प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th अध्या. २ पृ. ५
  • कुराकानीको शैलीमा प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानीको शैलीमा प्रस्तुति
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • स्वाभाविकता
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • विश्‍वस्त भएर बोल्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • न्यानोपन र समानुभूति
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th अध्या. २ पृ. ५

बुँदा २

कुराकानीको शैलीमा प्रस्तुति

उल्लिखित शास्त्रपद

२ कोरिन्थी २:१७

सारांश: स्वाभाविक तरिकामा अनि मनैदेखि कुरा गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • प्रार्थनापूर्वक अनि मन लगाएर तयारी गर्नुहोस्‌। आफूमा होइन, आफूले सुनाउने सन्देशमा ध्यान दिन सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। श्रोतालाई बुझाउनुपर्ने मुख्य कुराहरू मनमा राख्नुहोस्‌। आफ्नै शब्दमा विचार व्यक्‍त गर्नुहोस्‌; वाक्यहरू जस्ताको तस्तै पढ्‌ने नगर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    यदि तपाईँले बाइबलको कुनै पद वा प्रकाशनको कुनै अनुच्छेद पढ्‌न लाग्नुभएको छ भने राम्ररी अभ्यास गर्नुहोस्‌ अनि सर्र पढ्‌न सक्नुहुनेछ। यदि कसैको भनाइ उद्धरण गरिएको भाग पढ्‌दै हुनुहुन्छ भने त्यसलाई भावसहित पढ्‌नुहोस्‌ तर ज्यादै नाटकीय सुनिनेगरि होइन।

  • मनैदेखि बताउनुहोस्‌। श्रोताले तपाईँको सन्देश सुन्‍नु किन जरुरी छ भनेर विचार गर्नुहोस्‌। आफ्नो ध्यान श्रोतामा केन्द्रित गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँको हाउभाउ, इसारा र अनुहारको भावमा तिनीहरूप्रतिको चासो अनि मित्रैलोपना देखिनेछ।

    व्यावहारिक सुझाव

    स्वाभाविक तरिकाले बोल्ने भन्दैमा अनौपचारिक नहुनुहोस्‌। स्पष्ट बोली अनि शुद्ध व्याकरण प्रयोग गरेर आफ्नो सन्देशको मर्यादा झल्काउनुहोस्‌।

  • श्रोतालाई हेर्नुहोस्‌। यदि श्रोतालाई अप्ठेरो लाग्दैन भने कुराकानीको दौडान तिनीहरूको अनुहारमा हेरेर बोल्नुहोस्‌। भाषण दिँदा सबै श्रोतालाई सरसरती हेर्नुको साटो एक पटकमा एक जनालाई हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने