प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwbr17 नोभेम्बर पृ. १-२
  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
  • जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
  • उपशीर्षकहरू
  • नोभेम्बर ६-१२
  • नोभेम्बर १३-१९
  • नोभेम्बर २०-२६
जीवन र प्रचारकार्य अभ्यास पुस्तिकाको लागि स्रोत सामग्री (२०१७)
mwbr17 नोभेम्बर पृ. १-२

जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री

नोभेम्बर ६-१२

बाइबलमा पाइने अनमोल धन | आमोस १-९

‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’

jd-E पृ. ९०-९१ अनु. १६-१७

यहोवाको उच्च स्तर अनुसार सेवा गर्नुहोस्‌

१६ पहिलो मानिस आदमले असल र खराब बारे कसको स्तर राम्रो हो भनेर छनौट गर्नुपर्दा मूर्ख निर्णय गरे। तर हामी नि? आमोसले हामीलाई यसरी प्रोत्साहन दिए: “बुराइलाई घृणा औ भलाइ प्रेम गर।” (आमोस ५:१५) सिकागो स्थित एक विश्‍व­विद्यालयका सेमिटिक ल्याङ्‌वेज एण्ड लिट्रेचरका प्राध्यापक, विलियम रेने हार्परले यस पदलाई यसरी उल्लेख गरे: “असल र खराबको स्तरबारे आमोसको विचार याहवेको इच्छासित मेल खान्छ।” हामीले १२ जना भविष्यवक्‍ताबाट सिक्न सक्ने मुख्य कुरा यही हो। यहोवाले तोक्नु भएको असल र खराबको स्तर स्विकार्न के हामी इच्छुक छौं? बाइबलमा ती उच्च स्तरहरू उल्लेख गरिएका छन्‌ अनि परिपक्व र अनुभवी ख्रीष्टियन मिलेर बनेको “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले हामीलाई ती स्तरहरू बुझ्न मदत गरेको छ।—मत्ती २४:४५-४७.

१७ हामीले खराबीलाई घृणा गर्दा यहोवालाई दुःखी बनाउने कुराहरू देखि अलग रहन सक्छौं। उदाहरणको लागि, एक जना व्यक्‍ति इन्टरनेटमा पाइने अश्‍लील सामग्रीको खतराबारे सचेत होलान्‌ अनि त्यस्ता कुराहरू नहेर्ने प्रयास पनि गर्लान्‌, तर तिनी “भित्री मनुष्यत्व” देखि अश्‍लील वेबसाइटप्रति कस्तो महसुस गर्छन्‌? (एफिसी ३:१६) तिनले आमोस ५:१५ मा दिइएको ईश्‍वरीय सल्लाह लागू गर्दा बुराइलाई घृणा गर्न सजिलो हुन्छ। अनि आफूले गरेको सङ्‌घर्षमा सफल हुन सक्छन्‌।

नोभेम्बर १३-१९

बहुमूल्य रत्न खोजौं

jd-E पृ. ११२ अनु. ४-५

अरूसित परमेश्‍वरको इच्छाअनुसार व्यवहार गर्नुहोस्‌

४ परमेश्‍वरले इस्राएल नजिकैको भूमि, एदोमलाई दोषी ठहराउनुभएको विवरणबाट हामी पाठ सिक्न सक्छौं। उहाँले यसो भन्‍नुभयो: “तर तैंले तेरो भाइको दिनमा, अर्थात्‌ उसको विपत्तिको दिनमा उसलाई हेरिरहनु हुँदैन थियो, र यहूदाका सन्तान नाश भएको दिनमा तिनीहरूमाथि रमाउनु हुँदैन थियो, नता तिनीहरूको संकष्टको दिनमा घमन्डका कुराहरू बोल्नुहुन्थ्यो।” (ओबदिया १२) हुन त व्यापारिक कारोबारको कारण इस्राएलीहरू टायरवासीहरूलाई “दाज्यू-भाइ” सरह ठान्थे तर एदोमीहरू भने याकूबको जुम्ल्याहा दाजु एसावको सन्तान भएकोले इस्राएलको साक्खै “दाज्यू-भाइ” थिए। यहोवाले पनि एदोमीहरूलाई इस्राएलको “दाज्यू-भाइ” भन्‍नुभएको छ। (व्यवस्था २:१-४) त्यसैले बेबिलोनीहरूको हातबाट यहूदीहरूले विपत्ति भोग्दा एदोमीहरू रमाउनु भनेको तिनीहरूको मनमा इस्राएलीहरूप्रति साँच्चै घृणा थियो भनेर बुझिन्छ। — इजकिएल २५:१२-१४

५ स्पष्ट छ, एदोमीहरूले आफ्ना दाजुभाइ यहूदीहरूलाई गरेको व्यवहारप्रति परमेश्‍वरले अनुमोदन देखाउनुभएन। हामीले आफैलाई यस्तो सोध्न सक्छौं, ‘दाजुभाइ दिदीबहिनी प्रति मैले गरेको व्यवहारलाई परमेश्‍वर कुन दृष्टिकोणले हेर्नुहुन्छ?’ परिस्थिति राम्रो नहुँदा हामी आफ्नो दाजुभाइ दिदीबहिनीसँग कस्तो व्यवहार गर्छौं? उदाहरणको लागि कुनै ख्रीष्टियनले तपाईंलाई रिस उठायो अथवा तपाईंको आफन्तसँग तिनको केही खटपट भयो। यदि “केही गुनासो छ” भने के तपाईं त्यो कुरालाई पछाडि नराखी वा समस्या समाधान नगरी मनमा रिस पालि राख्नुहुन्छ? (कलस्सी ३:१३; यहोशू २२:९-३०; मत्ती ५:२३, २४) यसो गर्दा तपाईंले त्यो भाइसँग गर्ने व्यवहारमा असर पर्न सक्छ। तपाईं तिनीसँग अलग्गै बस्न वा तिनको बारेमा नकारात्मक कुरा सोच्दै रुखो व्यवहार गर्न थाल्नुहुन्छ। मानौं त्यो भाइले पछि गल्ती गऱ्‍यो र तिनलाई मण्डलीका एल्डरहरू द्वारा सच्याउन र सल्लाह दिन आवश्‍यक पऱ्‍यो। (गलाती ६:१) त्यतिबेला के तपाईं एदोमीहरू­जस्तै रमाउनु हुन्छ? तपाईंले कस्तो व्यवहार गरेको परमेश्‍वर चाहनुहुन्छ?

नोभेम्बर २०-२६

बाइबलमा पाइने अनमोल धन | मीका १-७

“यहोवा हामीबाट के चाहनुहुन्छ?”

w१२-E ११/१ पृ. २२ अनु. ४-७

“यहोवाले तपाईंबाट के माग गर्नु हुनुहुन्छ?”

“न्याय गरेको।” एक स्रोत अनुसार “न्याय” को लागि प्रयोग गरिने हिब्रू शब्दमा “समाजमा सही र निष्पक्ष हुनु समावेश छ”। हामीले मानिसहरूलाई यहोवाको सही र निष्पक्ष स्तर अनुसार व्यवहार गरेको उहाँ चाहनुहुन्छ। हामीले अरूसँग उचित, निष्पक्ष र इमानदार भई व्यवहार गर्दा न्याय गरिरहेका हुन्छौं। (लेवी १९:१५; यशैया १:१७; हिब्रू १३:१८) अरूसँग उचित तरिकामा व्यवहार गऱ्‍यौं भने तिनीहरूले पनि हामीसँग त्यस्तै व्यवहार गर्न सक्छन्‌।—मत्ती ७:१२

“दयालाई प्रेम गरेको।” यहोवाले हामीलाई दया देखाउनु मात्र भन्‍नुभएन तर त्यसलाई प्रेम गर भन्‍नुभयो। “दया” भनेर अनुवाद गरिएको हिब्रू शब्द (केसेड )-ले “असीम अनुग्रह” वा “वफादार प्रेम”-लाई बुझाउन सक्छ। एक जना बाइबलविद्‌ले यसो भने: “[केसेड ] शब्दलाई अनुवाद गर्दा प्रयोग गरिने प्रेम, कृपा र दया शब्दहरूले पूर्ण अर्थ खुलाउँदैन; अनुवाद गर्दा यी शब्दहरूलाई छुट्टाछुट्टै प्रयोग गर्ने नभई एकसाथ प्रयोग गर्दा सही अर्थ दिन्छ। यदि हामी दयालाई प्रेम गर्छौं भने आनन्दित भई खाँचोमा परेका­हरूलाई मदत गर्न इच्छुक हुन्छौं। अन्ततः दिनुमा धेरै आनन्द छ भनेर हामी महसुस गर्न सक्छौं।—प्रेषित २०:३५

“नम्र भई यहोवासित हिंडेको।” बाइबलमा प्रयोग गरिएको ‘हिंड्‌नु’ भन्‍ने अभिव्यक्‍तिले “कुनै खास उद्देश्‍य पछ्‌याउनु”-लाई बुझाउँछ। बाइबलमा उल्लेख गरिएको जीवनतर्फ डोऱ्‍याउ­ने बाटो पछ्‌याउँदा हामी परमेश्‍वरसित हिंडिरहेका हुन्छौं। यो बाटोमा हिंड्‌न हामी “नम्र हुनुपर्छ”। किन? किनभने हामी परमेश्‍वर सामु नम्र हुँदा आफूबारे बढ्‌ता वा कम सोच्दैनौं र आफ्नो सीमितता याद गर्छौं । त्यसकारण, “नम्र भई हिंड्‌नु” भनेको यहोवाले हामीबाट माग गर्नुहुने कुरा र हामीले दिन सक्ने कुरालाई व्यावहारिक दृष्टिकोणले हेर्नु हो।

खुसीको कुरा, हामीले दिन सक्ने भन्दा बढ्‌दा माग यहोवा कहिल्यै गर्नुहुन्‍न। यहोवाको सेवामा हामीले गरेको सक्दो प्रयास देखेर उहाँ खुसी हुनुहुन्छ। (कलस्सी ३:२३) उहाँ हाम्रो सीमितता बुझ्नुहुन्छ। (भजन १०३:१४) नम्र हुँदै आफ्नो सीमितता बुझ्यौं भने हामी यहोवासँग हिंड्‌दा आनन्दित महसुस गर्छौं। यहोवासँग हिंड्‌ने तरिका सिक्नुहोस्‌ यसो गऱ्‍यौ भने यहोवाबाट प्रशस्त आशिष्‌ पाउनुहुनेछ।—हितोपदेश १०:२२

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने