बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४८-५०
पाका भाइबहिनीबाट थुप्रै कुरा सिक्न सकिन्छ
पाका भाइबहिनीले आफ्नै आँखाले यहोवाले यस अन्तको दिनमा गर्नुभएका “आश्चर्यजनक कामहरू” देख्नुभएको छ अनि उहाँहरूबाट ती कुराहरू सुन्दा यहोवा र उहाँका प्रतिज्ञाहरूमा हाम्रो विश्वास बलियो हुन्छ। (भज ७१:१७, १८) तपाईँको मण्डलीमा पनि पाका भाइबहिनी हुनुहुन्छ भने उहाँहरूलाई यी प्रश्नहरू सोध्नुहोस्:
यहोवाले विभिन्न चुनौतीका बाबजुद उहाँको सेवामा लागिरहन कसरी मदत गर्नुभयो?
राज्य प्रचारकहरूको सङ्ख्यामा भएको वृद्धि देख्दा कस्तो महसुस गर्नुहुन्छ?
बाइबलको सत्यबारे हाम्रो बुझाइमा भएको छाँटकाँटबारे थाह पाउँदा कस्तो महसुस गर्नुभयो?
यहोवाको सङ्गठनमा भएका कस्ता सकारात्मक परिवर्तनहरू देख्नुभएको छ?