प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson १३ ques. १-४
  • धर्महरूलाई के हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धर्महरूलाई के हुनेछ?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • झूटो उपासनादेखि अलग हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
    धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson १३ ques. १-४

पाठ १३

धर्महरूलाई के हुनेछ?

१. के सबै धर्म असल छन्‌?

एक जना मानिस बाइबल पढ्‌दै

सबै धर्ममा असल मानिसहरू छन्‌। त्यस्ता मानिसहरूलाई परमेश्‍वर चिन्‍नुहुन्छ र तिनीहरूको ख्याल राख्नुहुन्छ। यो एउटा सुसमाचार हो। तर दुःखको कुरा, धर्मको नाममा मानिसहरूले खराब कामहरू गरिरहेका छन्‌। (२ कोरिन्थी ४:३, ४; ११:१३-१५) समाचारहरूअनुसार केही धर्महरू आतङ्‌कवाद, जातीय-संहार, युद्ध र बाल-दुर्व्यवहारमा समेत मुछिएका छन्‌। यस्तो अवस्था देखेर परमेश्‍वरमा विश्‍वास राख्नेहरूको मन रुन्छ!—मत्ति २४:३-५, ११, १२ पढ्‌नुहोस्‌।

साँचो धर्मले परमेश्‍वरको महिमा गर्छ भने झूटो धर्मले उहाँलाई दुःखी बनाउँछ। झूटो धर्मले बाइबलमा नभएका गलत शिक्षाहरू सिकाउँछ। जस्तै, परमेश्‍वरबारे र मरिसकेकाहरूको अवस्थाबारे। तर यहोवा परमेश्‍वर मानिसहरूले उहाँबारे सत्य कुरा थाह पाऊन्‌ भन्‍ने चाहनुहुन्छ।—इजकिएल १८:४; १ तिमोथि २:३-५ पढ्‌नुहोस्‌।

२. धर्महरूलाई के हुनेछ?

परमेश्‍वरलाई प्रेम गर्छु भन्‍ने तर वास्तवमा सैतानको संसारलाई प्रेम गर्ने धर्महरूदेखि उहाँ झुक्किनुहुन्‍न। (याकुब ४:४) बाइबलमा सबै झूटो धर्मलाई “महान्‌ बेबिलोन” भन्‍ने नाम दिइएको छ। किनकि नुहको समयको जलप्रलयपछि बेबिलोन नाम गरेको पुरातन सहरबाट झूटो धर्म सुरु भएको थियो। मानिसजातिलाई छक्याउने र थिचोमिचो गर्ने धर्महरूलाई अब परमेश्‍वरले छिट्टै नाश गर्नुहुनेछ।—प्रकाश १७:१, २, ५, १६, १७; १८:८ पढ्‌नुहोस्‌।

अर्को एउटा सुसमाचार पनि छ। झूटो धर्म मानिरहेका तर इमानदार हृदय भएका संसारभरिका मानिसहरूलाई परमेश्‍वरले बिर्सनुभएको छैन। उहाँले त्यस्ता मानिसहरूलाई बाइबलबाट सत्य कुरा सिक्न मदत गरिरहनुभएको छ।—मिका ४:२, ५ पढ्‌नुहोस्‌।

३. इमानदार हृदय भएका मानिसहरूले के गर्नुपर्छ?

मानिसहरू ख्रिष्टियन सभापछि कुराकानी गर्दै

साँचो धर्मले मानिसहरूलाई एकताबद्ध पारिरहेको छ

सत्य र असल कुरा मन पराउने मानिसहरूको यहोवा ख्याल राख्नुहुन्छ। उहाँ तिनीहरूलाई झूटो धर्म त्याग्न आग्रह गर्नुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू उहाँलाई खुसी पार्नको लागि जीवनमा परिवर्तन गर्न तयार हुन्छन्‌।—प्रकाश १८:४ पढ्‌नुहोस्‌।

प्रथम शताब्दीमा, इमानदार हृदय भएका मानिसहरूले येसुका चेलाहरूबाट सुसमाचार सुन्दा तिनीहरूले खुसीसाथ स्विकारे। तिनीहरूले यहोवा परमेश्‍वरबाट जीवन बिताउने नयाँ तरिका सिके—उद्देश्‍य र आशासहितको आनन्दित जीवन। तिनीहरू हाम्रो लागि राम्रो उदाहरण हुन्‌। किन? किनभने तिनीहरूले यहोवा परमेश्‍वरलाई जीवनमा पहिलो स्थान दिएर सुसमाचार स्विकारे।—१ थिस्सलोनिकी १:८, ९; २:१३ पढ्‌नुहोस्‌।

झूटो धर्म त्यागेर आउनेहरूलाई यहोवा परमेश्‍वर आफ्नो परिवारमा स्वागत गर्नुहुन्छ। तपाईँले उहाँको मायालु निम्तो स्विकार्नुभयो भने उहाँसित मित्रता गाँस्न सक्नुहुन्छ, उहाँका उपासकहरूको नयाँ र मायालु परिवार पाउन सक्नुहुन्छ र अनन्त जीवन पाउन सक्नुहुन्छ।—मर्कुस १०:२९, ३०; २ कोरिन्थी ६:१७, १८ पढ्‌नुहोस्‌।

४. संसारभरिका मानिसहरू कसरी आनन्दित हुन सक्नेछन्‌?

झूटो धर्मको विनाश हुँदै छ भन्‍ने कुरा सुसमाचार हो। झूटो धर्मको विनाशपछि संसारभरिका सबैले थिचोमिचोबाट छुटकारा पाउनेछन्‌। झूटो धर्मले फेरि कहिल्यै मानिसजातिलाई बहकाउन र उनीहरूबीच फुट ल्याउन सक्नेछैन। सबै मानिस एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध हुनेछन्‌।—प्रकाश १८:२०, २१; २१:३, ४ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय १५ र १६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने