प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ५३
  • यिप्तहको भाकल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यिप्तहको भाकल
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • यिप्तहको भाकल
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यिप्तह एक आध्यात्मिक व्यक्‍ति थिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ५३
आफ्नो बुबालाई भेट्‌न यिप्तहकी छोरी खैंजडी बजाउँदै बाहिर निस्किन्छिन्‌

कथा ५३

यिप्तहको भाकल

के तिमीलाई कहिल्यै आफूले गर्छु भनेको कुरा पूरा गर्न गाह्रो भएको छ? यो चित्रमा तिमीले देखिरहेको मान्छेलाई एक चोटि त्यस्तै भएको थियो। हेर त, ऊ कत्ति दुःखी देखिन्छ। ऊ इस्राएलको वीर न्यायकर्ता यिप्तह हो।

यिप्तहको समयमा इस्राएलीहरूले यहोवाको उपासना गर्न छोडिसकेका थिए। उनीहरूले फेरि नराम्रो काम गरिरहेका थिए। यसकारण अम्मोनका मान्छेहरूले इस्राएलीहरूलाई दुःख दिंदा यहोवाले केही पनि गर्नुहुन्‍न। तर इस्राएलीहरू यहोवालाई यसो भन्दै पुकार्न थाल्छन्‌: ‘हामीले तपाईंको विरुद्धमा पाप गऱ्‍यौं। कृपया, हामीलाई बचाउनुहोस्‌!’

इस्राएलीहरू आफूले गरेका गल्तीहरूका लागि धेरै दुःखी छन्‌। उनीहरू फेरि यहोवाको उपासना गर्न थाल्छन्‌। यसकारण यहोवाले उनीहरूलाई फेरि दया देखाउनुहुन्छ।

खराब अम्मोनीहरूसित लडाइँ गर्न इस्राएलीहरू यिप्तहलाई रोज्छन्‌। यिप्तह यो लडाइँ जित्न यहोवाले मदत गरून्‌ भनेर चाहन्छ। यसकारण उसले यहोवालाई यस्तो भाकल गर्छ: ‘अम्मोनीहरूलाई लडाइँमा हराउन मलाई मदत गर्नुभयो भने म घर फर्कंदा मेरो घरबाट मलाई भेट्‌न निस्कने पहिलो मान्छे तपाईंलाई दिनेछु।’

आफूलाई भेट्‌न सबैभन्दा पहिला छोरी बाहिर आएको देखेर यिप्तह दु:खी हुन्छन्‌

यहोवाले यिप्तहको भाकल स्वीकार्नुहुन्छ र उसलाई विजयी हुन मदत गर्नुहुन्छ। यिप्तह घर फर्कंदा उसलाई भेट्‌न सबैभन्दा पहिला को आउँछ, तिमीलाई थाह छ? उसको एक मात्र सन्तान, उसकी एक्ली छोरी। आफ्नी छोरीलाई देखेर यिप्तह रुन थाल्छ: ‘हे मेरी छोरी! तिमीले कस्तो कष्ट ममाथि ल्यायौ! किनभने मैले यहोवासित भाकल गरेको छु र त्यसलाई म टार्न सक्‍तिनँ।’

यिप्तहकी छोरी आफ्नो बुबाको भाकल थाह पाएपछि सुरुमा असाध्यै दुःखी हुन्छे। किनभने आफ्नो बुबाको भाकल पूरा गर्न उसले आफ्नो बुबा अनि सबैलाई छोडेर जानुपर्छ। उसले शिलो भन्‍ने ठाउँमा यहोवाको बासस्थानमा गएर आफ्नो बाँकी जीवन बिताउनुपर्छ। तर ऊ आफ्नो बुबालाई यसो भन्छे: ‘तपाईंले यहोवासित गर्नुभएको भाकल पूरा गर्नै पर्छ।’

यसकारण यिप्तहकी छोरी शिलो जान्छे र उसले यहोवाको बासस्थानमा सेवा गर्दै आफ्नो बाँकी जीवन बिताउँछे। इस्राएली केटीहरू हरेक वर्ष उसलाई भेट्‌न जान्छन्‌ र त्यहाँ उनीहरू चार दिनसम्म रमाइलो गर्छन्‌। इस्राएलीहरू यिप्तहकी छोरीलाई माया गर्छन्‌। किनभने ऊ यहोवाको असल सेवक हो।

न्यायकर्त्ता १०:६-१८; ११:१-४०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने