गीत ८९
यहोवाको न्यानो आग्रह: “हे मेरो छोरो, बुद्धिमान् हो!”
छापिएको संस्करण
१. हे युवा, युवती
हृदय मलाई देऊ,
मेरो उपहास गर्नेलाई
यो देखाऊ:
जवानी र भक्ति
राजीले चढाउँछौ;
मेरै लागि बाँचेको
भनी देखाउँछौ।
(कोरस)
प्यारो छोरा, अमूल्य छोरी,
खुसी हुनेछु होऊ ज्ञानी;
मनैदेखि गर न सेवा;
राजीले गाऊ लौ स्तुती।
२. गर सक्दो सेवा
अनि औधी रमाऊ;
तिमी लड्दा
मेरो यो हात लेऊ समाऊ।
जोसुकैले धोका दिए नि
तिमीलाई,
होऊ ढुक्क
गर्छु धेरै माया तिमीलाई।
(कोरस)
प्यारो छोरा, अमूल्य छोरी,
खुसी हुनेछु होऊ ज्ञानी;
मनैदेखि गर न सेवा;
राजीले गाऊ लौ स्तुती।
(व्यव. ६:५; उप. ११:९; यशै. ४१:१३ पनि हेर्नुहोस्)