गीत १४
सब कुरा नयाँ तुल्याइयो
१. “चिन्ह” देखियो, या’को राज सुरु भो।
सिंहासनमा येशू विराजमान भो।
स्वर्गको लडाइँमा उनकै जित भो,
धर्तीमा हुनेछ इच्छा या’को।
(कोरस)
रमाऊ, अब निवास या’को,
मानिसहरू माझ भयो।
हुनेछैन मृत्यु र पीडा,
शोक, रुवाइ न आँसुको धारा;
या’ भन्छन्, ‘बनाउँछु सब थोक नयाँ।’
यी वचनहरू पक्का।
२. लौ! हेर, थुमाकी दुलही आइन्!
सिंगारिएर चम्किरहेछिन्।
यो नयाँ यरूशलेम चोखो छिन्;
तिनले ज्योति या’बाटै पाउनेछिन्।
(कोरस)
रमाऊ, अब निवास या’को,
मानिसहरू माझ भयो।
हुनेछैन मृत्यु र पीडा,
शोक, रुवाइ न आँसुको धारा;
या’ भन्छन्, ‘बनाउँछु सब थोक नयाँ।’
यी वचनहरू पक्का।
३. यो सहरका जन आनन्दित हुनेछन्।
सधैं यसका ढोका खुला हुन्छन्।
सबै यसको ज्योतिमा हिंड्नेछन्;
चम्काऊ त्यो ज्योति, हे याहका जन।
(कोरस)
रमाऊ, अब निवास या’को,
मानिसहरू माझ भयो।
हुनेछैन मृत्यु र पीडा,
शोक, रुवाइ न आँसुको धारा;
या’ भन्छन्, ‘बनाउँछु सब थोक नयाँ।’
यी वचनहरू पक्का।
(मत्ती १६:३; प्रका. १२:७-९; २१:२३-२५ पनि हेर्नुहोस्)