प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ph pp. २४-२६
  • सबै समस्याको अन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबै समस्याको अन्त
  • शान्ति र आनन्दको बाटो
  • मिल्दोजुल्दो सामग्री
  • हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू
    शान्ति र आनन्दको बाटो
  • प्रेम र न्यायका परमेश्‍वर
    शान्ति र आनन्दको बाटो
  • असाधारण किताब
    शान्ति र आनन्दको बाटो
  • शान्ति र आनन्द छिट्टै!
    शान्ति र आनन्दको बाटो
थप हेर्नुहोस्
शान्ति र आनन्दको बाटो
ph pp. २४-२६

सबै समस्याको अन्त

यहोवाबारे सौरभले बताएका सबै कुराले सिद्धार्थमा गहिरो छाप पार्छ। तर केही कुराले भने उनलाई अझै पनि पिरोलिरहेको छ। उनी सौरभलाई सोध्छन्‌: “यहोवा सबै कुरा बनाउने त्यत्तिको शक्‍तिशाली र मायालु परमेश्‍वर हुनुहुन्छ भने पृथ्वीमा किन यति धेरै दुःख-कष्ट छ त? हाम्रा समस्याहरू किन यति धेरै?”

“धेरै राम्रो प्रश्‍न गर्नुभयो। अनि यस्तै प्रश्‍नले थुप्रै मानिसलाई सताएको छ,” सौरभ भन्छन्‌। “जब हामी यहोवा परमेश्‍वरका गुणबारे विचार गर्छौं, तब यो कुरा प्रस्ट हुन्छ कि अहिले पृथ्वीमा देखिने खराब अवस्था उहाँले पृथ्वीमा भएका आफ्ना छोराछोरीका लागि चाहेको कुरा थिएन। त्यसैकारण अहिले किन यस्तो अवस्था छ भनेर बुझ्न हामीले पृथ्वीको लागि परमेश्‍वरको सुरुको उद्देश्‍य के थियो र त्यो उद्देश्‍य के भयो भनेर बुझ्नुपर्छ।”

पृथ्वीमा विभिन्‍न कुरा बनाइसकेपछि परमेश्‍वरले कस्तो महसुस गर्नुभयो भनेर त्यसपछि सौरभ सिद्धार्थलाई व्याख्या गर्छन्‌। बाइबलबाट सौरभ पढ्‌छन्‌:

  • “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्पत्ति १:३१.

आदम र हव्वा अदनको बगैंचामा

यहोवाले पृथ्वीमा बनाएका कुरामध्ये सबैभन्दा आकर्षक सृष्टि पहिलो मानव जोडी थिए। तिनीहरूको नाम आदम र हव्वा थियो। आफ्ना अरू सृष्टिजस्तै तिनीहरूलाई पनि परमेश्‍वरले त्रुटिरहित बनाउनुभएको थियो। त्यसैले तिनीहरू पृथ्वीमा सधैंभरि बाँच्न सक्थे। परमेश्‍वरले तिनीहरूलाई एउटा सुन्दर बगैंचामा राख्नुभयो, जसको नाम अदनको बगैंचा थियो। सुखी जीवन बिताउन आवश्‍यक सबै कुरा त्यहाँ उपलब्ध थियो। तिनीहरूलाई कुनै कुराको अभाव थिएन। (उत्पत्ति २:८, ९) त्यसबाहेक यहोवाले तिनीहरूलाई थुप्रै सन्तान जन्माएर पृथ्वी भर्नू र यसको अधिकार गर्नू भन्‍नुभयो। (उत्पत्ति १:२८) यसको अर्थ त्यो बगैंचा बढ्‌दै गएर पूरै पृथ्वी बगैंचा हुने थियो। पृथ्वी त्रुटिरहित र आनन्दित मानव परिवारले भरिभराउ हुने थियो। कस्तो अद्‌भुत प्रत्याशा!

तर कहाँ गल्ती भयो त? सौरभ सिद्धार्थलाई बाइबलमा बताइएको स्पष्ट कुरा देखाउँछन्‌:

  • “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।”—रोमी ५:१२.

