प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ph pp. २७-३०
  • शान्ति र आनन्द छिट्टै!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्ति र आनन्द छिट्टै!
  • शान्ति र आनन्दको बाटो
  • मिल्दोजुल्दो सामग्री
  • असाधारण किताब
    शान्ति र आनन्दको बाटो
  • हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू
    शान्ति र आनन्दको बाटो
  • प्रेम र न्यायका परमेश्‍वर
    शान्ति र आनन्दको बाटो
  • सबै समस्याको अन्त
    शान्ति र आनन्दको बाटो
थप हेर्नुहोस्
शान्ति र आनन्दको बाटो
ph pp. २७-३०

शान्ति र आनन्द छिट्टै!

सिद्धार्थ, सुजाता अनि तिनीहरूका छोरीलाई बाइबल पद देखाउँदै गरेका सौरभ

एक-अर्कालाई मायालु व्यवहार गर्ने असल र इमानदार मानिसहरूले एक दिन पृथ्वी भरिनेछ भनेर थाह पाउँदा सिद्धार्थ र सुजाता रोमाञ्चित हुन्छन्‌। भोकमरी, रोग-बिमार, मृत्यु नभएको र सबैमा शान्ति अनि आनन्द छाएको पृथ्वीमा जीवन बिताउनु कत्ति रमाइलो हुनेछ भनेर तिनीहरू सोच्छन्‌। तिनीहरू सोच्छन्‌, ‘यस्तो अवस्था त छिट्टै आए हुन्थ्यो नि!’

“यी सबै कहिले हुनेछ?” सिद्धार्थ बुझ्न चाहन्छन्‌।

“तपाईंले यो प्रश्‍न सोध्नुभयो, एकदमै रोचक लाग्यो,” सौरभ सिद्धार्थलाई भन्छन्‌। “सिद्धार्थ, के तपाईंले येशूबारे कतै सुन्‍नुभएको छ?”

“सुनेको छु,” सिद्धार्थ जवाफ दिन्छन्‌। “येशूले एकदमै बुद्धिमानी कुरा भन्‍नुभएको थियो भनेर मलाई थाह छ। तर मैले सोधेको प्रश्‍नसँग यसको के सम्बन्ध?”

“हो, लगभग २,००० वर्षअघि येशू पृथ्वीमा हुँदा उहाँका अनुयायी अर्थात्‌ चेलाहरूले पनि तपाईंले सोधेको जस्तै प्रश्‍न सोधेका थिए,” सौरभ जवाफ दिन्छन्‌। “त्यसको जवाफमा येशूले तिनीहरूलाई थुप्रै किसिमका घटना समावेश भएको एउटा ‘चिन्ह’ दिनुभयो। उहाँले तिनीहरूलाई भनेअनुसार चिन्हका घटनाहरू एकसाथ देखा पर्दा प्रतिज्ञा गरिएको परिवर्तन आउने समय नजिकै आइपुगेछ भनेर थाह हुने थियो।—मत्ती २४:३.

सैनिक; अस्पतालको बेडमा परेकी महिला; भैंचालोले ध्वस्त बनाएको घर

प्रतिज्ञा गरिएको परिवर्तन छिट्टै आउँछ भनेर देखाउने “चिन्ह”-का पक्षहरू। के तपाईं ती देख्नुहुन्छ?

“एउटा चिन्ह रे?” सिद्धार्थ सोध्छन्‌, “निकै रोचक सुनिन्छ नि! हामीलाई बताउनुहोस्‌ न!”

“उक्‍त चिन्हका विभिन्‍न पक्षहरू बाइबलमा लेखिएको छ,” सौरभ सिद्धार्थलाई भन्छन्‌। बाइबल खोलेर तिनी भन्छन्‌: “यहाँ हेर्नुहोस्‌ न, तीमध्ये कुनै-कुनै।”

  • “जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।”—मत्ती २४:७.

  • ‘अनिकाल हुनेछ।’—मत्ती २४:७.

  • ‘दुष्टता बढ्‌नेछ।’—मत्ती २४:१२.

  • “ठूलठूला भूकम्प हुनेछ।”—लूका २१:११.

  • “ठाउँ-ठाउँमा महामारी हुनेछ।”—लूका २१:११.

यस्ता कुराहरू त अहिले भइरहेको जस्तो देखिन्छ भनेर सिद्धार्थ र सुजाता बताउँछन्‌। त्यसैले पो तिनीहरू भविष्यबारे चिन्तित र व्याकुल भएका रहेछन्‌।

“यो चिन्ह पूरा हुनुको अर्थ हो, चाँडै यहोवाले पृथ्वीमा शासन गर्नुहुनेछ,” सौरभ भन्छन्‌। “यो नयाँ शासन वा सरकारलाई बाइबलले परमेश्‍वरको राज्य भनेको छ।” परमेश्‍वरको राज्यले अब छिट्टै के-के गर्नेछ भनेर त्यसपछि सौरभ बाइबलबाट देखाउँछन्‌:

  • “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”—दानियल २:४४.

सौरभ अझै थप्छन्‌: “जब परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्न थाल्छ, तब सबै दुष्टता, अन्याय र भ्रष्टाचार सधैंका लागि नामेट हुनेछ। सोच्दै कस्तो रमाइलो!”

सिद्धार्थलाई बाइबल पद देखाउँदै गरेका सौरभ

सिद्धार्थ र सुजातालाई यी सब कुरा एकदमै रोचक लाग्छ। तिनीहरू पनि शान्तिमय नयाँ पृथ्वीमा रहन चाहन्छन्‌।

“त्यस्तो राम्रो भविष्य पाउन सुजाता र मैले गर्नै पर्ने कुनै कुरा छ कि?” सिद्धार्थ सोध्छन्‌।

“सिद्धार्थ र सुजाता, तपाईंहरूलाई राम्रोसँग थाह छ, कुनै लाभदायी कुरा पाउन केही गर्नै पर्ने हुन्छ,” सौरभ जवाफ दिन्छन्‌। “आदम र हव्वा अनि तिनीहरूले गुमाएको कुरालाई विचार गर्नुहोस्‌। तिनीहरूले चालेको कदमबाट तपाईं के सिक्न सक्नुहुन्छ?”

“सुन्दर बगैंचामा बस्न पाउने त्रुटिरहित जीवन तिनीहरूले गुमाए किनभने तिनीहरूले परमेश्‍वरले तोकेको आवश्‍यकताअनुसार जीवन बिताएनन्‌,” सिद्धार्थ भन्छन्‌।

“त्यसैगरि यहोवा परमेश्‍वरले अहिले पनि हामीले पूरा गर्नुपर्ने आवश्‍यकता तोक्नुभएको छ,” सौरभ बताउँछन्‌। “सुन्दर बगैंचामा छिट्टै परिणत हुन लागेको पृथ्वीमा जीवन बिताउने हो भने हामीले यहोवा र उहाँले तोकेको आवश्‍यकताबारे सिक्नुपर्छ अनि त्यसैअनुसार जीवन बिताउने कोसिस गर्नुपर्छ।”

कुरा एकदमै तार्किक सुनिन्छ भनेर सिद्धार्थ सहमत हुन्छन्‌। तर कसरी त्यसो गर्न सकिन्छ होला भन्‍ने उनलाई लाग्छ।

बाटो

शान्ति र आनन्दको बाटोमा हिंड्‌न यहोवा हामीलाई निम्तो दिनुहुन्छ

“यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नु बोझिलो छैन। मायालु बुबा भएकोले जे गर्दा हाम्रो भलाइ हुन्छ, हामीले त्यो मात्रै गरेको उहाँ चाहनुहुन्छ,” सौरभ उनलाई ढुक्क बनाउँछन्‌। “उहाँले हामीलाई शान्तिमय नयाँ संसारमा प्रवेश गर्ने बाटो बताउने मात्र होइन, त्यो बाटोमा उहाँको डोऱ्‍याइअनुसार हिंड्‌ने निमत्रन्णा पनि दिनुहुन्छ। बाइबलमा दिइएको उहाँको मायालु निम्तो हेर्नुहोस्‌ न!”

  • “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो! तेरो वंश पनि बालुवासरह हुनेथियो, र तेरा सन्तान त्यसका कणसरह हुनेथियो! त्यसको नाउँ मबाट कहिल्यै काटिने थिएन! त्यो मेरो सामने नाश हुने थिएन।”—यशैया ४८:१७-१९.

सिद्धार्थ र सुजाता, सौरभ, अनुष्का अनि तिनको परिवारसँगै नयाँ संसारमा गएको कल्पना गर्छन्‌

यी मनमोहक शब्दहरू सुनेर सिद्धार्थ र सुजाता एकदमै प्रोत्साहित हुन्छन्‌। आफू र आफ्नो परिवारलाई फाइदा पुग्ने जीवनको बाटोमा हिंड्‌न तिनीहरू साँच्चै चाहन्छन्‌। वास्तवमा परमेश्‍वरको स्तरअनुसार चल्ने मानिसहरूले भरिएको शान्तिमय पृथ्वीमा आफ्ना सबै छोराछोरीसँग बस्नुभन्दा असल तिनीहरूका लागि अरू केही हुन सक्दैनथ्यो।

“यहोवा परमेश्‍वरले हामीलाई सिकाइरहेका कुरा सिक्नुभयो र त्यसैअनुसार जीवन बिताउन सक्दो गर्नुभयो भने तपाईंहरूले यी सबै असल आशिष्‌हरू पाउनुहुनेछ,” सौरभ तिनीहरूलाई भन्छन्‌।

“हामी कसरी यी कुरा सिक्न सक्छौं?” उत्सुक हुँदै सिद्धार्थ सोध्छन्‌। “के तपाईंहरू हामीलाई मदत गर्नुहुन्छ?”

“भैहाल्छ नि, किन नगर्नु! वास्तवमा शान्ति र आनन्दको बाटो पत्ता लगाउन र त्यसको पछि लाग्न तपाईंहरूलाई जे चाहिन्छ, त्यो हामीसित छ!”

पुनरावृत्ति

  • सिद्धार्थले सोधेको जस्तै कुन प्रश्‍न येशूका चेलाहरूले पनि सोधे?—मत्ती २४:३.

  • येशूले कस्तो “चिन्ह” दिनुभयो?—मत्ती २४:७, १२; लूका २१:११.

  • अहिले त्यो “चिन्ह” पूरा भइरहेको के तपाईं देख्नुहुन्छ?

  • सिद्धार्थ र सुजाता सौरभ र अनुष्काबाट कस्तो मदतको आशा गर्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने