‘विश्वासले हिंड्नुहोस्, दृष्टिले होइन’
यरूशलेम विनाश हुनुभन्दा केही समयअघि प्रेषित पावलले ख्रीष्टियनहरूलाई पत्र लेखे। तिनले उक्त पत्रमा ख्रीष्टियनहरू ख्रीष्टको सुयोग्य सिपाही भएकोले कठिन अवस्थाको सामना गर्नुपर्नेछ भन्ने कुरा उल्लेख गरे। साथै आफ्नो सुखसुविधालाई सबैभन्दा महत्त्वपूर्ण ठान्नु हुँदैन भनेर सल्लाह दिए। (२ तिमो. २:३, ४) यस दुष्ट युगको विनाश हुनै लागेको छ। त्यसैले परमेश्वरको राज्यसम्बन्धी गतिविधिमा ध्यान दिइरहन हामीले आफ्नो विश्वास बलियो बनाइराख्नुपर्छ। (२ कोरि. ४:१८; ५:७) ‘विश्वासले हिंड्नुहोस्, दृष्टिले होइन’ भिडियो हेर्नुहोस्। (jw.org/ne मा प्रकाशनहरू > भिडियोहरू अन्तर्गत हेर्नुहोस्।) यो भिडियो हेर्दा भौतिक कुराहरूको मोह नहम र अबितलको लागि कसरी पासो बन्न पुग्यो, ध्यान दिनुहोस्। त्यसपछि तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्।
(१) प्रथम शताब्दीमा ‘पवित्र स्थानमा खडा भएको घृणित कुरा’ के थियो? त्यतिबेला यरूशलेममा भएका ख्रीष्टियनहरूले कस्तो निर्णायक कदम चाल्नुपर्थ्यो? (मत्ती २४:१५, १६) (२) यरूशलेमबाट भाग्न किन विश्वास चाहिन्थ्यो? (३) त्यहाँबाट भाग्न के-कस्ता कुराहरू त्याग्नुपर्थ्यो? (४) नहम र अबितलले किन आलेटाले गरिरहे? (मत्ती २४:१७, १८) (५) यरूशलेम छोड्दा राहेलले कस्तो परीक्षा सामना गर्नुपऱ्यो? (मत्ती १०:३४-३७; मर्कू. १०:२९, ३०) (६) एतानले यहोवामा भरोसा गरेको कुरा कसरी देखाए? (७) ख्रीष्टियनहरूले पेलामा कस्तो परिस्थितिको सामना गरे? (८) नहम र अबितलको विश्वास कसरी कमजोर हुँदै गयो? (९) यहोवाले पेलामा भएका ख्रीष्टियनहरूको कसरी ख्याल राख्नुभयो? (मत्ती ६:३३; १ तिमो. ६:६-८) (१०) यस युगको अन्त नजिकिंदै जाँदा हामीले अब्राहाम र साराको अनुकरण कसरी गर्न सक्छौं? (हिब्रू ११:८-१०) (११) नहम र अबितलले यरूशलेम फर्कन कस्ता तर्क गरे? त्यस्तो तर्क किन गलत थियो? (लूका २१:२१) (१२) नहम र अबितल यरूशलेम फर्के तर त्यहाँको अवस्था कस्तो थियो? (१३) यस युगको अन्त हुनुअघि नै हामीले आफ्नो विश्वास बलियो बनाउनुपर्छ, किन?—लूका १७:३१, ३२; २१:३४-३६.
विश्वासले हिंड्नुमा तीनवटा कुरा समावेश छ: (१) यहोवाको डोऱ्याइमा भरोसा गर्नु, (२) उहाँको निर्देशनअनुसार चल्नु र (३) भौतिक कुरालाई नभई आध्यात्मिक कुरालाई महत्त्वपूर्ण ठान्नु। “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ” भन्ने कुरामा पूर्ण भरोसा गरौं र दृष्टिले होइन, विश्वासले हिंडिरहौं।—१ यूह. २:१७.