दु:खमा परेको परिवार

मायालु बुबाको हैसियतमा यहोवाले आदम र हव्वालाई केही नियम र स्तरहरू दिनुभयो। त्यसअनुसार चल्दा तिनीहरू सधैं बाँचिरहन र बगैंचाको रेखदेख गरिरहन सक्थे। (उत्पत्ति २:१५-१७) बुद्धिमान्‌ बुबा भएकोले यहोवाले तिनीहरूलाई आफूले भनेको कुरा पालन गर्न जबरजस्ती गर्नुभएन तर आज्ञाकारी छोराछोरी भई उहाँप्रति प्रेम देखाउन उहाँले तिनीहरूलाई मौका दिनुभयो। हामीसित जस्तै आदम र हव्वासित पनि छनौट गर्ने स्वतन्त्रता थियो। तिनीहरूले के गरे?

दुःखको कुरा, आदम र हव्वाले आफ्ना सृष्टिकर्ताको निर्देशन पछ्याउने छनौट गरेनन्‌। तिनीहरू आफ्नै तरिकामा चले। यही कारण तिनीहरू पापी भए। पाप गर्नु भनेको त्रुटिरहित अवस्था गुमाउनु हो। धेरै समय नबित्दै आदम र हव्वा वृद्ध हुन थाले र मरे। यहोवाको स्तर पालन नगरेमा जे हुन्छ भनेर यहोवाले भन्‍नुभएको थियो, तिनीहरूलाई ठ्याक्कै त्यस्तै भयो।—उत्पत्ति २:१७.

हामी पनि आदम र हव्वाकै सन्तान भएकोले तिनीहरूको त्रुटिपूर्ण अवस्था हामीमा जन्मजात आएको छ। त्यसैले त हामी पनि बूढा-बूढी हुन्छौं र मर्छौं। सिद्धार्थलाई ढुक्क पार्नको लागि सौरभ बताउँछन्‌ कि यहोवाले मानिसजातिको लागि राखेको उद्देश्‍य बदल्नुभएको छैन। मानिसहरूले सुन्दर बगैंचामा जीवन बिताऊन्‌ भनेर मायालु बुबाको रूपमा यहोवा अझै चाहनुहुन्छ। सिद्धार्थ र सुजातालाई बाइबलबाट सौरभ यो पद देखाउँछन्‌:

  • “स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आवाद गर्नलाई बनाउनुभयो।)”—यशैया ४५:१८.

घर, पुनर्जिवित भएर आएको केटो, फलफूल र तरकारी

पृथ्वीको लागि परमेश्‍वरले सुरुमा राखेको उद्देश्‍य पूरा हुनेछ

सिद्धार्थ र सुजातालाई सौरभ बाइबलमा भएका सबै सुन्दर प्रतिज्ञाहरूको सम्झना दिलाउँछन्‌। त्यहाँ रोग-बिमार, दुःखकष्ट र मृत्यु हुँदैन; त्यहाँ प्रशस्त खानेकुरा र सबैको लागि घर हुनेछ। यी सबै आशिष्‌ परमेश्‍वरको सुरुको अपरिवर्तनीय उद्देश्‍यका भाग हुन्‌। त्यो उद्देश्‍य थियो—बगैंचारूपी पृथ्वीमा कहिल्यै अन्त नहुने जीवन! सौरभ सिद्धार्थलाई यो प्रतिज्ञा देखाउँछन्‌:

  • “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

यही नै यहोवाले गरेको प्रतिज्ञा हो, जुन अवश्‍य पूरा हुनेछ।

पुनरावृत्ति

  • मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य के हो?—उत्पत्ति १:२८.

  • पहिलो मानव जोडीबाट परमेश्‍वरले कस्तो कुरा माग गर्नुभएको थियो?—उत्पत्ति २:१५-१७.

  • आदम र हव्वा आज्ञाकारी नहुँदा कस्तो नतिजा भयो?—रोमी ५:१२.

  • पृथ्वी र मानिसजातिको लागि यहोवाले राखेको सुरुको उद्देश्‍य के भएको छ?—भजन ३७:२९; यशैया ४५:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने