प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी पृ. ८
  • पहिले आफ्नो भाइसित मिलाप गर्नुहोस्‌—कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिले आफ्नो भाइसित मिलाप गर्नुहोस्‌—कसरी?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • “यी सानाहरू”-लाई ठेस नपुऱ्‍याउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “शान्ति हुने . . . कुराको पछि लागौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • भाइलाई आफ्नो गराऊ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी पृ. ८

ख्रीष्टियन जीवन

पहिले आफ्नो भाइसित मिलाप गर्नुहोस्‌—कसरी?

एक जना मानिस आफ्नो भेटी वेदीमै छोडेर भाइसित मिलाप गर्न जान्छन्‌

कल्पना गर्नुहोस्‌, तपाईं येशूको समयमा हुनुहुन्छ अनि गालीलमा बस्नुहुन्छ। तपाईं झुप्रो-बासको चाड मनाउन यरूशलेमसम्म यात्रा गर्नुहुन्छ। अनि टाढा-टाढाबाट आएका परमेश्‍वरका उपासकहरूले यरूशलेम सहर खचाखच भरिएको पाउनुहुन्छ। तपाईं यहोवालाई भेटी चढाउन चाहनुहुन्छ। त्यसैले एउटा बाख्रा लिएर यरूशलेमको गल्ली-गल्ली हुँदै, भीडलाई छिचोल्दै मन्दिरतर्फ अघि बढ्‌नुहुन्छ। मन्दिर पुग्नुभएपछि त्यहाँ पनि भेटी चढाउन आएका मानिसहरूको भीड देख्नुहुन्छ। तपाईंले ल्याउनुभएको बाख्रा पुजारीहरूलाई दिने पालो बल्ल आउँछ। उत्ति नै खेर, एक जना भाइसित तपाईंको विरुद्धमा केही गुनासो छ भन्‍ने कुरा तपाईंलाई झल्याँस्स याद आउँछ। तपाईंका ती भाइ त्यही मन्दिरको भीडमा वा सहरमा—जहाँ पनि हुन सक्छन्‌। अब तपाईंले के गर्नुपर्छ, येशूले बताउनुभएको छ। (मत्ती ५:२४ पढ्‌नुहोस्‌।) तपाईं र तपाईंसित रिसाएको भाइले कसरी येशूले भन्‍नुभएझैं मिलाप गर्न सक्छन्‌? तल दिइएका दुई वटा सूचीमा सही उत्तरमा चिन्ह लगाउनुहोस्‌।

तपाईंले के गर्नुपर्छ?

  • तपाईंको भाइ तपाईंसित रिसाउनुपर्ने जायज कारण छ भन्‍ने तपाईंलाई लाग्छ भने मात्र तिनीसित कुरा गर्नुपर्छ

  • तपाईंको भाइले सानोतिनो कुरालाई पनि ठूलो बनाइरहेको छ अथवा जे भयो, त्यसमा उसको पनि गल्ती छ जस्तो तपाईंलाई लाग्छ भने तिनलाई सच्याउनुपर्छ

  • तपाईंको भाइले आफ्नो कुरा बताउँदा धीरजी भई सुन्‍नुपर्छ; तिनले भनेको सबै कुरा चित्त नबुझे तापनि तिनको मनमा चोट पुगेकोमा वा अनजानमै तिनलाई हानि पुऱ्‍याएकोमा मनैदेखि माफी माग्नुपर्छ

तपाईंको भाइले के गर्नुपर्छ?

  • तपाईंले गर्नुभएको व्यवहारबारे सुनाउँदै हिंडेर मण्डलीका अरूलाई आफ्नो पक्षमा ल्याउन खोज्नुपर्छ

  • तपाईंलाई हप्काउनुपर्छ; तपाईंले कसरी तिनको चित्त दुखाउनुभयो, एक-एक कुरा कोट्याउनुपर्छ र जसरी भए पनि तपाईंलाई गल्ती स्विकार्न लगाउनुपर्छ

  • तिनीकहाँ गएर कुरा गर्न तपाईंले कति नम्रता र साहस देखाउनुभयो, त्यसको कदर गर्नुपर्छ अनि मनैदेखि क्षमा दिनुपर्छ

हुन त अहिले हामी परमेश्‍वरको उपासना गर्न पशुबलि चढाउँदैनौं। तर येशूले सिकाउनुभएको कुराबाट आफ्नो भाइसित मिलाप गर्नु र परमेश्‍वरलाई स्वीकार्य उपासना चढाउनुबीच कस्तो सम्बन्ध छ भनेर बुझ्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने