प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 अप्रिल पृ. १४-१५
  • बिहे गरेर पछुताउनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बिहे गरेर पछुताउनुभएको छ?
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • कसरी क्षमा दिने?
    ब्यूँझनुहोस्‌!—२०१३
  • ‘विवाह आदरणीय होस्‌’
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
    ब्यूँझनुहोस्‌!—२००१
  • एकअर्कासित विचार नमिल्दा
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 अप्रिल पृ. १४-१५
दुःखी पत्नी

परिवारका लागि | वैवाहिक सम्बन्ध

बिहे गरेर पछुताउनुभएको छ?

चुनौती

जन्जिरमा बाँधिएका पति-पत्नी

बिहे गर्नुअघि धेरैजसोले यस्तो सोच्छन्‌: ‘उसको र मेरो सबै कुरा मिल्छ, नमिल्ने कुरा त एउटै छैन।’ तर बिहे गरिसकेपछि चाहिं थुप्रैले पुर्पुरोमा हात राख्छन्‌। तिनीहरूको सपनाको संसार भताभुङ्‌ग हुन्छ। दुवैलाई मायाको बन्धनमा होइन, तर बाध्यताको जन्जिरमा बाँधिएको महसुस हुन्छ।

तपाईंलाई पनि त्यस्तै लागेको छ कि? छ भने नआत्तिनुहोस्‌, तपाईं आफ्नो सम्बन्ध फेरि सुमधुर बनाउन सक्नुहुन्छ। तर पहिला यो कुरा विचार गर्नुहोस्‌, ‘तपाईंहरूको सम्बन्ध किन चिसियो?’

चुनौतीका कारण

नसोचेको कुरा आइपर्न सक्छ। कामको दौडधूप, सासू-ससुरासितको व्यवहार, लालाबालाको देखभाल अनि यस्तै-यस्तै कुराले वैवाहिक सम्बन्ध बिस्तारै-बिस्तारै चिसिन सक्छ। त्यति मात्र होइन, सोच्दै नसोचेका समस्याहरू पनि आइपर्न सक्छन्‌। जस्तै: पैसाको समस्या पर्न सक्छ; परिवारको कुनै सदस्यलाई दीर्घकालीन रोग लाग्दा उसकै स्याहार-सुसार गर्न खटिनुपर्ने हुन सक्छ। यस्ता कुराहरूले पनि वैवाहिक सम्बन्ध धरापमा पर्न सक्छ।

आकाश-जमिनको भिन्‍नता देखिन सक्छ। विवाह गर्न लागेका जोडीहरूमा थुप्रै कुरा मिल्दैन। तर तिनीहरूले विवाहअघिसम्म यी कुरालाई खासै ध्यान दिएका हुँदैनन्‌। विवाह गरिसकेपछि चाहिं तिनीहरूलाई स-सानो कुरा झेल्न पनि गाह्रो हुन्छ। दुवैको कुरा गर्ने शैली, पैसा खर्च गर्ने तरिका अनि समस्या सुल्झाउने तरिकामा आकाश-जमिनको भिन्‍नता हुन सक्छ। पहिला तिलजस्तो लागेको कुरा अहिलेचाहिं पहाड बन्‍न पुग्छ।

भावनात्मक रूपमा टाढिएको हुन सक्छ। सँगै बसेपछि गोडा लाग्छ भनेझैं बिहेपछि खटपट पर्नु स्वाभाविकै हो। एकअर्कालाई छुरारूपी वचन लगाउने, नराम्रो व्यवहार गर्ने अनि मन-मनै मुरमुरिएर बस्ने लोग्ने-स्वास्नी चालै नपाउनेगरि एकअर्काबाट टाढिन सक्छन्‌। सबैभन्दा खतरनाक कुरा त तिनीहरू अर्कै पुरुष वा स्त्रीसित नजिकिन सक्छन्‌।

आशा साकार नहुन सक्छ। कसै-कसैले यस्तो सोचेर बिहे गर्लान्‌: ‘ओहो! मैले त सपनाको राजकुमार (सपनाकी राजकुमारी) भेटें।’ यस्तो कुरा सुन्‍न त मजा आउँछ, तर भावनामा बहेर यस्तो निर्णय गर्दा पछि पछुताउनुपर्ने हुन सक्छ। यस्ता जोडीहरूले सुरुमा हाँसीखुसी नै जीवन बिताउलान्‌, तर समस्या आउनेबित्तिकै यी “आदर्श जोडी”-को सम्बन्धमा तगारो आउन सक्छ।

तपाईं के गर्न सक्नुहुन्छ?

राम्रो गुण हेर्नुहोस्‌। यसो गरे कसो होला? मोबाइलमा अथवा बिहेको फोटोपछाडि जीवनसाथीको तीनवटा राम्रो गुण लेख्नुहोस्‌ अनि आफूसँगै राख्नुहोस्‌। बेला-बेला त्यो सूची हेर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले आफ्नो जीवनसाथीलाई किन मन पराउनुभएको थियो, सम्झने मौका पाउनुहुनेछ। ती राम्रा गुणहरूमा ध्यान दिनुभयो भने मिलेर बस्न र एकअर्काको भिन्‍नता स्वीकार्न सजिलो हुनेछ।—बाइबल सिद्धान्त: रोमी १४:१९.

सँगै समय बिताउनुहोस्‌। बिहेअघि तपाईंहरू धेरै समय सँगै बिताउनुहुन्थ्यो होला। कहिले भेटौं जस्तो हुन्थ्यो होला; कहाँ भेट्‌ने भनेर कुरा मिलाउनुहुन्थ्यो होला। त्यसोभए बिहे गरिसकेपछि पनि किन यस्तै नगर्ने? त्यसैले कहाँ जाने, कसरी समय बिताउने भनेर योजना बनाउनुहोस्‌। यसो गर्नुभयो भने तपाईंहरू अझै नजिकिनुहुनेछ अनि समस्या आइपरे पनि सहने बल पाउनुहुनेछ।—बाइबल सिद्धान्त: हितोपदेश ५:१८.

खुलेर कुरा गर्नुहोस्‌। श्रीमान्‌ वा श्रीमतीको छुच्चो बोली वा नराम्रो व्यवहारले चित्त दुख्दा तपाईं ‘भैगो होस्‌’ भन्‍न सक्नुहुन्छ? यदि सक्नुहुन्‍न भने जतिसक्दो चाँडो अनि नम्र हुँदै आफ्नो श्रीमान्‌ वा श्रीमतीसित कुरा गर्नुहोस्‌; मिल्छ भने त्यही दिन कुरा गर्नुहोस्‌। ठुस्केर अनि मनमा रिस पालेर ‘जस्तालाई त्यस्तै’ गर्छु भनेर नबस्नुहोस्‌।—बाइबल सिद्धान्त: एफिसी ४:२६.

श्रीमान्‌ वा श्रीमतीको छुच्चो बोली वा नराम्रो व्यवहारले चित्त दुख्दा तपाईं ‘भैगो होस्‌’ भन्‍न सक्नुहुन्छ?

अर्थको अनर्थ नलगाउनुहोस्‌। तपाईं जानाजानी अरूको चित्त दुखाउनु त हुन्‍न नि, हैन र? तैपनि अनजानमा तपाईंले आफ्नो जीवनसाथीको मन दुखाउनुभएको हुन सक्छ। त्यस्तो बेला माफी माग्नुहोस्‌। अनि अनजानमै यसरी चित्त नदुखाउन अबदेखि के गर्न सकिन्छ, बसेर छलफल गर्नुहोस्‌। बाइबलको यो सल्लाह जीवनमा उतार्ने प्रयास गर्नुहोस्‌: “एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। . . . एक-अर्कालाई खुला मनले क्षमा गर।”—एफिसी ४:३२.

कल्पनाको संसारमा नडुब्नुहोस्‌। विवाह गर्नेहरूले “दुःखकष्ट झेल्नेछ” भनी बाइबल बताउँछ। (१ कोरिन्थी ७:२८) तपाईंको वैवाहिक जीवनमा पनि कुनै न कुनै समय यस्तै उतारचढाव आउन सक्छ। त्यतिबेला ‘बेकार मा बिहे गरेछु’ नभन्‍नुहोस्‌। बरु, सँगै मिलेर समस्या सुल्झाउनेतिर लाग्नुहोस्‌। “एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो” भन्‍ने बाइबलको सल्लाह सधैं मनमा राख्नुहोस्‌।—कलस्सी ३:१३. (g14-E 03)

मूल शास्त्रपद

  • “शान्ति कायम हुने . . . कुराहरूको पछि लागौं।”—रोमी १४:१९.

  • ‘युवावस्थाकी पत्नीसित तँ सुखी हो।’—हितोपदेश ५:१८.

  • “घाम डुब्नुअघि नै तिमीहरूको रिस मरोस्‌।”—एफिसी ४:२६.

वाचा-कसम पूरा गर्दै हुनुहुन्छ?

विवाहको दिन जीवनसाथीसित के-कस्तो वाचा गर्नुभएको थियो, याद छ? पहिला गरेका ती वाचाहरू फेरि सम्झनुहोस्‌ अनि आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘मैले आफ्नो वाचा पूरा गरेको छु कि छैन?’ हो, जीवनसाथीले वाचा पूरा गरेको छ कि छैन होइन तर आफूले वाचा पूरा गरेको छु कि छैन भनेर विचार गर्नु राम्रो हो। तपाईंहरू दुवैले एकअर्कासित कसम खानुभएको थियो होला, ‘यसो गर्छु, उसो गर्छु’ भनेर। त्यसैले दुवैले आ-आफ्नो वाचा पूरा गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंहरूको वैवाहिक जीवनमा खुसीको बहार आउनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने