गीत ८१
“हाम्रो विश्वास बढाइदिनुहोस्”
छापिएको संस्करण
१. पापी छौं हामी सबै, हे यहोवा।
अनि खोटो छ झुकाव यो मनको।
छ सजिलै अल्झाउने पाप हामीलाई—
डगमगाउँछ लौ यो विश्वास हाम्रो।
(कोरस)
देऊ न अझै विश्वास, बिन्ती यहोवा।
थाम यो हात साँच्चै खाँचो पर्दा।
देऊ न अझै विश्वास, दया गरेर;
महिमा गरूँ बोली र काममा।
२. विना विश्वास हुँदैनौ खुसी तिमी।
विश्वास जरुरी छ फल पाउनलाई।
जोगाउँदछ विश्वासको यही ढालले।
जित्दैन डरले, बढ्नेछौं अघि।
(कोरस)
देऊ न अझै विश्वास, बिन्ती यहोवा।
थाम यो हात साँच्चै खाँचो पर्दा।
देऊ न अझै विश्वास, दया गरेर;
महिमा गरूँ बोली र काममा।
(उत्प. ८:२१; हिब्रू ११:६; १२:१ पनि हेर्नुहोस्)