प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ७ p. २४-p. २५ par. १
  • बाबेलको धरहरा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाबेलको धरहरा
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • मान्छेहरू अग्लो धरहरा बनाउँछन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • नुहको जहाज
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनीहरूले आफ्नो नाउँ कमाउन पाएनन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ७ p. २४-p. २५ par. १
यहोवा परमेश्‍वरले भाषा खलबल पारिदिनुभएपछि मानिसहरूले बाबेलको धरहरा बनाउने कामलाई अघि बढाउन सकेनन्‌

पाठ ७

बाबेलको धरहरा

जलप्रलयपछि नुहका छोराहरूका धेरै सन्तान भए। तिनीहरूको परिवार बढ्‌दै गयो र यहोवा परमेश्‍वरले भन्‍नुभएजस्तै तिनीहरू पृथ्वीभरि फैलिँदै गए।

तर कुनै-कुनै परिवारले यहोवाको आज्ञा मानेनन्‌। तिनीहरूले यसो भने: ‘आओ, हामी एउटा सहर बनाऔँ र त्यहीँ बसौँ। स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाऔँ। त्यसो गऱ्‍यौँ भने हामीले ठूलो नाम कमाउनेछौँ।’

ती मानिसहरूको काम देखेर यहोवा खुसी हुनुभएन। त्यसैले उहाँले तिनीहरूलाई रोक्ने निर्णय गर्नुभयो। उहाँले तिनीहरूलाई कसरी रोक्नुभयो, के तिमीलाई थाह छ? परमेश्‍वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूले अचानक फरक-फरक भाषा बोल्न थाले। त्यसपछि तिनीहरूले एकअर्काको कुरा बुझेनन्‌ र धरहरा बनाउने काम छोडिदिए। तिनीहरूले बनाउन थालेको सहरको नाम बाबेल राखियो, जसको अर्थ हो, “गोलमाल।” त्यसपछि मानिसहरू पृथ्वीभरि तितरबितर भए। तर तिनीहरू जहाँसुकै बसे तापनि खराब काम गर्न छोडेनन्‌। के त्यतिबेला यहोवालाई प्रेम गर्ने अझै कोही थियो? यसबारे हामी अर्को पाठमा थाह पाउनेछौँ।

“जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—लुका १८:१४

प्रश्‍नहरू: बाबेलका मानिसहरूले के गरे? यहोवा परमेश्‍वरले तिनीहरूलाई कसरी रोक्नुभयो?

उत्पत्ति ११:१-९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने