प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १२/१५ पृ. ८-१०
  • अम्मोनीहरू दयाको बदलामा वैमनस्य राख्ने मानिसहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अम्मोनीहरू दयाको बदलामा वैमनस्य राख्ने मानिसहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • राष्ट्रहरूले ‘म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌’
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • इस्राएलको पहिलो राजा शाऊल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यिप्तहको भाकल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यिप्तहको भाकल
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १२/१५ पृ. ८-१०

अम्मोनीहरू दयाको बदलामा वैमनस्य राख्ने मानिसहरू

जोर्डनको हाशेमी राज्यको राजधानी, अम्मानले पृथ्वीबाट लोप भइसकेका मानिसहरूको स्मृतिलाई साँचेको छ। तिनीहरूलाई अम्मोनीहरू भनिन्थ्यो। तिनीहरू को थिए र तिनीहरूको पतनबाट हामी कस्ता पाठहरू सिक्नसक्छौं?

अम्मोनीहरू, धर्मी पुरुष लूतका सन्तानहरू थिए। (उत्पत्ति १९:३५-३८) लूत, नूहको भतिजा भएकोले अम्मोनीहरूलाई इस्राएलीहरूका नातेदार भने पनि हुन्छ। तथापि, लूतका सन्तानहरूले झूटा देवहरूको उपासना गर्न थाले। तैपनि यहोवा परमेश्‍वरले तिनीहरूप्रति चासो देखाउनुभयो। प्रतिज्ञा गरिएको देशमा इस्राएल राष्ट्रले प्रवेश गर्नै लाग्दा परमेश्‍वरले तिनीहरूलाई यस्तो चेताउनी दिनुभयो: “[अम्मोनीहरूलाई] दुःखकष्ट नदेओ। औ तिनीहरूसँग लडाइँ नगर, किनकि अम्मोनीहरूको देशबाट अधिकारको निम्ति म कुनै अंश पनि तिमीहरूलाई दिन्‍नँ, किनकि मैले त्यो लूतका सन्तानको अधिकारमा दिएको छु।”—व्यवस्था २:१९.

के अम्मोनीहरूले त्यस्तो दयाको मूल्यांकन गरे? गरेनन्‌, यहोवाले तिनीहरूका लागि गर्नुभएका कुराहरू स्वीकार्न तिनीहरूले इन्कार गरे। तिनीहरूले परमेश्‍वरको दयालु चासोको बदलामा परमेश्‍वरका जन, इस्राएलीहरूप्रति कठोर वैमनस्य राखे। इस्राएलीहरूले यहोवाको आज्ञालाई आदर गरेर तिनीहरू विरुद्ध कुनै आक्रामक कदम नचाले तापनि अम्मोनी तथा तिनीहरूका मोआबी भाइहरू त्रसित भए। हो, अम्मोनीहरूले सैन्य आक्रमण गरेनन्‌ तर तिनीहरूले बालाम नामक अगमवक्‍तालाई चलाएर इस्राएललाई सराप्न लगाए!—गन्ती २२:१-६; व्यवस्था २३:३-६.

त्यसपछि एउटा अनौठो घटना भयो। बाइबलको विवरणअनुसार बालामले सराप्न सकेनन्‌। तिनले केवल यसो भन्दै तिनीहरूमाथि आशिष्‌ बर्साउन सके: “तिमीलाई आशिष दिने हरेक आशीषित होस्‌। तिमीलाई सराप दिने हरेक श्रापित होस्‌।” (गन्ती २४:९) यसमा समावेश अन्य व्यक्‍तिहरूलगायत अम्मोनीहरूले एउटा प्रभावशाली पाठ सिक्नुपर्ने हो: परमेश्‍वरका जनहरू मुछिंदा उहाँ तिनीहरूको पक्षमा हस्तक्षेप गर्न पूर्णतया तयार हुनुहुन्थ्यो!

तर, अम्मोनीहरूले इस्राएलको विरोध गर्ने निहुँ खोजिरहे। न्यायकर्ताहरूको समयमा अम्मोनीहरूले मोआबी र अमालेकीहरूसित मिलेर प्रतिज्ञा गरेको देशभित्र घुसेर यरीहोसम्म पुगे। तथापि, यो विजय अल्पकालीन थियो किनकि इस्राएली न्यायकर्ता एहूदले आक्रमणकारीहरूलाई भगाए। (न्यायकर्त्ता ३:१२-१५, २७-३०) न्यायकर्ता यिप्तहको समयसम्म रहेको विराम सन्धि अस्थिर थियो। त्यतिञ्जेल इस्राएल राष्ट्र मूर्तिपूजामा फसिसकेको थियो। अतः यहोवाले तिनीहरूलाई सुरक्षा प्रदान गर्न छोड्‌नुभयो। तसर्थ, परमेश्‍वरले लगभग १८ वर्षको लागि “तिनीहरूलाई . . . अम्मोनीहरूका हातमा बेचिदिनुभयो।” (न्यायकर्त्ता १०:६-९) इस्राएलीहरूले मूर्तिपूजा त्यागेर यिप्तहको नेतृत्वमा एकजुट हुँदा अम्मोनीहरूले पुनः एक चोटि नमीठो पराजय सहनुपऱ्‍यो।—न्यायकर्त्ता १०:१६–११:३३.

इस्राएलका प्रथम राजा, शाऊलको राज्यारोहणपछि न्यायकर्ताहरूको युग समाप्त भयो। शाऊलले शासन गर्न थाल्नेबित्तिकै अम्मोनको वैमनस्य पुनः देखियो। राजा नाहाशले इस्राएली शहर, याबेश-गिलादमाथि अप्रत्याशित आक्रमण गरे। त्यस शहरका मानिसहरूले शान्ति सन्धि गर्ने प्रस्ताव राख्दा अम्मोनी नाहाशले यस्तो अत्याचारपूर्ण माग राखे: “एउटै शर्त्तमा मात्र म तिमीहरूसँग सन्धि गर्नेछु। म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु।” इतिहासकार फ्लेभियस जोसेफसअनुसार तिनले सुरक्षाको लागि यस्तो माग राखेका थिए किनभने “ढालले बायाँ आँखा छोपिंदा तिनीहरू युद्धमा पूर्णतया बेकम्मा हुनेथिए।” यद्यपि, यस्तो निर्दयी मागको खास उद्देश्‍य इस्राएलीहरूको बेइज्जत गर्नुथियो।—१ शमूएल ११:१, २.

अम्मोनीहरूले यहोवाको दयाको बदलामा पुनः वैमनस्य राखे। यहोवाले यस द्वेषपूर्ण धम्कीलाई बेवास्ता गर्नुभएन। “शाऊलले [नाहाशको] यो कुरा सुन्दा, परमप्रभुको आत्मा झट्टै तिनीमाथि आउनुभयो। [अनि तिनी असाध्यै क्रोधित भए, न्युव]।” परमेश्‍वरको आत्माको निर्देशनमा शाऊलले ३,३०,००० मानिसहरू जम्मा गरेर अम्मोनीहरूलाई यति नराम्रोसित पराजित गरे, “बाँचेकाहरू दुइ जना एकसाथ नहुने गरी तितर-बितर भए।”—१ शमूएल ११:६, ११.

अम्मोनीहरू आफ्नै स्वार्थ, निष्ठूरता र लोभमा मात्रै तल्लीन भएकाले अन्ततः सर्वनाश भोग्नुपऱ्‍यो। यहोवाको अगमवक्‍ता सपन्याहले भविष्यवाणी गरेझैं तिनीहरू “गमोराजस्तै . . . सदा सर्वदाको निम्ति उजाड़ [भए] . . . किनभने तिनीहरूले सेनाहरूका परमप्रभुको प्रजालाई गाली गरेका छन्‌, र अहंकारसाथ तिनीहरू उनीहरूमाथि आइलागेका छन्‌।”—सपन्याह २:९, १०.

आज संसारका नेताहरूले अम्मोनीहरूको हविगतलाई सम्झनुपर्ने हो। परमेश्‍वरले राष्ट्रहरूलाई आफ्नो पाउदान अर्थात्‌ पृथ्वीमा रहन दिनुभएर केही हदसम्म दया देखाउनुभएको छ। तर पृथ्वीको हेरचाह गर्नुको साटो स्वार्थी राष्ट्रहरूले यसलाई नाश गरिरहेका छन्‌ र यस ग्रहलाई आणविक विनाशको खतरामा समेत पारेका छन्‌। यहोवाका पार्थिव उपासकहरूप्रति दया देखाउनुको साटो यी राष्ट्रहरूले प्रायजसो वैमनस्य देखाउँछन्‌ र तिनीहरूलाई क्रूर सतावट दिन्छन्‌। तसर्थ, अम्मोनीहरूबाट सिक्नुपर्ने पाठ यही हो, दयाको बदलामा वैमनस्य राख्नेहरूलाई यहोवाले हलका ठान्‍नुहुन्‍न। अनि उहाँले आफ्नो तोकिएको समयमा पुरातन समयमा जस्तै कदम चाल्नुहुनेछ।—तुलना गर्नुहोस्‌ भजन २:६-१२.

[पृष्ठ ९-मा भएको चित्र]

अम्मान, अम्मोनीहरूको राजधानी, रब्बामा रोमी भग्नावशेष

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ १०-मा भएको चित्र]

यस इलाकामा अम्मोनीहरू बसोबास गर्थे

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने