-
अप्रिल १८ को हप्ताको तालिकाराज्य सेवा—२०११ | अप्रिल
-
-
अप्रिल १८ को हप्ताको तालिका
अप्रिल १८ मा सुरु हुने हप्ता
गीत १७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
w०२ ११/१५ को दोस्रो अध्ययन लेख “काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्” अनु. ८-१४ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: अय्यूब २८-३२ (१० मि.)
न. १: अय्यूब ३०:१-२३ (४ मि. वा कम)
न. २: “महान् बेबिलोन” के हो?—bh परिशिष्ट, पृ. २१९-२२० (५ मि.)
न. ३: किन हामीले बोल्नुअघि सोचविचार गर्नुपर्छ?—हितो. १६:२३ (५ मि.)
□ सेवा सभा:
गीत ५४
५ मि: घोषणाहरू।
१० मि: पत्रिका स्वीकार्ने व्यक्तिसित कसरी बाइबल अध्ययन सुरु गर्ने? हाम्रो राज्य सेवकाई, अगस्त २००७, पृष्ठ ५ मा आधारित प्रश्न-उत्तर। अनुच्छेद ३ मा दिइएको सुझावमा आधारित एउटा छोटो प्रदर्शन देखाउनुहोस्। अध्ययन गर्ने तरिका देखाएपछि दुई पटक अध्ययन सञ्चालन गरिएको छ र अब नियमित अध्ययन हुन्छ भन्ने पक्का छ भने बाइबल अध्ययनको रिपोर्ट गर्न सकिन्छ भनेर भाइबहिनीलाई सम्झना गराउनुहोस्।
१० मि: प्रश्न पेटी। एल्डरद्वारा छलफल।
१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—घर-घरमा गएर प्रचार गर्ने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ३, अनुच्छेद ३ देखि पृष्ठ ४, अनुच्छेद ३ (व्यवस्थित [अङ्ग्रेजी] पुस्तक, पृ. ९२ अनु. ३-पृ. ९५ अनु. २) सम्ममा आधारित छलफल। अशक्त वा लजालु भए पनि घर-घरमा गएर प्रचार गर्ने प्रकाशकको अन्तरवार्ता लिनुहोस्। तिनीहरूले प्रयास गरेकोले कस्ता आशिष् पाएका छन्?
गीत २६ र प्रार्थना
-
-
प्रश्न पेटीराज्य सेवा—२०११ | अप्रिल
-
-
प्रश्न पेटी
◼ प्रगतिशील बाइबल विद्यार्थीलाई हामीले कहिलेसम्म बाइबल अध्ययन गराउनुपर्छ?
“बाइबलले वास्तवमा के सिकाउँछ?” र “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” पुस्तकबाट अध्ययन नसिद्धिउन्जेल प्रगतिशील बाइबल विद्यार्थीलाई अध्ययन गराइरहनु सबैभन्दा राम्रो हुन्छ। दुवै पुस्तकबाट अध्ययन सिध्याउनुअघि नै बाइबल विद्यार्थीले बप्तिस्मा गरिसकेका छन् भने पनि अध्ययन जारी राख्नुपर्छ। बाइबल विद्यार्थीले बप्तिस्मा गरिसकेपछि पनि हामी समय, पुनःभेट र अध्ययनको रिपोर्ट गरिरहन सक्छौं। उक्त अध्ययनमा हामीसँगै कुनै प्रकाशक जान्छन् र अध्ययनमा सहभागी हुन्छन् भने तिनले पनि समय जोड्न सक्छन्।
हामीले नयाँ व्यक्तिलाई बाइबल अध्ययन गराएर सिध्याउनुअघि नै तिनले बाइबल सत्यमा बलियो जग बसालिसकेको हुनु महत्त्वपूर्ण छ। भविष्यमा सामना गर्नुपर्ने परीक्षाहरू सहन तिनीहरूले ख्रीष्टमा ‘जरा गाडेको’ हुनै पर्छ र तिनीहरू “विश्वासमा अटल” भएको हुनै पर्छ। (कल. २:६, ७; २ तिमो. ३:१२; १ पत्रु. ५:८, ९) यसबाहेक अरूलाई प्रभावकारी ढङ्गमा सिकाउन तिनीहरूसँग “सत्यको सही ज्ञान” हुनै पर्छ। (१ तिमो. २:४) हाम्रा बाइबल विद्यार्थीलाई दुईवटा पुस्तकबाट अध्ययन गराएर हामीले तिनीहरूलाई ‘जीवनतर्फ लैजाने बाटोमा’ हिंडिरहने बलियो आधार पाउन मदत दिइरहेका हुनेछौं।—मत्ती ७:१४.
कुनै व्यक्ति बप्तिस्माको लागि योग्य छ भनेर सदर गर्नुअघि तिनले बाइबलका आधारभूत शिक्षा राम्ररी बुझेका छन् कि छैनन् र त्यसअनुसार जीवन बिताएका छन् कि छैनन् भनेर एल्डरहरूले पक्का गर्नुपर्छ। विद्यार्थीले पहिलो पुस्तकबाट नै अध्ययन सिध्याइसकेका छैनन् भने एल्डरहरू अझै होसियार हुनुपर्छ। यदि कोही बप्तिस्माको लागि योग्य छैनन् भने भविष्यमा योग्य हुन के-कस्तो मदत दिन सकिन्छ भनेर एल्डरहरूले पक्का गर्नेछन्।—‘गएर चेला बनाओ र बप्तिस्मा देओ,’ पृष्ठ ५७-६० ( व्यवस्थित [अङ्ग्रेजी] पृ. २१७-२१८) हेर्नुहोस्।
-