तीनछक पर्छन्‌।

“ओहो! कस्तो अचम्म!” सिद्धार्थ भन्छन्‌।

उपदेशक ८:९; यर्मिया १०:२३

अय्यूब २६:७; यशैया ४०:२२, NRV; २ तिमोथी ३:१-५

पुनरावृत्ति

  • सुजाताले भनेको कुरा विश्‍वास गर्न सिद्धार्थलाई किन गाह्रो लाग्छ?

  • बाइबलबारे अनि बाइबल कसरी लेखियो भन्‍नेबारे सौरभ के बताउँछन्‌?

  • सौरभले कस्तो रोचक कुरा देखाएको कारण सिद्धार्थ बाइबलमा भरोसा गर्न सक्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने