प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या १ पृ. १२-१३
  • छोराछोरीको प्रशंसा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीको प्रशंसा गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • छोराछोरीलाई लगनशील हुन सिकाउनुहोस्‌
    परिवारका लागि
  • यहोवाको प्रशंसा गर!
    यहोवाको स्तुतिगान गाऔं
  • हाम्रा परमेश्‍वर यहोवाको प्रशंसा गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या १ पृ. १२-१३
सानो छोराले चित्र बनाउँदै गर्दा बुबा उसलाई अङ्‌गालो हाल्छन्‌

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीको प्रशंसा गर्नुहोस्‌

चुनौती

कसै-कसैले छोराछोरीको धेरै प्रशंसा गर्नु हुँदैन भन्‍ने गर्छन्‌। अनि कतिले चाहिं धेरै प्रशंसा गऱ्‍यो भने त्यसले छोराछोरीलाई बिगार्छ, तिनीहरूलाई घमन्डी बनाउँछ पनि भन्‍ने गर्छन्‌।

तपाईंले छोराछोरीको प्रशंसा कति गर्नुहुन्छ त्यो मात्र होइन तर कस्तो किसिमको प्रशंसा गर्दै हुनुहुन्छ, त्यो पनि विचार गर्नुपर्छ। कस्तो खालको प्रशंसा गर्दा छोराछोरीले प्रोत्साहन पाउनेछन्‌? कस्तो प्रशंसाले तिनीहरूलाई अघि बढ्‌न रोक्छ? अनि कस्तो प्रशंसाले राम्रो नतिजा ल्याउन सक्छ?

तपाईंले के बुझ्नुपर्छ?

सबै खालको प्रशंसा उस्तै हुँदैन। तल दिइएको कुरा विचार गरौं।

धेरै प्रशंसा हानिकारक हुन सक्छ। केही आमाबाबु छोराछोरीको आत्मसम्मान बढाउन चाहिनेभन्दा धेरै प्रशंसा गर्छन्‌। तर डाक्टर डेभिड वल्श यसो भन्छन्‌, “साँच्चै प्रशंसा गरेको हो कि होइन, साना केटाकेटीले थाह पाइहाल्छन्‌। आफू त्यस्तो प्रशंसाको लायक छैन भनेर तिनीहरूलाई थाह हुन्छ अनि तिनीहरूले तपाईंलाई भरोसा गर्न छोड्‌छन्‌।”a

छोराछोरीको क्षमताको प्रशंसा गर्नु राम्रो हो। मानिलिनुहोस्‌, तपाईंकी छोरी चित्र बनाउन सिपालु छिन्‌। तपाईंलाई तिनको खुबीको प्रशंसा गर्न मन लाग्छ। त्यस्तो प्रशंसाले तिनलाई आफ्नो क्षमता बढाउन अझ मदत गर्छ। तर नतिजा उल्टो पनि हुन सक्छ। तिनको खुबीको मात्र प्रशंसा गर्दा तिनमा सजिलो मात्र खोज्ने झुकाव बढ्‌न सक्छ। असफल होइएला भन्‍ने डरले तिनी नयाँ चुनौतीहरू स्वीकार्न पछि हट्‌न सक्छिन्‌। तिनले यस्तो तर्क गर्न सक्छिन्‌, ‘आफूले नसक्ने कुरामा किन प्रयास गरिरहने?’

छोराछोरीको प्रयासको प्रशंसा गर्नु झनै राम्रो हो। खुबीको मात्र प्रशंसा गर्नुको साटो छोराछोरीको मेहनत र लगनशीलताको प्रशंसा गरेमा तिनीहरूले महत्त्वपूर्ण सत्य बुझ्नेछन्‌। त्यो सत्य हो, खुबी हासिल गर्न धैर्य अनि निकै प्रयास गर्नुपर्छ। यो कुरा थाह पाउँदा “काममा सफल हुन तिनीहरू निकै मेहनत गर्छन्‌। असफल भइहाले पनि आफूलाई काम नलाग्ने सम्झँदैनन्‌ बरु आफूलाई सिक्दै गरेको व्यक्‍तिको रूपमा हेर्छन्‌” भनी एउटा किताबb बताउँछ।

तपाईं के गर्न सक्नुहुन्छ?

खुबीको मात्र होइन, प्रयासको प्रशंसा गर्नुहोस्‌। छोराछोरीलाई “चित्र बनाउने कुरामा त तिमीलाई कसले जित्न सक्छ र?” भन्‍नुको साटो “तिमीले चित्र बनाउन कत्ति धेरै प्रयास गर्नुपऱ्‍यो मलाई थाह छ” भन्दा तिनीहरूमा अझै राम्रो प्रभाव पर्न सक्छ। यी दुवै तरिकामा प्रशंसा गर्न सकिन्छ तर प्रशंसा गरिएको पहिलो तरिकाले छोराछोरीलाई जन्मजात पाएको क्षमताले गर्दा मात्र राम्रो हुन सकिन्छ भन्‍ने भान पार्न सक्छ।

छोराछोरीको प्रयासको प्रशंसा गर्दा भने जति धेरै कोसिस गऱ्‍यो, त्यत्ति धेरै क्षमता बढाउन सकिन्छ भनेर तपाईंले सिकाइरहनुभएको हुनेछ। त्यसले गर्दा उनीहरूले नयाँ-नयाँ चुनौती पनि ढुक्क भई सामना गर्न सक्नेछन्‌।—बाइबल सिद्धान्त: हितोपदेश १४:२३.

असफल होइएला भन्‍ने डरसित जुझ्न छोराछोरीलाई मदत गर्नुहोस्‌। असल मानिसहरू पनि गल्ती गर्छन्‌, त्यो पनि थुप्रै पटक। (हितोपदेश २४:१६) तर हरेक गल्तीबाट तिनीहरू पाठ सिक्छन्‌ अनि अघि बढ्‌छन्‌। तपाईं कसरी छोराछोरीलाई यस्तो सकारात्मक मनोवृत्ति विकास गर्न सिकाउन सक्नुहुन्छ?

प्रयासमा जोड दिनुहोस्‌। एउटा उदाहरण विचार गर्नुहोस्‌, तपाईं आफ्नी छोरीलाई “गणितमा त तिमीलाई कसले टप्न सक्छ र?” भनी सधैंजसो भन्‍नुहुन्छ तर तिनी गणितमा फेल हुन्छिन्‌। तिनलाई कस्तो लाग्छ होला? तिनलाई ‘मैले आफ्नो खुबी गुमाइसकें, अब किन प्रयास गर्नुपऱ्‍यो र?’ भन्‍ने लाग्न सक्छ।

प्रयास गर्नुपर्छ भन्‍ने कुरालाई जोड दिंदा तपाईंले छोरीलाई धीरजी हुन मदत गरिरहनुभएको हुनेछ। तपाईंले छोरीलाई असफल हुँदैमा अब सबै कुरा सिद्धियो भनेर सोच्नु पर्दैन भनी बुझ्न मदत गरिरहनुभएको हुनेछ। यसो गर्दा तिनले लत्तो छोड्‌नुको सट्टा फेरि प्रयास गर्नेछिन्‌ वा अझै मेहनत गर्नेछिन्‌।—बाइबल सिद्धान्त: याकूब ३:२.

मदत पुग्ने किसिमको आलोचना गर्नुहोस्‌। सही तरिकामा गरिएको छ भने आलोचनाले पनि छोराछोरीलाई मदत गर्छ। साथै सही तरिकामा प्रशंसा गर्ने गर्नुभएको छ भने उन्‍नति गर्नुपर्ने कुराहरू बताउँदा छोराछोरीले सुन्‍नेछन्‌। त्यसपछि तिनीहरूको उन्‍नतिमा तिनीहरू अनि तपाईं दुवै सन्तुष्ट हुन सक्नुहुनेछ।—बाइबल सिद्धान्त: हितोपदेश १३:४. (g15-E 11)

a No: Why Kids—of All Ages—Need to Hear It and Ways Parents Can Say It भन्‍ने किताबबाट साभार।

b Letting Go With Love and Confidence

मूल शास्त्रपद

  • “मेहनतको फल मीठो हुन्छ।”—हितोपदेश १४:२३.

  • “हामी सबै जना धेरै चोटि चुक्छौं।”—याकूब ३:२.

  • “परिश्रमी मानिसहरू मोटा ताजा र उन्‍नत हुन्छन्‌।”—हितोपदेश १३:४.

नयाँ चुनौतीहरू सामना गर्नुहोस्‌

आफूसित जन्मजात क्षमता नभए पनि खुबी बढाउन सकेका मानिसहरूबारे बाइबल बताउँछ। उदाहरणको लागि, मोशालाई मिश्रका शक्‍तिशाली अनि जिद्दी राजाकहाँ जान अह्राइँदा तिनी हिचकिचाए। तिनले “म बोल्नमा उस्तो सिपालो छैनँ” भने। (प्रस्थान ४:१०) यर्मियालाई पनि भविष्यवाणी गर्ने जिम्मेवारी दिइँदा तिनले “मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु” भने। (यर्मिया १:६) तर मोशा अनि यर्मिया दुवैले आफूलाई दिइएको काम राम्ररी पूरा गरे।

यसबाट हामी के सिक्न सक्छौं? तपाईंको छोराछोरीले के-कति गर्न सक्छन्‌ भन्‍ने कुरा तिनीहरूको जन्मजात क्षमतामा भर पर्दैन। छोराछोरीको प्रयासको प्रशंसा गर्नुहोस्‌ अनि तिनीहरूले विभिन्‍न खुबी हासिल गर्न सक्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने