गीत २६
परमेश्वरसित हिंड्नू
छापिएको संस्करण
(मीका ६:८)
१. नम्र भई या’सित हिंड्नू;
दया, न्याय गर्नू।
निष्ठा कहिल्यै नतोड्नू;
उनैमा बल पाउनू।
सत्य उनको पछ्याएमा,
ठगिने छैनौ है;
समाउनू या’को हातैमा;
सानो बालकले झैं।
२. चोखो भई या’सित हिंड्नू;
फेरि पाप नगर्नू।
परिपक्व हुँदै जानू;
याहको मन जित्नू।
जे छन् चोखो र मायालु;
न्याय अनि साँचो;
तिनैमा लागिरहनू;
भर पर्नू याहको।
३. विश्वासले या’सित हिंड्नू;
अनि पाउनू केही।
खुसी र या’का गुणहरू;
ठूलो उपलब्धि।
खुसीले या’सित हिंड्नू;
उनैको यश गाउनू।
असीम आनन्द त्यो पाउनू;
राज्य प्रचार गर्नू।
(उत्प. ५:२४; ६:९; फिलि. ४:८; १ तिमो. ६:६-८ पनि हेर्नुहोस्)